YOUR ADS HERE
नम्रता श्रेष्ठ र अनुप बिक्रम शाही अभिनित फिल्म ‘जाइरा’को पहिलो गीत रिलिज भएको छ। राजधानीमा आयोजित एक कार्यक्रममा पत्रकार तथा अन्य पाहुनाहरुमाझ फिल्म निर्माण पक्षले 'आँखै ले बोल्छ’ बोलको गीतको भिडियो सार्वजनिक गरेको हो। फिल्मका मुख्य कलाकार नम्रता श्रेष्ठ र अनुप बिक्रम शाहीलाई फिचर्ड गरिएको गीतको भिडियोमा रोमान्टिक द्रिश्यलाई प्राथमिकता दीइएको छ। रबी मल्लको शब्द, कल्याण सिंहको सगीत रहेको गीतमा सन्तोष लामाको स्वर सुन्न सकिन्छ।

नम्रता र अनुपको रोमान्टिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् 

यो गीतको भिडियोमा रोमान्टिक मुडमा नम्रतालाई देखाईए पनि फिल्ममा नम्रताले मिक्स मार्शल आर्ट खेलाडी (एम.एम.ए) को भूमिका निर्वाह गरेकी छिन।  उनलाई यसअघिका फिल्ममा भन्दा ‘जाइरा’मा भिन्न अवतारमा प्रस्तुत गरिएको निर्माण पक्षको दाबी छ। छोटो कपाल र सुगठित शरीरमा देखिएकी नम्रताले बदलाको कथामा आफुलाई ढालेकी छन्।

कटामरी फिल्मसको सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्सन र ट्रेन्डसेटर्स प्रालिको व्यानरमा निर्मित फिल्मका निर्देशक आशुतोष राज श्रेष्ठले फिल्ममा मिक्स मार्शल आर्ट केन्द्रित भएपनि प्रमुख प्लट बदला रहेको बताए। भदौ ६ गतेदेखि अलनेपाल रिलिज हुने फिल्ममा नम्रता र अनुप संगै प्रमोद अग्रहरी, रेमनदास श्रेष्ठ, र नवकलाकार सृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरको पनि अभिनय छ।
YOUR ADS HERE
SUBSCRIBE YOUTUBE CHANNEL

-- PHOTO SHOOT VIDEOS --

YOUR AD HERE

-- MUSIC VIDEOS --

X

FOLLOW US ON FACEBOOK