YOUR ADS HERE

भाईरल गायक भीम निरौला ‘ब्रिटेनस् गट ट्यालेन्ट’ शोमा सहभागी भएका छन्। प्रतियाेगीकाे रूपमा सहभागी भएका गायक निरौलाले  ब्रिटेनस् गट ट्यालेन्टको पहलो चरणको अडिशन पार गरेकाछन्। करिव ६ वर्ष पहिले ‘सन्डे मर्निङ लभ यु' वोलको गीतका कारण भीम निरौलाले निकै चर्चा कमाएका थिए।

ब्रिटेनस्  ब्रिटिस गट ट्यालेन्टको अडिशनकाे क्रममा उनले 'सन्डे मर्निङ लभ यु’ गाए। उनको प्रस्तुती प्रति एक जजले मन पराएका छैनन्। तर अन्य तीन जजहरुले भने उनको प्रस्तुतीको मज्जा लिए। निर्णायक तथा दर्शकले ठूलो हुटिङ गर्दै गायनमा उनलाई साथ दिएका छन्। 

५४ बर्षीय गायक निराैला हाल बेलायतमै बस्दै आएका छन्। याे प्रस्तुतीसँगै निराैलाकाे चर्चासमेत बढेकाे छ। 

YOUR ADS HERE
SUBSCRIBE YOUTUBE CHANNEL

-- PHOTO SHOOT VIDEOS --

YOUR AD HERE
X

FOLLOW US ON FACEBOOK