बिकिनी अवतारमा नायिका स्वस्तिमा खड्का

Posted On 11 October 2019 | By Namaste Hajur
YOUR ADS HERE
नायिका तथा मोडल स्वस्तिमा खड्का पछिल्लो समय ग्ल्यामर लुक्समा देखिन थालेकी छिन्। केही समयअघिसम्म पनि उनलाई सिम्पल नायिकाका रुपमा लिने गरिन्थ्यो। ‘बुलबुल’ नामक फिल्ममा उनले गरेको अभिनयको निकै तारिफ हुन भयो। यो फिल्ममा पनि स्वस्तिमा एक सामान्य र सोझी युवतीको भूमिका निभाएकी थिइन्। आजभोलि उनले सामाजिक सञ्जालमा बिकिनी अवतारका तस्वीरहरु निरन्तर शेयर गर्न थालेकी छिन्। बिकिनी भेषमा देखिने नायिकाहरुमा स्वस्तिमा पनि थपिएकी छिन्।


त्यसो त केही पहिलेसम्म यसरी बिकिनी लगाएका तस्वीर राख्दा फ्यानले गाली गर्ने गर्थे। अहिले भने यसलाई सामान्य रुपमा लिन थालिएको छ। सामाजिक सञ्जालमा जसरी रमाए पनि दर्शकको साथ पाउन भने अभिनय नै राम्रो हुनु पर्छ। अब ‘घामड शेरे’ र ‘चपली हाइट ३’ मार्फत दर्शकमाझ आउन लागेकी स्वस्तिमाले अभिनयमार्फत दर्शकलाई आफ्नो बनाउन सक्छिन् कि सक्दिनन्, भविष्यले नै बताउला।



YOUR ADS HERE
SUBSCRIBE YOUTUBE CHANNEL

-- PHOTO SHOOT VIDEOS --

YOUR AD HERE
X

FOLLOW US ON FACEBOOK