पायल मा ध्रुव

Posted On 17 June 2019 | By Namaste Hajur
YOUR ADS HERE

अभिनेता ध्रुव अब पायल नामक नयाँ चलचित्रमा देखिन लागेका छन्। फाल्गुनन्द लिङ्देल फिल्म प्रालि ले निर्माण गर्न लागेको चलचित्र ‘पायल’ मा उनी देखिन लागेका हुन्। ‘पायल’ लाई दीनेश लिङ्देलले निर्देशन गर्ने छन्।

ध्रुव चलचित्र कार्यमा करिव डेड दशकदेखी त्रियाशील छन्। ध्रुवले प्लान, को हूं म, सन्त्रास, क्रइम, क्रइम–२, जीवन मृत्यु लगायतका चलचित्रमा अभिनेता भएर काम गरी सकेका छन् भने हिरो रीटन्र्स नामक चलचित्र उनकै व्यानरमा बनेको हो। यसो त ध्रुवले करिब ३ दर्जन जति म्यूजिक भिडियोमा पनि अभिनय गरीसकेका छन्।

ध्रुव न्यौपाने सगँ अपोजिट रोलमा रीया श्रेष्ठ देखिदै छीन्। यसका अलवा ‘पायल’ मा राजकुमार लिङ्देल, नरेन्द्र सेन्दाङ, राजु घिमिरे, उदय सुव्बा, हस्त लिवाङ, दीलीप ठकुरी, आरपी दाहाल आदी कलाकार रहने छन्। चलचित्रको मुहर्त गरीसकिएको छ, भने सोमवार बाट छायाङ्कनमा जानेछ।
YOUR ADS HERE
SUBSCRIBE YOUTUBE CHANNEL

-- PHOTO SHOOT VIDEOS --

YOUR AD HERE
X

FOLLOW US ON FACEBOOK