रचनाकार तथा संगीतकार शिव सुवेदीको शब्द/संगीतमा नयाँ लोक गीतको भिडियो रिलीज भएको छ। ‘बाँचेको छु धन्न’ बोलको यस गीतमा चर्चित गायिका समिक्षा अधिकारी र गायक बिक्रम परियारको स्वर रहेको छ।
भिडियोमा अभिनेता गौरव पहारी र मोडल आशा खड्काले अभिनय गरेका छन्। देवेन्द्र बब्लुले निर्देशन गरेको भिडियोमा एक सडक दुर्घटना पछि छुटेको प्रेम जोडीको कथा देखाईएको छ। प्रेमीकाको यथार्थ नदेखेका प्रेमीको शंका र अचानक भएको भेटपछिको अवस्थालाई बब्लुले सुन्दर तवरले भिडियोमा उतारेका छन्।
भिडियोका छायाँकार अनिल कृष्ण मानन्धर हुन् भने सम्पादन प्रविण भट्टले गरेका छन्।
‘घाम जस्तो चम्किलो जुन हुँदैन’, ‘यत्ती जान्न मन छ’, ‘घामले नि पोल्दियो’, ‘भुमरीमा परेँ भने म’ लगायतका गीतहरुमा शिव सुवेदीको शब्द तथा संगीत सुन्न सकिन्छ।
नेपाली चलचित्र ‘जानी नजानी’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी निरिषा बस्नेतले तीन वर्षपछि भारतीय सिरियलमा कमब्याक गरेकी छन्। उनको केमियो भूमिका रहेको सिरियल ‘तेनाली रामा’ को प्रोमो बाहिरीएको छ। जसमा निरिषाको चरित्रचित्रण गरिएको छ। प्रोमोमा भिन्न गेटअपमा देखिएकी उनी यो सिरियलमा चिनियाँ युवतीको भूमिकामा प्रस्तुत छिन्। सिरियलको प्रोमोमा उनलाई चिनियाँ मौलिक पहिरनमा हिन्दी भाषामा संवाद बोल्दै गरेको देख्न सकिन्छ।
भारतीय टिभी ‘सोनी सब’ बाट प्रशारण हुँदै आएको सिरियललाई अभिमन्यू सिंहको प्रोडक्सन हाउसले निर्माण गरेको हो। निरिषाले यसअघि हिन्दी सिरियल ‘चन्द्र नन्दिनी’ मा पनि काम गरेकी थिइन्। यसमा उनको मुख्य भूमिका थियो। यसपछि उनले नेपाल आएर चलचित्र ‘जानी नजानी’ मा काम गरेकी थिइन्। हाल मुम्बईमा बस्दै आएकी बस्नेतले लकडाउन अघि एक साउथ फिल्म साइन गरेकी थिईन। उनी बलिउड प्रवेशका लागि पनि प्रयास गर्दैछिन्।
लोकप्रिय गायक तथा संगीतकार नरहरि निरन्तर रुपमा अथक साधना गरिरहने संगीत साधकका रुपमा चिनिन्छन्। विषम परिस्थितिका बावजुद संगीत सिर्जनामा तल्लिन प्रेमीका एकपछि अर्को गर्दै नयाँ नयाँ साङ्गीतिक प्रस्तुतिहरु बजारमा आईरहेका छन्। हालैमात्र वरिष्ठ गीतकार एवं साहित्यकार गोविन्द गिरी प्रेरणाको शव्दमा नरहरि प्रेमी र सुमिना लोको स्वरमा 'नौ डाँडा काटेपछि' बोलको गीतको भिडियो रिलिज भएको छ। देवेन्द्र नेवाले संगीत संयोजन गरेको गीतको मिक्सिङ र मास्टरिङ श्यामस्वेत रसाईलीले गरेका हुन्।
