YOUR ADS HERE

गीतकार हिराकाजी थापा निर्देशित म्युजिक भिडियो 'काँडा' हालै नयाँ यु ट्युव च्यानल 'HANG ENTERTAINMENT' मार्फत रिलिज गरिएको छ। प्रवासमा रहेर पनि डिजिटल प्रविधिको सदुपयोग गर्दै उनले यो म्युजिक भिडियोको निर्देशन गरेका हुन्। युके, लन्डनमा बस्दै आएका थापाले यसअघि पनि प्रवास बाटै निर्देशन गरेका म्युजिक भिडियोहरु रिलिज भईसकेका छन्। यो पटक भने उनले आफ्नै यु ट्युव च्यानल मार्फत म्युजिक भिडियो रिलिज गरेका हुन्।

'काँडा' बोल रहेको यो गीतमा गीतकार बिन्दु प्रशाद अधिकारीको शब्द, संगीतकार नागेन्द्र श्रेष्ठको संगीत र गायिका अन्जु पन्तको स्वर सुन्न सकिन्छ। निर्देशक थापाले नै निर्माण गरेको यो म्युजिक भिडियोमा भद्र जंग कुँवर, समिक्षा बस्नेत, संगम पाण्डे र आरति आले मगरले अभिनय गरेका छन्। दिपक गिरीले छायाँकन र श्याम कुँवरले सम्पादन गरेको भिडियो कालिन्चोक आसपासमा खिचिएको हो।

YOUR ADS HERE
SUBSCRIBE YOUTUBE CHANNEL

-- PHOTO SHOOT VIDEOS --

YOUR AD HERE

-- MUSIC VIDEOS --

X

FOLLOW US ON FACEBOOK