YOUR ADS HERE
निर्मल शर्मा र कमलकान्त मैनाली निर्दे्शित नयाँ हाँस्य टेली श्रृंखला 'चुरीफुरी डट कम' को बोधी एच डि च्यानलबाट प्रशारण सुरु भएको छ। समसामयिक बिषयलाई समेटेर तयार पारिने 'चुरीफुरी डट कम' मा निर्मल र कमल संगै रजनी केशी, केशब भट्टराई, सुभाष गजुरेल, घनश्याम गौतम, मुकुन्द मैनाली, रबी शर्मा “घाटो”, गजित बिष्ट, खुस्बु खड्का, सुरेश तिमिल्सिना, सुनिता श्रेष्ठ, योगेन्द्र श्रेष्ठ लगायतका कलाकारहरुले अभिनय गरेका छन्।

कमलकान्त मैनालीको कथा रहेको श्रृंखलामा शिर्ष गीतको शब्द शान्ती प्रियले कोरेका छन् भने शम्भुजित बास्कोटाले संगित भरेका छन्। राजु केसीले खिच्ने चुरीफुरी लाई चन्दन दत्तले सम्पादन गर्नेछन्। खुशी खुशी फिल्मको प्रस्तुती रहेको 'चुरीफुरी डट कम' लाई ईमाइली लामा र रमेश एम के पौडेलले निर्माण गरेका हुन्।

हाँस्य टेली श्रृंखला 'चुरीफुरी डट कम' को पहिलो भाग हेर्नुहोस्।
Video: You Tube: Bodhi HD
YOUR ADS HERE
SUBSCRIBE YOUTUBE CHANNEL

-- PHOTO SHOOT VIDEOS --

YOUR AD HERE
X

FOLLOW US ON FACEBOOK