नरहरि प्रेमी र सुमिनाको नौ डाँडा काटेपछि

Posted On 05 September 2020 | By Namaste Hajur
YOUR ADS HERE

लोकप्रिय गायक तथा संगीतकार नरहरि निरन्तर रुपमा अथक साधना गरिरहने संगीत साधकका रुपमा चिनिन्छन्। विषम परिस्थितिका बावजुद संगीत सिर्जनामा तल्लिन प्रेमीका एकपछि अर्को गर्दै नयाँ नयाँ साङ्गीतिक प्रस्तुतिहरु बजारमा आईरहेका छन्। हालैमात्र वरिष्ठ गीतकार एवं साहित्यकार गोविन्द गिरी प्रेरणाको शव्दमा नरहरि प्रेमी र सुमिना लोको स्वरमा 'नौ डाँडा काटेपछि' बोलको गीतको भिडियो रिलिज भएको छ। देवेन्द्र नेवाले संगीत संयोजन गरेको गीतको मिक्सिङ र मास्टरिङ श्यामस्वेत रसाईलीले गरेका हुन्।

भिडियोमा रोजगारीकालागी विदेश जाने सन्धर्वका गीतहरुमा महिलाले पुरुषलाई विदेश नजान वा विदेशमा गएपछि मलाई बिर्सने पो हो कि भन्ने जस्ता भावनाहरु अभिव्यक्त गरिएको हुन्छ भने यस गीतमा चाँहि ठिक उल्टो अर्थात महिला वैदेशिक रोजगारीका लागि परदेश जान लाग्दा पुरुष प्रेमीले आफ्नी प्रेमिकालाई आफ्ना भावनाहरु अभिव्यक्त गरेको प्रसङ्गलाई चरितार्थ गर्न खोजिएको छ। निर्देशक जि.बि आग्रीको निर्देशनमा तयार भएको भिडियोमा शुसिल जंग कुँवर र सुस्मिता कुँवरले अभिनय गरेका छन्।

YOUR ADS HERE
SUBSCRIBE YOUTUBE CHANNEL

-- PHOTO SHOOT VIDEOS --

YOUR AD HERE

-- MUSIC VIDEOS --

X

FOLLOW US ON FACEBOOK