YOUR ADS HERE

गत बर्ष इजिप्टमा आयोजित अन्तराष्ट्रिय ब्युटी एण्ड प्याजेन्ट 'मिनी मोडल वल्ड २०१९' को क्राउन सँगै बेष्ट डान्सर अवार्ड जितेकी नेपालकी प्रिन्शा खड्काले यस पटक पनि अर्को एक अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा दुई अवार्ड हासिल गरेकी छिन्।

साउथ युरोपको बुल्गेरियामा अनलाइन मार्फत आयोजित 'प्रिन्स एण्ड प्रिन्सेस अफ द वल्ड २०२०' मा नेपालको प्रतिनिधित्व गर्दै ७ वर्षिया प्रिन्शा खड्काले फस्ट प्लेस 'गोल्ड प्रिन्सेस अफ द वल्ड २०२०' को उपाधी सँगै स्पेसियल अवार्ड अफ द फेस्टिवल अन्तर्गत 'प्रिन्सेस ओर्जिनालिटी' अवार्ड समेत जितेको आयाेजक संस्था 'वर्ल्ड फेस्टिवल फर ब्युटी ट्यालेन्ट एण्ड फेशन'ले बताएको छ।

विभिन्न देशहरुबाट करिव ५० भन्दा बढी बालबालिकाले अनलाइन मार्फत प्रतिष्पर्धा गरेको उक्त प्रतियोगितामा आफ्नो उत्कृष्ट प्रस्तुती दिँदै प्रिन्शाले 'गोल्ड प्रिन्सेस अफ द वल्ड २०२०' को ताज जितेकी हुन। त्यस्तै नेपालकै अर्की सहभागी सुप्रिया नगरकोटीले पनि 'सिल्भर प्रिन्सेस अफ द वल्ड २०२०' जितेकी छिन। विश्वव्यापी COVID-19 का कारण आवार्ड वितरण भने १७-२४ जुन २०२१ मा बुलगेरियामा गरिने आयाेजक संस्थाले बताएको छ।

रुकुमकी प्रिन्शा खड्काले यसअघि नेपालमा आयोजित 'मिनी लिटल च्याम्प नेपाल २०१९' टाइटल जितेकी थिइन्। हाल काठमाडौमा कक्षा दुईमा अध्ययनरत प्रिन्शा नृत्य तथा गायनमा पनि उत्तिकै अब्बल छिन। विलक्षण प्रतिभाकी धनी प्रिन्शाले नारायण रायमाझीकाे बहुचर्चित गित 'कारगिल भाग २' म्युजिक भिडियोमा बाल कलाकारकाे रुपमा अभिनय गरेकि छिन।

विश्वभर बाट ८ जना जुरी मेम्बर रहेको उक्त प्रतियोगितामा नेपालवाट मोर्निंग ग्लोरी इन्टरटेनमेन्टकी संचालिका मोहना मोथे खनाल जुरी टिममा थिइन।

YOUR ADS HERE
SUBSCRIBE YOUTUBE CHANNEL

-- PHOTO SHOOT VIDEOS --

YOUR AD HERE
X

FOLLOW US ON FACEBOOK