YOUR ADS HERE
खालिङ सिस्टर्स मुभिज प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र ‘द डार्क एण्ड लाइट’ को सम्पूर्ण छायांकन सम्पन्न भएको छ। मंगलबार पोखरामा चलचित्रको ‘राधा कृष्ण…' गीतको छायांकनसंगै चलचित्रको सम्पूर्ण छायांकन सम्पन्न भएको घोषणा गरिएको हो। चलचित्रको प्रमोशनल गीतमा अभिनेत्री मरिष्का पोखरेलले आकर्षक नृत्य गरेकी छिन्। राजेन्द्र थापाको शब्द तथा दीपक शर्माको संगीत निर्देशनको उक्त गीतमा डेविड शंकर तथा सरस्वती भुजेलको पाश्र्व गायन छ।

चलचित्रको छायांकन सम्पन्न भए लगत्तै यसको प्रदर्शन मिति समेत सार्वजनिक गरिएको छ  चलचित्रकी निर्मात्री तथा कलाकार सरस्वती भुजेलका अनुसार यो चलचित्र यही भदौ ६ गते शुक्रवारदेखि देशव्यापी प्रदर्शन हुनेछ। चलचित्रलाई राजु अर्याल, पिटर खालिङ तथा सरस्वती भुजेलले निर्देशन गरेका हुन्।

समसामयिक विषयमा आधारित चलचित्रले हरेक व्यक्तिमा हुने नकारात्मक तथा सकारात्मक पक्षलाई उजागर गर्ने बताइएको छ। चलचित्रका प्रस्तुतकर्ता तथा अभिनेता पिटर खालिङका अनुसार चलचित्र कमेडी, रोमान्स तथा द्वन्द्वप्रधान छ। चलचित्रमा पिटर खालिङ र सरस्वती भुजेलसहित सेसुका राई, प्रिन्सा राई आदी कलाकारहरुले मुख्य भूमिका निर्वाह गरेका छन्।

चलचित्रमा कुमार महर्जनको द्वन्द्व निर्देशन छ भने चलचित्रलाई शिव ढकाल तथा सविन भट्टराईले छायांकन गरेका छन्। कमल राई यो चलचित्रको कोरियोग्राफर हुन्। सरस्वती भुजेल तथा पिटर खालिङ नै निर्माण रहेको यो चलचित्रको कथा, पटकथा तथा संवाद अभिनेता पिटर खालिङले तयार पारेका हुन्।
YOUR ADS HERE
SUBSCRIBE YOUTUBE CHANNEL

-- PHOTO SHOOT VIDEOS --

YOUR AD HERE
X

FOLLOW US ON FACEBOOK