YOUR ADS HERE

आफूमाथि कुटपिट तथा गालीगलौज भएको भन्दै नायिका सुष्मा कार्कीले प्रहरी कार्यालयमा उजुरी दिएकी छन्। उनले नायिका स्वेता खड्काकी बहिनी आरती खड्का र पत्रकार उत्सव रसाइलीविरूद्ध उजुरी दिएकी हुन्।

मंगलबार दिउँसो उनी काठमाडौंको महानगरीय प्रहरी वृत्त, दरबारमार्गमा उजुरी दिन आएको प्रहरी नायब उपरीक्षक (डिएसपी) रामेश्वर पौडेलले बताए। गएराति दरबारमार्गको लन्डन पब क्याफेमा झगडा भएको भन्दै उजुरी दिन आएको उनले बताए। 'पबमा झगडा भयो भनेर ठाडो निवेदन दिनुभएको छ। हामीले अनुसन्धान गरिरहेका छौं,'डिएसपी पौडेलले भने,'जाहेरी दिनुभएको होइन। हामीले दुबै पक्ष राखेर कुराकानी गराउँछौं।'

उत्सव रसाइलीका अनुसार सोमबार राति सुरूमा नायिका कार्कीले नै रसाइलीमाथि दुर्व्यवहार गरेकी थिइन्। 'हामी रमाइलो गरिरहेका थियौं। तर उहाँले त्यहाँ भएका कलाकारहरूलाई तथानाम गाली गर्नुभयो। मलाई पनि त 'कामी' यस्तो गर्ने भन्दै जातीय हिसाबले गाली गर्नुभयो,' रसाइलीले भने,'म हिजो पाहुना भएर गएको थिएँ ममाथि दुर्व्यवहार भएपछि स्वेताजीहरूले मलाई प्रोटेक्ट गर्नुभो। त्यसरी दुर्व्यवहार गरेपछि आरती जीले एक झापड हान्नु भएको हो।'

YOUR ADS HERE
SUBSCRIBE YOUTUBE CHANNEL

-- PHOTO SHOOT VIDEOS --

YOUR AD HERE

-- MUSIC VIDEOS --

X

FOLLOW US ON FACEBOOK