गायिका तथा मोडल श्रृषाको डोली चढ्ने रहर

Posted On 19 August 2017 | By Namaste Hajur
YOUR ADS HERE
गायक तथा संगीतकार तुला पर्वतको संगीतमा गायिका सविना अधिकारीले स्वर भरेको गीत हातैमा चुराको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ। गीतकार राजेन्द्र गौतमका शब्द शृजना रहेको गीतमा गायिका सविना सलल बगेकी छिन्। सार्वजनिक गीतको भिडियोमा पछिल्लो समय खुबै रुचाइएकी मोडल तथा गायिका श्रृषा कुवरको दमदार अभिनय रहेको छ। जसमा श्रृषालाई मोडल अनिष मगरले साथ दिएका छन्।
वैशाँलु उमेरकी किशोरीले आफ्नो प्रेमीको कल्पना गर्दै हातमा चुरा पोते लगाउने,सिउँदोमा सिन्दुर सजाउने र डोली चढेर आफ्ना बेहुलालाई भेट्ने ग्रामिण परिवेशको यर्थाथलाई आफ्नो कल्पनामा उतारेको कुरालाई भिडियोमा देखाइएको छ।
भिडियोको निर्देशन युवराज वाईवाले गरेका गरेका हुन् भने निशान घिमिरेले सम्पादन। उत्सब दाहालले छायांकन गरेको भिडियोमा राम अधिकारीको लगानी रहेको छ। ड्रिम्स स्टुडियोमा रेर्कड गरिएको गीतलाई वाइड स्क्रिन मिडियाले बजार ब्यबस्थापन गरेको छ।
YOUR ADS HERE
SUBSCRIBE YOUTUBE CHANNEL

-- PHOTO SHOOT VIDEOS --

YOUR AD HERE

-- MUSIC VIDEOS --

X

FOLLOW US ON FACEBOOK