YOUR ADS HERE

लोकप्रिय गायिका मेलिना राई आफ्नो बिल्कुलै नयाँ गीतमार्फत दर्शक तथा स्रोतामाझ आएकी छिन्। यसपटक गायिका राईले स्थापित संगीतकार सुनिल मास्केको संगीत निर्देशन तथा सिद्धहस्त गीतकार अर्जुन रत्न भिखारीका शब्दहरुमा आफ्नो सुरिलो स्वर भरेकी हुन्। गीतमा रिकेश गुरुङले संगीत संयोजन गरेका छन्। यो गीत पञ्चामृत एल्बममा समावेश गरिएको छ।

ए–वान म्युजिसियनमा रेकर्डिङ गरिएको यो गीतलाई किशोर थापाले मिक्सिङ तथा मास्टरिङ गरेका हुन्। गीतका रेकर्डिष्ट भने राजेश श्रेष्ठ हुन्। गीतमा सञ्जीब बराइलीको गिटार, गोपाल घतानीको बा“सुरी, आई प्रोडक्सनका दिपेन गौतमको पर्कुसन सुन्न सकिन्छ। गीतको भिडियो आकर्षक बनेको छ।

युवराज वाइवाद्वारा निर्देशित भिडियोमा नगमा श्रेष्ठ मुख्य भूमिकामा छिन्। भिडियोमा मनिता गहतराजको कोरियोग्राफी छ। उत्सव दाहालद्वारा छायांकन गरिएको उक्त गीतको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन्।

YOUR ADS HERE
SUBSCRIBE YOUTUBE CHANNEL

-- PHOTO SHOOT VIDEOS --

YOUR AD HERE
X

FOLLOW US ON FACEBOOK