हिन्दि सिरियलमा नेपाली अभिनेत्री

Posted On 08 September 2020 | By Namaste Hajur
YOUR ADS HERE

नेपाली चलचित्र ‘जानी नजानी’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी निरिषा बस्नेतले तीन वर्षपछि भारतीय सिरियलमा कमब्याक गरेकी छन्। उनको केमियो भूमिका रहेको सिरियल ‘तेनाली रामा’ को प्रोमो बाहिरीएको छ। जसमा निरिषाको चरित्रचित्रण गरिएको छ। प्रोमोमा भिन्न गेटअपमा देखिएकी उनी यो सिरियलमा चिनियाँ युवतीको भूमिकामा प्रस्तुत छिन्। सिरियलको प्रोमोमा उनलाई चिनियाँ मौलिक पहिरनमा हिन्दी भाषामा संवाद बोल्दै गरेको देख्न सकिन्छ।

भारतीय टिभी ‘सोनी सब’ बाट प्रशारण हुँदै आएको सिरियललाई अभिमन्यू सिंहको प्रोडक्सन हाउसले निर्माण गरेको हो। निरिषाले यसअघि हिन्दी सिरियल ‘चन्द्र नन्दिनी’ मा पनि काम गरेकी थिइन्। यसमा उनको मुख्य भूमिका थियो। यसपछि उनले नेपाल आएर चलचित्र ‘जानी नजानी’ मा काम गरेकी थिइन्। हाल मुम्बईमा बस्दै आएकी बस्नेतले लकडाउन अघि एक साउथ फिल्म साइन गरेकी थिईन। उनी बलिउड प्रवेशका लागि पनि प्रयास गर्दैछिन्।

YOUR ADS HERE
SUBSCRIBE YOUTUBE CHANNEL

-- PHOTO SHOOT VIDEOS --

YOUR AD HERE

-- MUSIC VIDEOS --

X

FOLLOW US ON FACEBOOK