‘सिंहदरबार–२’ ट्रेलर

Posted On 27 July 2018 | By Namaste Hajur
YOUR ADS HERE
टेलिश्रृंखला ‘सिंहदरबार–२’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा गौरी मल्ल, प्रमोद अग्रहरी, रमेश रञ्जन झा, रेम बिक, हेमन्त चालिसे, बादल भट्ट, प्रकाश घिमिरे, देशभक्त खनाल, आलोक थापा, प्रभात रिमाल, सबिना गोपाली, कृष्ण शिवाकोटी लगायतका कलाकार देखिएका छन् । पहिलो सिजनको सफलतापछि निर्माण गरिएको टेलिश्रृंखला सिंहदरबारको दोस्रो सिजनको निर्देशन नवीन सुब्बाले गरेका छन्।

समसामयिक राजनीतिक तथा सामाजिक विषयवस्तुमा केन्द्रित भएर निर्माण गरिएको सिंहदरबार–२ ले सहकार्यात्मक नेतृत्व र सुशासनको माध्यमबाट नेपालमा कानुनी शासनको सुदृढिकरणमा जोड दिएको छ । साउन १२ गते अर्थात भोलीदेखी नेपाल टेलिभिजनबाट प्रसारण हुने टेलिश्रृंखला ‘सिंहदरबार–२’ १३ भागको छ। टेलिश्रृंखला अमेरिकी अन्तराष्ट्रिय सहयोग नियोग (USAID)को आर्थिक सहयोगमा सर्च फर कमन ग्राउण्ड र शुभ मिडिया होमले उत्पादन गरेको हो।

राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माण टीमले टेलिश्रृंखलाको ट्रेलर सार्वजनिक गरेको हो। कार्यक्रममा बोल्दै निर्देशक नवीन सुब्बाले नेपाली कलाकारहरुको अभिनय क्षमता अब्बल रहेको प्रशंशा गर्दै त्यसलाई सदुपयोग गरेको बताए। साथै संघियता, समावेशीकरणको मर्मलाई कलात्मक शैलीमा प्रस्तुत गर्नु आफुहरुको लागि चुनौती भएको खुलाए।

यस्तै कार्यक्रममा अभिनेत्री गौरी मल्लले पहिलो सिजनको भन्दा यो सिजनमा आशा सिंहको राजनीतिक करिअरको साथमा पारिवारिक, सामाजिक, आर्थिक र उसको स्वास्थ्य लगायका कुराहरुमा आएको उतारचढावलाई हेर्न सकिने बताईन्। साथै उनले निर्देशक नवीन सुब्बाको प्रशंसा गर्दै काम गर्नको लागि सहज बनाई दिएकोमा धन्यवाद दिईन।

YOUR ADS HERE
SUBSCRIBE YOUTUBE CHANNEL

-- PHOTO SHOOT VIDEOS --

YOUR AD HERE
X

FOLLOW US ON FACEBOOK