आर्यन र एलिशाको ग्ल्यामर जवानी

Posted On 10 October 2019 | By Namaste Hajur
|| PLACE YOUR ADVERTISEMENT HERE ||
आर्यन र एलिशाको ग्ल्यामर जवानी

पहिलो गीत ‘सिल्की सिल्की बाल’ को सफलतापछि ‘च च हुई’ को दोस्रो गीत ‘जवानी’ रिलिज गरिएको छ। सार्वजनिक गीतको भिडियोमा आर्यन सिग्देल र एलिशा शर्मालाई ग्ल्यामर अवतारमा फिचर गरिएको छ। छन्। सेट लगाएर छायांकन गरिएको गीतको कोरियोग्राफी  शिशिर खातीले गरेका हुन्। 

निर्देशक साम्तेन भुटिया र विनय सापकोटाको शब्द रहेको गीतमा रोशन थापाले संगीत भरेका हुन्। गीतमा रोशन थापा र सुमन गुरुङको स्वर सुन्न सकिन्छ।  मंसिर ६ गते बाट प्रदर्शन हुने फिल्ममा आर्यनसँगै भोलाराज सापकोटा, मिरुना मगर, माओत्से गुरुङ, पुष्कर गुरुङ, बबिता मल्ललगायतको अभिनय छ।  रोमान्टिक / कमेडी जनरमा तयार भएको फिल्मको निर्देशन र सम्पादन साम्तेन भुटियाले गरेका हुन्।

एजिएल इन्टरटेनमेन्टको ब्यानरमा बनेको फिल्ममा अमृत घोले लामाले लगानी गरेका छन्। व्यवसायी घोले यसैफिल्म मार्फत निर्माणमा आउँदैछन्। सुशन प्रजापतिको छायांकन गरेको फिल्मका गीतमा राजनराज शिवाकोटी, सुरज शाही ठकुरी र रोशन थापाको संगीत छ। यसमा नीमा लामाको मेकअप, रेनिश फागोको कलर करेक्सन,श्री श्रेष्ठको द्वन्द्व, शिशिर खातीको कोरियोग्राफी, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड स्कोर रहेको छ।
|| PLACE YOUR ADVERTISEMENT HERE ||