YOUR ADS HERE

विगत डेढ दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गितकार,गायक तथा मोडल समेत रहेका सुरेन्द्र लामिछानेको नयाँ शैलीको गीत ‘पानी छल्काले’को भिडियो सार्वजनिक भएको छ। अहिले चर्चाको शिखरमा रहेककी गायिका समिक्षा अधिकारी र गायक प्रसाद लामिछानेको स्वरमा सजिएको गीत सुरेन्द्र आँफैले लेखेका हुन्। भिडियोमा नायिका नम्रता सापकोटा, सुरेन्द्र लामिछाने, प्रल्हाद सुवेदीको अभिनय रहेको छ।

गीतमा प्रसाद लामिछानेको संगित , अजय रेग्मीको छायांकन , प्रविण भट्टको सम्पादन र कुमार केसीको निर्देशन रहेको छ। आफुले निर्देशन गरेका धेरै म्युजिक भिडियो भन्दा यो म्युजिक भिडियो अलि पृथक रहेको बताउँछन् निर्देशक केसी। कोरोना भाइरसका कारणले आक्रान्त भईरहेका बेला श्रोता,दर्शकहरुमा केही खुशी मिलोस् भनेर गित तयार गरिएको सुरेन्द्र बताउँछन्। उनी भन्छन् ‘कोरोनाका कारण आफ्नो मान्छेबाट टाढा रहेकाहरुले मन भुलाउन सकुन भन्ने आशय हो।

YOUR ADS HERE
SUBSCRIBE YOUTUBE CHANNEL

-- PHOTO SHOOT VIDEOS --

YOUR AD HERE
X

FOLLOW US ON FACEBOOK