भिडियोमा रोजगारीकालागी विदेश जाने सन्धर्वका गीतहरुमा महिलाले पुरुषलाई विदेश नजान वा विदेशमा गएपछि मलाई बिर्सने पो हो कि भन्ने जस्ता भावनाहरु अभिव्यक्त गरिएको हुन्छ भने यस गीतमा चाँहि ठिक उल्टो अर्थात महिला वैदेशिक रोजगारीका लागि परदेश जान लाग्दा पुरुष प्रेमीले आफ्नी प्रेमिकालाई आफ्ना भावनाहरु अभिव्यक्त गरेको प्रसङ्गलाई चरितार्थ गर्न खोजिएको छ। निर्देशक जि.बि आग्रीको निर्देशनमा तयार भएको भिडियोमा शुसिल जंग कुँवर र सुस्मिता कुँवरले अभिनय गरेका छन्।
केहि समय आगाडी सामाजिक संजालमा एकाएक भाईरल भएका रिक्सा चालक अर्जुन बिकको आफ्नै कथामा तयार भएको 'बिहानी' सार्वजनिक भएको छ। भिडियोमा अर्जुन बिक संगै उनकै छोरा बिकास बिक र उनको श्रीमतीको रोलमा रक्षा बस्नेतले अभिनय गरेका छन्।
सशान कंडेलको आवाजमा रहेको भिडियोको कथा, पटकथा, सम्बाद तथा निर्देशन पनि कंडेलको कै रहेको छ। महेश ज्ञवालीको शब्द तथा संगीत रहेको यस गीतमा संगीत संयोजन र ब्याकग्राउण्ड काम भने बिनय कार्कीले गरेका हुन्। बुद्ध थापाले छायांकन गरेको भिडियोलाई बिकाश दाहलको सम्पादन गरेका हुन्।
१५ मिनेटको यो यस सांगीतिक भिडियो रिलिज भएको केही समयमा नै राम्रो प्रतिक्रिया पाएको छ।
चारबर्ण छत्तिस जातिको फुलबारी हाम्रो देशमा नेपाली लोक तथा दोहोरी गीत संगीतको छुट्टै महत्व छ। यस भित्र बिभिन्न जात जातिको भेषभुसाले पनि यस देशको बिशेषतालाई बिस्वसामु परिचित गराउन निकै सहज रहेको पाइन्छ। यसै पेरिफेरी भित्र शेर्पा जातिको भेषभूसा र उनीहरुको सांगीतिक रागले जो कोहीलाई नतमस्तक बनाउने गर्दछ। शेर्पा समुदाय स्वादको गीतसंगीत नेपाली सांगीतिक बजारमा थोरै मात्रामा आएता पनि, बजारमा आएका गीतले अशंख्य संगीत पारखिहरुको मनछुने गर्दछ।
यति बेला नेपालि गीत संगीतको क्षेत्रमा नेपालकोलागि शेर्पा भाषाको पहिलो गायक तथा टुंङना बादक लाक्पा तेन्जी शेर्पाले "मज्जाले नाचौंला" बोलको गीत सार्बजनिक गरेका छन्। प्रस्तुत गीत शेर्पा टोनमा भएता पनि पर्वतीय भाषामा नेपाली संस्कृति झल्किने गरी तयार गरिएको निर्माण युनिटले बताएको छ।
मज्जाले नाचौंला बोलको गीतमा लाक्पा तेन्जी शेर्पा र रामकुमार कार्कीको सुमधुर स्वर सुन्न सकिन्छ भने शब्द संगीत लाक्पा तेन्जी शेर्पा र संगीत संयोजन राकेश सोनीले गरेका छन्। गीतको भिडियोलाई रामकुमार कार्की नामक युट्युब च्यानल मार्फत रिलिज गरिएको छ। सार्बजनिक भिडियोमा सन्जिब ठकुरी, मिङमा शेर्पाको अभिनय छ। बिक्रम चौहानले निर्देशन गरेको भिडियो प्रकाश खड्काले छायांकन र मिलन बि.क ले सम्पादन गरेका हुन्।
लोकप्रिय गायक प्रताप दासको स्वरमा एउटा मीठो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। सरोज पोखरेलद्वारा संगीतबद्ध ‘अञ्जानैमा...’ गीतको म्युजिक भिडियो ओएसआर डिजिटल च्यानलबाट सार्वजनिक गरिएको हो। सत्यराज चौलागाईंले उक्त गीत रचना गरेका हुन् भने रिकेश गुरुङ उक्त गीतका संगीत संयोजक हुन्।
