कुमारको एक्सन-कटमा 'सम्बन्ध'

Posted On 01 August 2020 | By Namaste Hajur
YOUR ADS HERE

लकडाउन पूर्ण रुपमा समाप्त भएसँगै मनोरन्जनका सामाग्री निर्माणको क्रम बढ्न थालेको छ। केही समययता म्यूजिक भिडियो निर्माणको क्रम बढिरहँदा केहीले भने फिल्म तथा टेलिफिल्म निर्माणको काम पनि शुरु गरेका छन्। यही क्रममा सञ्चारकर्मी कुमार आचार्यको निर्देशनमा टेलिफिल्म ‘सम्बन्ध’को छायांकन शुरु भएको छ।

पारिवारिक टेलिफिल्ममा शिशिर राणा, सपना श्रेष्ठ, हर्षिका श्रेष्ठ, पुष्कर राउत, अस्मिता जुरेली, श्रेया दुलाल, प्रदिप गिरी, सुरेश क्षेत्री, उग्रसेन ढुंगानाको अभिनय रहनेछ । काठमाडौंका विभिन्न स्थानमा छायांकन हुने टेलिफिल्ममा रामेश्वर हुमागाईंको छायांकन, विकास चौधरीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, उषा मलह (सिम्रन) को गायन छ।

 रवी केसी निर्माता रहेको टेलिफिल्मको प्रस्तुतकर्ता करुणा आचार्य हुन्। टेलिफल्मका सहायक निर्देशक राम जे राउत हुन्।
YOUR ADS HERE
SUBSCRIBE YOUTUBE CHANNEL

-- PHOTO SHOOT VIDEOS --

YOUR AD HERE
X

FOLLOW US ON FACEBOOK