YOUR ADS HERE

चारबर्ण छत्तिस जातिको फुलबारी हाम्रो देशमा नेपाली लोक तथा दोहोरी गीत संगीतको छुट्टै महत्व छ। यस भित्र बिभिन्न जात जातिको भेषभुसाले पनि यस देशको बिशेषतालाई बिस्वसामु परिचित गराउन निकै सहज रहेको पाइन्छ। यसै पेरिफेरी भित्र शेर्पा जातिको भेषभूसा र उनीहरुको सांगीतिक रागले जो कोहीलाई नतमस्तक बनाउने गर्दछ। शेर्पा समुदाय स्वादको गीतसंगीत नेपाली सांगीतिक बजारमा थोरै मात्रामा आएता पनि, बजारमा आएका गीतले अशंख्य संगीत पारखिहरुको मनछुने गर्दछ।

यति बेला नेपालि गीत संगीतको क्षेत्रमा नेपालकोलागि शेर्पा भाषाको पहिलो गायक तथा टुंङना बादक लाक्पा तेन्जी शेर्पाले "मज्जाले नाचौंला" बोलको गीत सार्बजनिक गरेका छन्। प्रस्तुत गीत शेर्पा टोनमा भएता पनि पर्वतीय भाषामा नेपाली संस्कृति झल्किने गरी तयार गरिएको निर्माण युनिटले बताएको छ।

मज्जाले नाचौंला बोलको गीतमा लाक्पा तेन्जी शेर्पा र रामकुमार कार्कीको सुमधुर स्वर सुन्न सकिन्छ भने शब्द संगीत लाक्पा तेन्जी शेर्पा र संगीत संयोजन राकेश सोनीले गरेका छन्। गीतको भिडियोलाई रामकुमार कार्की नामक युट्युब च्यानल मार्फत रिलिज गरिएको छ। सार्बजनिक भिडियोमा सन्जिब ठकुरी, मिङमा शेर्पाको अभिनय छ। बिक्रम चौहानले निर्देशन गरेको भिडियो प्रकाश खड्काले छायांकन र मिलन बि.क ले सम्पादन गरेका हुन्।

YOUR ADS HERE
SUBSCRIBE YOUTUBE CHANNEL

-- PHOTO SHOOT VIDEOS --

YOUR AD HERE

-- MUSIC VIDEOS --

X

FOLLOW US ON FACEBOOK