Browsing "Older Posts"

Browsing Category "Featured"

प्रहरीले दुई किशोरीलाई बलात्कार गरेको खुलासा

Posted On 12 April 2015 | By Namaste Hajur
काभ्रे, चैत्र २९ - पनौतीको सडकमा हिडिरहेका दुई किशोरीमाथि प्रहरीले बलात्कार गरेको खुलासा भएको छ । सिविन बालिका शान्तीगृहबाट भागेका १५ र १७ बर्षीया किशोरीलाई पनौती बसपार्कको प्रहरी बिट छेउमा प्रहरी हवल्दार शम्भु राउत अहिर र प्रहरी जवान श्रीराम साहले बलत्कार गरेका हुन् ।

काभ्रे प्रहरीले हवल्दार राउत र जवान साहलाई शुक्रबार पक्राउ गरी हिरासतमा राखेको छ । काभ्रे प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) पूजा सिंहले आइतबार जबरजस्ती करणी मुद्दामा म्याद थप पश्चात अनुसन्धान गरिने बताइन् ।

गत चैत २५ गते राती प्रहरी साढे १० बजे राति सिविनको शान्ति गृहबाट तीन किशोरी भागेका थिए ।  उनीहरु भाग्दै पनौती बसपार्क पुगे । सडकमा लठ्ठी बोकेर बसेका प्रहरीले तीन किशोरीलाई रोकेर सोधपुछ गर्न थाले । उनीहरुले किशोरीलाई पक्राउ गरेर प्रहरी चौकी लैजाने भन्दै धम्क्याएको स्रोतले बतायो । स्रोतका अनुसार यौनसम्पर्क राख्न दिने भए नपक्रिने भन्दै प्रहरीले ति किशोरीलाई धम्क्याएका थिए । 'बालिकाले जे सुकै गर्नु तर प्रहरी चौकी नलैजानु भनेका थिए' एक प्रहरी अधिकारीले भने 'तीनमध्ये एक जनालाई छाडेर बाँकी दुई जनालाई बलात्कार गरेछन् ।' भागेकी अर्की किशोरी सडक किनारमा उभ्याइएकी थिईन् । यस्ता सुधार गृहमा आमा बाबु नभएका, असहाया र हिंसामा परेको स्थलबाट उद्धार गरिएका किशोरी र बालिका राखिन्छ ।

काभ्रे प्रहरीका अनुसार उनीहरुले दुई किशोरीलाई बसपार्क छेउको खाली र सुनसान चौरमा लगेर बलात्कार गरेपछि छाडिदिएका थिए । आधारातमा त्यहाँबाट निस्किएका किशोरीहरु काठमाडौं आईपुगे । यता आफ्नो शान्तीगृहबाट हराएका किशोरीहरु सीवीनले खोजी गरिरहेको थियो ।

शुक्रबार बिहान ति किशोरी ठमेलमा फेला परेका थिए । ठमेलबाट उनीहरुलाई सीवीनले लिएर गएको थियो । उनीहरुसंगको सोधपुछका क्रममा भागेकै दिन प्रहरीले बलात्कार गरेको रहस्य खुलेको थियो । सीवीनले महिला बालबालिका सेवा केन्द्र कालिमाटीमा ति किशोरीलाई लिएर गई अनुसन्धानको माग गरेको थियो ।

काभ्रे प्रहरीमा खबर गरेपछि त्यहाँका प्रहरी नायब उपरिक्षक राजकुमार केसीको संयोजनमा छानबीन समिती गठन गरियो । प्रारम्भिक छानबीनबाट प्रहरी दोषी देखिएपछि निलम्बन गरेर कारबाही सुरु गरिएको एसपी सिंहले बताइन् । स्रोतका अुनसार किशोरीहरुले प्रहरी नै हुन् या होईनन् यकिन नगरी हातमा लठ्ठी बोकेका ब्यक्तिले बलात्कार गरेको बताएका थिए ।

क्षेत्रिय प्रहरी कार्यालय हेटौंडाका प्रमुख नायब महानिरीक्षक -डीआईजी) देबेन्द्र सुवेदीले दुई जना प्रहरीले अत्यन्तै निन्दनिय अपराध गरेको बताए । 'अत्यन्तै लज्जास्पद घृणित अपराध हो, रक्षक नै भक्षक भएकोमा पिडा बोध भएको छ' उनले भने 'दोषीलाई कडा कारबाही गरी यस्ता घटना दोहोरीन नदिन कोसिस गर्नेछौं ।'

उनले आरोपीद्धयलाई जबरजस्ती करणीका साथै प्रहरी सेवा ऐन अनुसार समेत कारबाही गरिने बताए । पर्सा घर भएका हवल्दार २०५४ सालमा प्रहरीमा भर्ना भएका थिए । रौतहट घर भएका साह २०६४ मा प्रहरीमा भर्ना भएका थिए । मुलुकी ऐन जबरजस्ती करणीको महल अनुसार १४ बर्षदेखि माथी १६ बर्षभन्दा कम उमेरका किशोरीलाई बलत्कार गरेमा ६ बर्ष देखी १० बर्षसम्मको कैद सजाय तोकिएको छ । १६ बर्षभन्दा माथि २० भन्दा कम उमेरकी युवतीलाई बलत्कार गरे ५ बर्षदेखी ८ बर्षसम्म कैद सजाय तोकिएको छ ।  

