लोकप्रिय गायक प्रताप दासको स्वरमा एउटा मीठो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। सरोज पोखरेलद्वारा संगीतबद्ध ‘अञ्जानैमा...’ गीतको म्युजिक भिडियो ओएसआर डिजिटल च्यानलबाट सार्वजनिक गरिएको हो। सत्यराज चौलागाईंले उक्त गीत रचना गरेका हुन् भने रिकेश गुरुङ उक्त गीतका संगीत संयोजक हुन्।
रोमान्टिक शैलीको गीतको यो म्युजिक भिडियो निकै आकर्षक बनेको छ । भिडियोमा मोडल दीपक घिमिरे फिचर्ड छन्। उनलाई मोडल मिनाक्षी महताराले साथ दिएकी छिन्। भिडियोमा यो जोडी आकर्षक देखिएको छ। नितिन चन्द निर्देशित यो भिडियो रुपेश थापाले छायांकन गरेका हुन्। सोफी सुनुवारको श्रृंगार र निशा श्रेष्ठले ड्रेस डिजाइन गरेकी छिन्।
YOUR ADS HERE
