YOUR ADS HERE
आगामी २२ भदौबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र ‘रोज’को ट्रेलर रिलिज गरिएको छ। करिब दुई मिनटको यो ट्रेलरमा अभिनेता प्रदीप खड्कालाई आफ्नी प्रेमिकाको हत्याराको रुपमा प्रस्तुत गरिएको छ। जसमा उनले प्रेमीको हत्या नगरेर मुत्ति दिएको सम्बाद बोलेका छन्।

बिगतका सिनेमाहरुमा प्रेमिकालाई सर्वाधिक मायाँ गर्ने प्रदीप खड्काले यो फिल्ममा प्रेमिकाको हत्या गर्नु पर्दाको भूमिका निर्वाह गर्दाको अनुभव बारे भने,‘प्रेमिकाको हत्या गर्ने प्रेमीका भूमिका डुब्न मलाई केही समय त लाग्यो। तरपछि यो भूमिकालाई मैले सार्थक तुल्याएको छु।’ एउटा कलाकार भएपछि हरेक प्रकारको भूमिका निर्वाह गर्नु पर्ने बताउँदै यसपटक आफुलाई दर्शकले बिगतको भन्दा केहीफरक भूमिकामा देख्ने पनि यी अभिनेताले दाबी गरे।


यो फिल्मलाई निकिता पौडेल र मणिकरण केसीले संयुक्त निर्माण गरेका हुन्।  गोपिकृष्ण मूभिज र आरोही फिल्मस्को व्यानरमा निर्मित यो चलचित्रमा अभिनेता प्रदीप खड्का, परमिता राज्यलक्ष्मी राणा, मिरुना मगर, कर्मा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।
YOUR ADS HERE
SUBSCRIBE YOUTUBE CHANNEL

-- PHOTO SHOOT VIDEOS --

YOUR AD HERE
X

FOLLOW US ON FACEBOOK