YOUR ADS HERE

लोकप्रिय गायन रियालिटी शो नेपाल आइडल सिजन–२ का उत्कृष्ट छ जना प्रतिस्पर्धिहरु पहिलो पटक अष्ट्रेलियामा आयोजना हुने लाइभ कन्सर्टमा प्रस्तुत हुने भएका छन्। कन्सर्टमा नेपाल आइडल–२ का विजेता रवि ओड मुख्य आकर्षण रहनेछन्। नेपाल आइडल रवि ओडलाई प्रतियोगिताको उत्कृष्ट ६ मा पुग्न सफल विक्रम बराल, सुमित पाठक, अस्मिता अधिकारी तथा अमित बरालले कन्सर्टमा आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गरेर साथ दिने छन्। कार्यक्रममा पवन गिरीले पनि आफ्नो प्रस्तुती दिने कार्यक्रम छ। 

आगामी फेब्रअरी ८ अर्थात माघ २५ गते शुक्रवार सिड्नीको लिभरपूल स्ट्रिटस्थि सार्क होटलको स्पेस नाइट क्लबमा आयोजना हुने ‘नेपाल आइडल–लाइभ इन सिड्नी’ मा नेपाल आइडल–२ का विजेता, उपविजेतासहित उत्कृष्ट छमा पुग्न सफल गायक–गायिकाहरु प्रस्तुत हुदैछन्। सिड्नीको लाइभ कन्सर्टको आयोजना नेपाली टचले गर्न लागेको हो।अष्ट्रेलियामै सक्रिय एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेसले यो वृहत सांगीतिक कार्यक्रमलाई मुख्य प्रायोजन गरेको छ।

नेपाली समुदायको अत्यधिक बसोबास रहेको सिड्नीमा फेब्रुअरी ८ मा भव्य रुपमा कार्यक्रम सम्पन्न गर्ने गरि तयारी गरिएको नेपाली टचका  फाउन्डर डाइरेक्टर दिपेश पुनले जानकारी दिएका छन्। ‘कार्यक्रमका लागि पर्चा पम्प्लेट वितरण गरिनुका साथै सामाजिक सञ्जालमा कार्यक्रमको प्रचारप्रसारलाई तीब्र बनाईएको छौं’, पुनको भनाइ छ। 

स्थानिय समय अनुसार साझ ८ बजेदेखि प्रारम्भ हुने नेपाल आइडलको लाइभ कन्सर्टमा नेपालकी लोकप्रिय डान्स जक्की डिजे अर्पणा पनि सहभागि हुने छिन्। कार्यक्रममा सिड्नीमा बसोबास गर्ने स्थानिय कलाकारहरुले पनि आफ्नो प्रस्तुती दिने आयोजक नेपाली टचका सीईओ राज के गोस्वामीले बताएका छन्। कार्यक्रमको सञ्चालन नेपाल आइडलकी प्रस्तोता तथा अभिनेत्री रीमा विश्वकर्माले गर्ने छन्।

नेपाली टचले यसअघि नेपाल आइडलको पहिलो संस्करणका विजेताहरुलाई पनि अष्ट्रेलियाको कन्सर्टमा प्रस्तुत गरिसकेको छ।
YOUR ADS HERE
SUBSCRIBE YOUTUBE CHANNEL

-- PHOTO SHOOT VIDEOS --

YOUR AD HERE

-- MUSIC VIDEOS --

X

FOLLOW US ON FACEBOOK