रोमान्टिक शैलीको गीतको यो म्युजिक भिडियो निकै आकर्षक बनेको छ । भिडियोमा मोडल दीपक घिमिरे फिचर्ड छन्। उनलाई मोडल मिनाक्षी महताराले साथ दिएकी छिन्। भिडियोमा यो जोडी आकर्षक देखिएको छ। नितिन चन्द निर्देशित यो भिडियो रुपेश थापाले छायांकन गरेका हुन्। सोफी सुनुवारको श्रृंगार र निशा श्रेष्ठले ड्रेस डिजाइन गरेकी छिन्।
‘सेल्फी हानौँला’, ‘ट्यूसन पढाउँछु’, ‘क्यालेण्डर’ जस्ता कैयन गीतबाट चर्चित बनेका गायक तथा संगीतकार शंकर थापा ‘स्माईल’को नयाँ रोमान्टिक गीत रिलीज भएको छ। गीतमा अम्बिका गुरुंगको शब्द, शंकरको संगीत तथा स्वर रहेको छ भने महिला स्वर दीपा लामाले दिएकी छन्।
‘सार्टनैको चोली’ नामक यस गीतको सार्वजनिक भिडियोमा कार्टुन क्रुजका सरोज अधिकारी र आश्मा बिश्वकर्माको अभिनय रहेको छ। एक समारोहमा कारणवश सहयोगी बनेका सरोजले आश्मालाई मन पराएको र प्रेम दोहोरो हुन गएको भिडियोमा देख्न सकिन्छ । यो भिडियोलाई सुब्रत राज आचार्यले निर्देशन गरेका छन् भने गम्भीर बिष्टले कोरियोग्राफी गरेका छन्।
आफ्ना पहिलेका गीतहरु जसरी नै यो गीतलाई पनि दर्शक श्रोताले अत्याधिक मन पराउने गायक तथा संगीतकार थापाको बिश्वास छ। ‘सेल्फी हानौँला पछि धेरै रमाईला गीतहरुमा काम गरियो त्यो मध्ये यो एक हो । यो गीतबाट धेरै अपेक्षा गरेको छु’, थापाले बताए ।
यो गीतको भिडियोमा नवराज उप्रेतीको छायांकन तथा नबिन निरौलाको सम्पादन तथा कलर ग्रेडिंग रहेको छ।
विगत डेढ दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गितकार,गायक तथा मोडल समेत रहेका सुरेन्द्र लामिछानेको नयाँ शैलीको गीत ‘पानी छल्काले’को भिडियो सार्वजनिक भएको छ। अहिले चर्चाको शिखरमा रहेककी गायिका समिक्षा अधिकारी र गायक प्रसाद लामिछानेको स्वरमा सजिएको गीत सुरेन्द्र आँफैले लेखेका हुन्। भिडियोमा नायिका नम्रता सापकोटा, सुरेन्द्र लामिछाने, प्रल्हाद सुवेदीको अभिनय रहेको छ।
गीतमा प्रसाद लामिछानेको संगित , अजय रेग्मीको छायांकन , प्रविण भट्टको सम्पादन र कुमार केसीको निर्देशन रहेको छ। आफुले निर्देशन गरेका धेरै म्युजिक भिडियो भन्दा यो म्युजिक भिडियो अलि पृथक रहेको बताउँछन् निर्देशक केसी। कोरोना भाइरसका कारणले आक्रान्त भईरहेका बेला श्रोता,दर्शकहरुमा केही खुशी मिलोस् भनेर गित तयार गरिएको सुरेन्द्र बताउँछन्। उनी भन्छन् ‘कोरोनाका कारण आफ्नो मान्छेबाट टाढा रहेकाहरुले मन भुलाउन सकुन भन्ने आशय हो।
