बिहे गर्ने तयारीमा गायिका अञ्जु पन्त

Posted On 02 February 2021 | By Namaste Hajur
YOUR ADS HERE

गायिका अञ्जु पन्तले थीर कोइरालासँग विवाह गर्ने भएकी छिन्। गायिका पन्तले भनिन्, 'दुवैतिरका घर परिवारका सदस्यबीच बिहेबारे सल्लाह भइसकेको छ।'  उनले आफ्नो बिहेपछि नयाँ अध्याय सुरु हुने समेत बताइन्। 'बिहे गर्ने सहमतिमा पुगे पनि मिति तय हुन भने बाँकी छ। दुवै जनाको अनुकुल समय मिलाएर मिति तोक्ने छौं' - इलामका थीरले भने।

आजभन्दा ६ वर्षअघि थीर र अञ्जु पन्तको पहिलो भेट नेपाल टेलिभिजनको एउटा कार्यक्रममा भएको थियो।त्यसबेला थीर नेपाल टेलिभिजनमा ‘सर्वाङ्गिण संवाद’ कार्यक्रम चलाउँथे। अञ्जु र थीर बीच त्यही कार्यक्रममा पहिलो चिनजान भएको थियो। लामो समयको प्रेम सम्बन्धपछि उनीहरु केही महिनामै वैवाहिक बन्धनमा बाँधिने भएका हुन्।

काठमाडौंअघि इटहरी बस्दै आएका थीर 'इटहरी साप्ताहिक'का पूर्वसम्पादक हुन्। पत्रपत्रिकामा लेखसमेत लेख्दै आएका उनी हाल उनी गैरसरकारी संस्था सञ्चालन गर्छन्। - सेतोपाटि

YOUR ADS HERE
SUBSCRIBE YOUTUBE CHANNEL

-- PHOTO SHOOT VIDEOS --

YOUR AD HERE

-- MUSIC VIDEOS --

X

FOLLOW US ON FACEBOOK