नयाँ चलचित्रमा अभिनेत्री श्वेता खड्का

Posted On 04 September 2020 | By Namaste Hajur
YOUR ADS HERE

चलचित्र ‘कहाँ भेटिएला‘ बाट नेपाली चलचित्रमा प्रवेश गरेकी अभिनेत्री श्वेता खड्काले नयाँ चलचित्रमा काम गर्ने भएकी छिन। उनी अभिनित चलचित्र ‘कान्छी’ दुइ वर्ष अघि प्रदर्शनमा आएको थियो। अहिले आफ्नो व्यापार व्यवसायमा व्यस्त रहेकी उनी यम थापाको लेखन तथा निर्देशनमा बन्न लागेको नयाँ चलचित्रमा अनुबन्ध भएकी हुन्।

‘हुर्रे’, ‘मेरी मामु’ र ‘राज्जा रानी’ निर्देशन गरिसकेका यम थापाको निर्देशनमा बन्ने नयाँ चलचित्रमा श्वेता आमाको भूमिकामा देखिने छिन्। चलचित्रले आमा र छोरीको भावनात्मक सम्बन्धको कथा बोल्ने बताईएको छ। कोरोना महामारी अवस्था अलिक सहज हुने बित्तिकै चलचित्रको छायाँकन सुरु हुने निर्देशक यम थापाको भनाई रहेको छ।

चलचित्रमा छोरीको भूमिका बाल कलाकार सेड्रिना शर्मालाई अफर गर्ने सोचमा छन् निर्देशक थापा। सेड्रिना अहिले जन्मथलो झापामा रहेको कारण कुरा अगाडि बढ्न पाएको छैन। डेब्यू चलचित्र ‘कहाँ भेटिएला’ देखि नै लभर गर्लको भूमिकामा देखिँदै आएकी श्वेतालाई यो चलचित्रमा पहिलो पटक दर्शकले भिन्न भूमिकामा देख्न पाउनेछन्। आमाको भूमिका भए पनि चलचित्रमा केन्द्रिय भूमिका श्वेताको रहने निर्देशक थापा बताउछन्।

हाल स्क्रिप्टको कार्य सकायर लोकेसन फाइनल गर्ने कार्यमा लागेका थापाले चलचित्रमा समाबेश अन्य कलाकार तथा प्राबिधिकहरुको जानकारी केहि समय पछि गराउने बताए। कोरोना महामारीका कारण ठप्प रहेको चलचित्र उद्योगलाइ चलायमान बनाउनु र चलचित्रकर्मी तथा प्राबिधिकहरुलाई आशाबादी बनाउन जरुरि रहेका कारण आफु यो अवस्थामा पनि चलचित्र निर्माणमा जुटेको थापाले बताए।

नायिका श्वेता खड्काको आकर्षक फोटो ग्यालरी हेर्न यहाँ क्लिक गर्नुहोस्

YOUR ADS HERE
SUBSCRIBE YOUTUBE CHANNEL

-- PHOTO SHOOT VIDEOS --

YOUR AD HERE
X

FOLLOW US ON FACEBOOK