लोकप्रिय गायिका मेलिना राई आफ्नो बिल्कुलै नयाँ गीतमार्फत दर्शक तथा स्रोतामाझ आएकी छिन्। यसपटक गायिका राईले स्थापित संगीतकार सुनिल मास्केको संगीत निर्देशन तथा सिद्धहस्त गीतकार अर्जुन रत्न भिखारीका शब्दहरुमा आफ्नो सुरिलो स्वर भरेकी हुन्। गीतमा रिकेश गुरुङले संगीत संयोजन गरेका छन्। यो गीत पञ्चामृत एल्बममा समावेश गरिएको छ।
ए–वान म्युजिसियनमा रेकर्डिङ गरिएको यो गीतलाई किशोर थापाले मिक्सिङ तथा मास्टरिङ गरेका हुन्। गीतका रेकर्डिष्ट भने राजेश श्रेष्ठ हुन्। गीतमा सञ्जीब बराइलीको गिटार, गोपाल घतानीको बा“सुरी, आई प्रोडक्सनका दिपेन गौतमको पर्कुसन सुन्न सकिन्छ। गीतको भिडियो आकर्षक बनेको छ।
युवराज वाइवाद्वारा निर्देशित भिडियोमा नगमा श्रेष्ठ मुख्य भूमिकामा छिन्। भिडियोमा मनिता गहतराजको कोरियोग्राफी छ। उत्सव दाहालद्वारा छायांकन गरिएको उक्त गीतको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन्।
पहिलो गीत ‘सिल्की सिल्की बाल’ को सफलतापछि ‘च च हुई’ को दोस्रो गीत ‘जवानी’ रिलिज गरिएको छ। सार्वजनिक गीतको भिडियोमा आर्यन सिग्देल र एलिशा शर्मालाई ग्ल्यामर अवतारमा फिचर गरिएको छ। छन्। सेट लगाएर छायांकन गरिएको गीतको कोरियोग्राफी शिशिर खातीले गरेका हुन्।
निर्देशक साम्तेन भुटिया र विनय सापकोटाको शब्द रहेको गीतमा रोशन थापाले संगीत भरेका हुन्। गीतमा रोशन थापा र सुमन गुरुङको स्वर सुन्न सकिन्छ। मंसिर ६ गते बाट प्रदर्शन हुने फिल्ममा आर्यनसँगै भोलाराज सापकोटा, मिरुना मगर, माओत्से गुरुङ, पुष्कर गुरुङ, बबिता मल्ललगायतको अभिनय छ। रोमान्टिक / कमेडी जनरमा तयार भएको फिल्मको निर्देशन र सम्पादन साम्तेन भुटियाले गरेका हुन्।
एजिएल इन्टरटेनमेन्टको ब्यानरमा बनेको फिल्ममा अमृत घोले लामाले लगानी गरेका छन्। व्यवसायी घोले यसैफिल्म मार्फत निर्माणमा आउँदैछन्। सुशन प्रजापतिको छायांकन गरेको फिल्मका गीतमा राजनराज शिवाकोटी, सुरज शाही ठकुरी र रोशन थापाको संगीत छ। यसमा नीमा लामाको मेकअप, रेनिश फागोको कलर करेक्सन,श्री श्रेष्ठको द्वन्द्व, शिशिर खातीको कोरियोग्राफी, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड स्कोर रहेको छ।
नम्रता श्रेष्ठ र अनुप बिक्रम शाही अभिनित फिल्म ‘जाइरा’को पहिलो गीत रिलिज भएको छ। राजधानीमा आयोजित एक कार्यक्रममा पत्रकार तथा अन्य पाहुनाहरुमाझ फिल्म निर्माण पक्षले 'आँखै ले बोल्छ’ बोलको गीतको भिडियो सार्वजनिक गरेको हो। फिल्मका मुख्य कलाकार नम्रता श्रेष्ठ र अनुप बिक्रम शाहीलाई फिचर्ड गरिएको गीतको भिडियोमा रोमान्टिक द्रिश्यलाई प्राथमिकता दीइएको छ। रबी मल्लको शब्द, कल्याण सिंहको सगीत रहेको गीतमा सन्तोष लामाको स्वर सुन्न सकिन्छ।
