समिक्षा र बिक्रमको गीतमा गौरव र आश्मा

Posted On 08 September 2020 | By Namaste Hajur
YOUR ADS HERE

रचनाकार तथा संगीतकार शिव सुवेदीको शब्द/संगीतमा नयाँ लोक गीतको भिडियो रिलीज भएको छ। ‘बाँचेको छु धन्न’ बोलको यस गीतमा चर्चित गायिका समिक्षा अधिकारी र गायक बिक्रम परियारको स्वर रहेको छ।

भिडियोमा अभिनेता गौरव पहारी र मोडल आशा खड्काले अभिनय गरेका छन्। देवेन्द्र बब्लुले निर्देशन गरेको भिडियोमा एक सडक दुर्घटना पछि छुटेको प्रेम जोडीको कथा देखाईएको छ। प्रेमीकाको यथार्थ नदेखेका प्रेमीको शंका र अचानक भएको भेटपछिको अवस्थालाई बब्लुले सुन्दर तवरले भिडियोमा उतारेका छन्।

भिडियोका छायाँकार अनिल कृष्ण मानन्धर हुन् भने सम्पादन प्रविण भट्टले गरेका छन्।

‘घाम जस्तो चम्किलो जुन हुँदैन’, ‘यत्ती जान्न मन छ’, ‘घामले नि पोल्दियो’, ‘भुमरीमा परेँ भने म’ लगायतका गीतहरुमा शिव सुवेदीको शब्द तथा संगीत सुन्न सकिन्छ।

YOUR ADS HERE
SUBSCRIBE YOUTUBE CHANNEL

-- PHOTO SHOOT VIDEOS --

YOUR AD HERE

-- MUSIC VIDEOS --

X

FOLLOW US ON FACEBOOK