सनी लियोनको हट अवतारले बलिउडमा तहल्का

Posted On | By Namaste Hajur
बलिउड सिने उद्योगकी बहुचर्चित अभिनेत्री सनी लियोनको प्रमुख भूमिका रहेको चलचित्र ‘एक पहेली लीला’ले रिलिज भएको दुई दिनमै सनसनी मच्चाएको छ।

यही अप्रिल १० बाट रिलिज भएको यस फिल्ममा सनीको ट्रिपल रोलले थप उचाइ पाएको छ।फिल्ममा मोडलिङ कम्पनीमा सनीको अवस्था, ज्योतिषीले देखाएको पुर्नजन्मसँग जोडिएको साथसाथै अतृप्त प्रेमकथाले पनि फिल्मलाई रोमाञ्चक बनाएको छ। त्यो भन्दा पनि एक हजार लिटर दुधले नुहाएको सिनले सनसनी मचाएको छ।निर्देशक बबी खानले निर्देशन गरेको यस चलचित्रमा सनीको क्लासिकल नृत्यले दर्शकलाई मनोरञ्जन प्रदान गरेको छ। फिल्ममा उनका तीनवटै रोलले दर्शकको मन खिचेको छ।

गाउँकी छोरी, आधुनिक महिला र राजकुमारी बनेर गरेको अभिनय हेर्न लायक छ। कतिपय उनका डाइलगहरु दर्शकहरुको मुखमा नै झुण्डिएको छ। सेक्स सिनसमेत रहेको यसचलचित्रले राम्रो व्यापार गर्न सक्ने समिक्षकहरुले बताएका छन्।

‘रागिनी एमएस–२’, ‘ज्याकपट जिस्म २’ लगायतका फिल्ममा बोल्ड भूमिका दिइसकेकी सनीले यसमा पनि पृथक अभिनय गरेकी छिन्। ‘एक पहेली लीला’मा सनीका साथमा अभिनेता जय भानुशाली र दुग्गलले साथ दिएका छन्। एजेन्सी

कतारमा नेपाली जोडीले गरे ‘आत्महत्या’

Posted On | By Namaste Hajur
दोहा । आफ्नो पतिलाई स्वदेशमै छाडेर वैदेशिक रोजगारीका लागि कतार पुगेकी मकवानपुरकी रिना थापामगर परपुरुषसँग प्रेममा परिन्। कतारमै काम गर्ने कास्कीका श्याम थापासँग प्रेममा परेकी रिनाले आफूले गल्ती गरेको टेलिफोन गरेर आफ्नो पतिलाई सुनाइन्। आफूले गल्ती गरेको भन्दै उनी रोइन्। पतिले आफ्नी पत्नीको आँशु सहन सकेनन् र भने तिमीले चिन्ता नलिनु, उसैसँग विबाह गरे पनि मेरो केही आपत्ति वा गुनासो हुने छैन। 
रीना र उनका प्रेमी दुबैले रीनाका पति सञ्जय थापालाई रुदै फोन गरेर आफूहरुले गल्ती गरेको भन्दै आत्महत्या गर्न लागेको बताए । सञ्जयले त्यसो नगर, बिहे गरेर खुशी साथ बस भन्दा पनि उनीहरुले मानेनन्। अन्ततः रीना र उनका प्रेमी श्याम कतारको एक होटलमा मृतअवस्थामा भेटिएका छन्। विवाहिता रिना कतारमा सफाइ मजदुरका रुपमा काम गर्थिन्। कास्कीका श्याम सेक्युरिटी गार्ड गर्थे।

दुबैजना कतारको एक होटलमा मृत्त अवस्थामा भेटिएका छन्। उनीहरुको शव कतारकै हमाद अस्पतालमा राखिएको छ। घटना आत्महत्या नै हो होइन भन्नेबारे अनुसन्धान भइरहेको बताइएको छ। वैदेशिक रोजगारीका लागि कतार गएकी रिना कतारमै सेक्यूरिटी गार्डका कार्यरत श्यामसँग नजिकिएकी थिइन्। उनीहरुको सम्बन्धका बारेमा थाहा पाएका सञ्जयले रिनालाई सम्झाउने कोशिश गरे पनि सकेनन्।

आत्महत्या गर्नुअघि रिनाले सञ्जयलाई एसएसएस गरेर माफी मागेकी थिइन् । रिनाका प्रेमी श्यामले पनि सञ्जयसमक्ष फोनमा माफी मागेका थिए।