यो गीतको भिडियोमा रोमान्टिक मुडमा नम्रतालाई देखाईए पनि फिल्ममा नम्रताले मिक्स मार्शल आर्ट खेलाडी (एम.एम.ए) को भूमिका निर्वाह गरेकी छिन। उनलाई यसअघिका फिल्ममा भन्दा ‘जाइरा’मा भिन्न अवतारमा प्रस्तुत गरिएको निर्माण पक्षको दाबी छ। छोटो कपाल र सुगठित शरीरमा देखिएकी नम्रताले बदलाको कथामा आफुलाई ढालेकी छन्।
कटामरी फिल्मसको सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्सन र ट्रेन्डसेटर्स प्रालिको व्यानरमा निर्मित फिल्मका निर्देशक आशुतोष राज श्रेष्ठले फिल्ममा मिक्स मार्शल आर्ट केन्द्रित भएपनि प्रमुख प्लट बदला रहेको बताए। भदौ ६ गतेदेखि अलनेपाल रिलिज हुने फिल्ममा नम्रता र अनुप संगै प्रमोद अग्रहरी, रेमनदास श्रेष्ठ, र नवकलाकार सृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरको पनि अभिनय छ।
निर्मल शर्मा र कमलकान्त मैनाली निर्दे्शित नयाँ हाँस्य टेली श्रृंखला 'चुरीफुरी डट कम' को बोधी एच डि च्यानलबाट प्रशारण सुरु भएको छ। समसामयिक बिषयलाई समेटेर तयार पारिने 'चुरीफुरी डट कम' मा निर्मल र कमल संगै रजनी केशी, केशब भट्टराई, सुभाष गजुरेल, घनश्याम गौतम, मुकुन्द मैनाली, रबी शर्मा “घाटो”, गजित बिष्ट, खुस्बु खड्का, सुरेश तिमिल्सिना, सुनिता श्रेष्ठ, योगेन्द्र श्रेष्ठ लगायतका कलाकारहरुले अभिनय गरेका छन्।
कमलकान्त मैनालीको कथा रहेको श्रृंखलामा शिर्ष गीतको शब्द शान्ती प्रियले कोरेका छन् भने शम्भुजित बास्कोटाले संगित भरेका छन्। राजु केसीले खिच्ने चुरीफुरी लाई चन्दन दत्तले सम्पादन गर्नेछन्। खुशी खुशी फिल्मको प्रस्तुती रहेको 'चुरीफुरी डट कम' लाई ईमाइली लामा र रमेश एम के पौडेलले निर्माण गरेका हुन्।
हाँस्य टेली श्रृंखला 'चुरीफुरी डट कम' को पहिलो भाग हेर्नुहोस्।
अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी चाँडै वैवाहिक जीवनमा बाँधिदै छन्। यि दुईले केहि समय अघि औँठी साटासाट गरिसकेका छन्। तर यतिबेला एक भिडियो बाहिरिएको छ। भिडियोमा अभिनेता आयुष्मानले अभिनेत्री प्रियंकाको तस्बिर जलाउँदै गरेको दृष्य देख्न सकिन्छ।
गायक मोहन राईको ‘मायाको खेल, आँसुको भेल...’ बोल रहेको गीतको म्यूजिक भिडियोकोलागि आयुष्मानले प्रियंकाको तस्विर जलाएका हुन्। म्यूजिक भिडियोमा यो जोडीले एक साथ अभिनय गरेका छन्। भिडियोमा प्रियंका र आयुष्मानबीचको विछोडको कथा प्रस्तुत गरिएको छ। म्यूजिक भिडियोलाई राजेन्द्र महर्जनले निर्देशन गरेका हुन्।
