चैत्र २७ मा पुष्प र श्रद्धाको 'कृष्ण–लीला'

Posted On 02 February 2021 | By Namaste Hajur
YOUR ADS HERE

पूर्वी नेपालको इलाम, झापालगायतका रमणीय स्थानमा छायांकन गरिएको ‘कृष्ण–लीला’ नयाँ बर्षको छेको पारेर चैत्र २७ गते दर्शकमाझ ल्याउने निर्णय गरिएको फिल्मका कार्यकारी निर्माता रत्न श्रेष्ठले बताएका हुन्। फिल्ममा पुष्प खड्का, श्रद्धा क्षेत्री,बुद्धि तामाङ,रबिन्द्र झा,नवीन रेग्मी,हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाईलगायतका कलाकारले अभिनय गरेका छन्।

आरआर फिल्मस्को ब्यानरमा निर्मित फिल्मको लेखन लक्ष्मण सुवेदीको हो भने निर्मातामा प्रकाश कार्की र केवल तामाङ तथा सहनिर्मातामा पिताम्बर आचार्य र रोजन श्रेष्ठ छन्। फिल्मको प्रस्तुतकर्ता रोहित कट्टेल हुन्।

शिब ढकालले खिचेको फिल्मको गीतमा अर्जुन पोखरेलको संगीत सुन्न सकिन्छ। फिल्ममा रामजी लामीछानेले कोरियोग्राफी र श्री श्रेष्ठले द्धन्द्ध निर्देशन गरेका छन्।

निर्माण युनीटले ३० माघमा फिल्मको ‘कुनै दिन यस्तो पनि’ बोलको रोमान्टिक गीत रिलिज गर्ने तयारी गरेको छ। अन्जु पन्त र सुगम पोखरेलको स्वरमा रहेको सो गीतमा पुष्प र श्रद्धा फिचर छन्।

YOUR ADS HERE
SUBSCRIBE YOUTUBE CHANNEL

-- PHOTO SHOOT VIDEOS --

YOUR AD HERE

-- MUSIC VIDEOS --

X

FOLLOW US ON FACEBOOK