नेपाली चलचित्र 'सानो मन'को शिर्ष गीत सार्वजनिक भएको छ। युट्युव मार्फत रिलीज गीतले चलचित्रको थिम महशुस गराउँछ। गीतमा आयुष्मान र शिल्पाको प्रेम झल्किन्छ। सुयोग सोताङ्गको संगीत रहेको छ भने रोहित जोन क्षेत्रीको स्वर तथा स्वप्निल शर्माको शब्द रहेको छ। यसअघि रिलीज भएको यस चलचित्रको 'रानु कम्मर' बोलको गीतले चर्चा पाईरहेको समयमा अर्को गीत रिलीज गरिएको हो। यो चलचित्र असार २० गते बाट रिलीज हुदै छ।
Video:YouTube / HiTechEntertainment
'गीत चल्तिको भन्दा अलिक फरक बनाएका छौँ, जसले नेपाली चलचित्रमा आईरहेका प्रेमगीतहरु भन्दा फरक स्वाद दिन्छ', गीतको बारेमा संगीतकार सोताङ्गले बताए। चलचित्रका निर्देशक सुयोग गुरुङ्गले गीत चलचित्रको कथासँग नजिक रहेको बताए । युवा युवतीबीच नौलो प्रेम हुँदाको क्षणहरु झल्किने यो गीत युवा युवतीको वास्तविकताको नजिक रहेको उनको भनाई छ।
सुयोग गुरुङको डेब्यू निर्देशनमा निर्माण भएको यस चलचित्रमा आयुष्मान देशराज जोशी, शिल्पा मास्के, सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्ट, देव कुमार श्रेष्ठ लगायतका कलाकारहरुको पनि यसमा अभिनय छ।
ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा यो चलचित्र निर्माण भएको हो। सुयोग गुरुङ र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्मको भिएफएक्स नगेश कँडेलले गरेका छन्। समिर सुनवार र निर्देशक गुरुङको संयुक्त लेखन रहेको यस चलचित्रलाई आलोक शुक्लले छायांकन गरेका हुन्।
काठमाडौं, भैरहवा, बैंकक लगायतका ठाउँहरुमा छायांकन भएको यस चलचित्रका निर्माताहरू योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर हुन्। रित बोहरा मुख्य सहायक निर्देशक हुन् प्रोडक्सन डिजाइनर यम ओली हुन्। चलचित्रका कला निर्देशक रबिनकाजी शाक्य हुन् भने मेकअप आर्टिस्ट श्रद्दा मास्के र कृति जोशी हुन्।
म्युजिकल लभस्टोरी रहेको यस चलचित्रको ट्रेलर पनि सार्वजनिक भईसकेको छ। ट्रेलरलाई अधिकांश दर्शकले रुचाएका छन्।
चर्चित गीत 'बोलमाया'को भिडियोमा देखिएकि अञ्जली अधिकारीको अभिनय प्रशंसा भइरहेका बेला उनि अर्को गीतको भिडियोमा हट अवतारमा देखा परेकी छिन्। प्रेमीले अक्कल झुक्कल र कल्पनामा मात्रै आउने सुन्दरी प्रेमीकाको कल्पना गरेको दृश्यमा उनी निकै बोल्ड देखिएकी छिन्। सार्वजनिक गीतमा अञ्जलीलाई जीवन भट्राई र रिचा थापाले साथ दिएका छन्।
नवराज सापकोटाको नयाँ गीत 'म निदाएसी आयौ' बोल रहेको गितको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो। नरेश गौतमका शब्द शृजनामा एनके ब्रदरर्सको संगीत शृजना रहेको गीतमा पछिल्लो समयकी चर्चित मोडल अञ्जली अधिकारीको अहिलेसम्मकै हट तथा भिन्न अभिनय रहेको दाबी गरिएको छ।
नेक्सन डान्स एकेडेमीको पहिलो प्रस्तुरी "ढाट्य़ो मायाँले .." रिलिज भएको छ। बिभोर पोखरेलको निर्देशन रहेको भिडियोमा मोडल तथा कोरियोग्राफर अनुराग ठकुरी र मोडल तथा डान्सर बबिता श्रेष्ठ फिचरिङ्ग छन्। दिपक शर्माको शब्द र संगीत रहेको गीतमा गायिका सहिमा श्रेष्ठ र गायक सन्तोस बश्यालाको स्वर सुन्न सकिन्छ। अनुराग ठकुरीले यस अघि आफ्नै निर्देशमा दर्जनौ म्युजिक भिडियोहरुमा अभिनय पनि गरिसकेका छन्। सुप्रिम पराजुलीले सम्पादन गरेको यो भिडियोमा अनिल के मानन्धरले खिचेका हुन्।
खाद्य संस्थानले बिक्रिका लागि खरिद गरेको जुम्लाको सिमिमा ढुंगा, माटो, गिट्टी, सिमेन्टका डल्ला लगायतका अखाद्य वस्तु जानीजानी मिश्रण गरिएको भेटियो।
पाँच दिने औपचारिक भारत भ्रमण पुरा गरि प्रधानमन्त्री देउवा स्वदेश फर्कदै | रौतहटमा बाढीबाट विस्थापित एक हजार भन्दा बढी परिवार सडकमा, पालभित्र जीवन निर्वाह गर्न बाध्य | सुरक्षित आवास निर्माण गरिदिन पीडितहरुको आग्रह | बाढी प्रभावित क्षेत्रका किसानलाई पुन: स्थापित गर्न १ अर्ब २५ करोड रुपैयाँको सरकारी राहत घोसणा | माछापोखरी मर्मत देखि मल-बियु निःशुल्क वितरणको योजना | साफ यू-१५ च्याम्पियनसिपको उपाधि भारतले जित्यो, नेपाल २-१ गोल अन्तरले पराजित
बलिउड अभिनेत्री सन्नी लियोनको आइटम डान्स भिडियो ‘ट्रिप्पी–ट्रिप्पी’ बाहिरिएको छ। संजय दत्त अभिनित चलचित्र 'भुमि'को रिलिज गरिएको यो पहिलो गीत हो। 'भुमि'को ट्रेलर केही दिन अघि रिलिज गरिएको थियो। यो गीतमा नेहा कड्क्क, बेनी दयाल, बृजेश शान्डिल्य र बादशाहको स्वर सुन्न सकिन्छ।
गायक तथा संगीतकार तुला पर्वतको संगीतमा गायिका सविना अधिकारीले स्वर भरेको गीत हातैमा चुराको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ। गीतकार राजेन्द्र गौतमका शब्द शृजना रहेको गीतमा गायिका सविना सलल बगेकी छिन्। सार्वजनिक गीतको भिडियोमा पछिल्लो समय खुबै रुचाइएकी मोडल तथा गायिका श्रृषा कुवरको दमदार अभिनय रहेको छ। जसमा श्रृषालाई मोडल अनिष मगरले साथ दिएका छन्।
वैशाँलु उमेरकी किशोरीले आफ्नो प्रेमीको कल्पना गर्दै हातमा चुरा पोते लगाउने,सिउँदोमा सिन्दुर सजाउने र डोली चढेर आफ्ना बेहुलालाई भेट्ने ग्रामिण परिवेशको यर्थाथलाई आफ्नो कल्पनामा उतारेको कुरालाई भिडियोमा देखाइएको छ।
भिडियोको निर्देशन युवराज वाईवाले गरेका गरेका हुन् भने निशान घिमिरेले सम्पादन। उत्सब दाहालले छायांकन गरेको भिडियोमा राम अधिकारीको लगानी रहेको छ। ड्रिम्स स्टुडियोमा रेर्कड गरिएको गीतलाई वाइड स्क्रिन मिडियाले बजार ब्यबस्थापन गरेको छ।