निर्दैयी बाबुआमाले बाँसघारीमा फालेका दुर्इ छोरीलार्इ प्रहरीले बचायो

Posted On 13 December 2014 | By Namaste Hajur
जनकपुरधाम : कठ्यांग्रिदो जाडोमा सालनालसहित फालिएका दुई नवजात छोरीको स्थानीयको सहयोगमा प्रहरीले उद्दार गरेको छ। धनुषा र महोत्तरीमा प्रहरीले उद्धार गरिएका नवजात बालिकाहरुलाई जनकपुरस्थित सद्गुरु कबिर बालबात्सल्य आश्रममा बुझाइएको छ। खोपी गाविस महोत्तरीको बैरिया टोलको पोखरी डिल र धनुषाको महेन्द्रनगर नजिकै बाँसघारीमा फालिएका नवजात बालिकाहरुलाई स्थानीयले भेटेपछि प्रहरीलाई खबर गरेका थिए। 

चिसो लागेर गम्भीर अवस्थामा रहेका बालिकाहरुलाई जनकपुर अञ्चल अस्पतालमा उपचार गराई अनाथआश्रमको जिम्मा लगाइएको सञ्चालक सन्त आलोकले जानकारी गराए। पछिल्लो समयमा छोरी जन्माएर फाल्ने प्रवृत्ति बढ्दै गएको छ। हालसम्म आश्रममा ६ वटा फालिएका छोरीहरुको पालनपोषण गरिराखेको आलोकले बताए। छोराको आशमा छोरी जन्मेका र अनैतिक सम्बन्धबाट जन्मिएका बच्चाहरुलाई मर्नका लागि फाल्ने गरिएको आलोकले बताए।

६ वर्षदेखि संचालित आश्रममा हालसम्म १६ जना बेवारिसे बालबालिकाहरु ल्याइएको छ। जसमा ४ जना घरपरिवारमा फिर्ता भइसकेका छन्। ४ को कुपोषणका कारण मृत्यु भईसकेको आलोकले बताए । हाल आश्रममा दुई छोरा सहित ८ जना बालबालिकाहरुको लालनपालन भईरहेको छ। 

बालबालिकाहरुलाई जन्म दिएर फाल्नेहरुलाई कारबाही गर्न प्रशासनले तदारुकता नदेखाएको कारण यस्तो प्रवृत्ति बढ्दै गएको आश्रमकी सञ्चालिका मिरा दिदीले बताईन्। बच्चा भेटाएकै बेला गाउँमा सोधपुछ गर्दा पत्ता लाग्ने अवस्थामा प्रशासनिक निकायले ध्यानै नदिएर बच्चा आफूहरुलाई जिम्मा लगाई पन्छिने गरेको मिराको भनाइ छ। 

अभिनेत्रीले मोदीलाई चिठी लेख्दै भनिन्, तपाइँलाई लाज लाग्नुपर्छ

Posted On | By Namaste Hajur
बलिउड अभिनेत्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतलाई लेखेको खुल्ला चिठी अहिले निकै चर्चित बनेको छ। भारतमा बढिरहेको महिलामाथिको यौन शोषणका मामिलाको सामना गर्न सहयोग माग्दै अभिनेत्री शेहनाज ट्रेजरीवालाले लेखेको चिठी सोसल साइटमा समेत भाइरल बनिरहेको छ। शेनाजले मोदीसँगै सुपरस्टार अमिताभ बच्चन, शाहरुख खान, आमिर खानसँगै क्रिकेटर सचिन तेन्दुलकर तथा उद्योगपति अनिल अम्बानीको समेत मद्धत मागेकी छिन् ।

आफ्नो चिठीमा उनले आफु १३ वर्षको उमेरमै यौन हिंसाको सिकार बनेको भन्दै आफुलाई बजारमा हिँड्दा पहिलो पटक कोही अपरिचितले जबरजस्ती छोएर हिँडेको खुलासा गरेकी छिन् । अरुले छोएपछि आफुलाई निकै फोहोर महसुस भएको र आफ्नो हजुरबुवाको घरको बाथरुममा पटक पटक नुहाउँदा पनि घीन नहटेको बताएकी छिन्। कलेज जाँदा बस तथा रेलमा समेत हिंसाको सामना गर्नुपरेको उनको अनुभव छ।

उनले आफ्नी १६ सालकी साथीको रेलमा केसरी बलात्कार भयो भन्ने कुरा समेत चिठीमा खुलाएकी छिन् र आफ्नी बहिनी र आमामाथि भएको दुव्र्यवहारको समेत खुलासा गरेकी छिन्।

मोदीलाई सम्बोधन गरी लेखिएको चिठीमा उनले भनेकी छिन्, ‘अमेरिका, जापान र अस्ट्रेलियामा तपाइँले गरेको भाषणको के फाइदा ? जब कोही महिला हाम्रो देशको राजधानीमै दिउसै एक्लै सडकमा हिड्न स्वतन्त्र छैनन, तपाइँलाई लाज लाग्नुपर्छ।’साथै उनले आफ्नो चिठीमा बलात्करीलाई फाँसीको सजाय गर्न समेत माग गरेकी छिन् । बलात्कारीलाई फासी दिन सकिँदैन वा कानून संसोधन गर्न समय लाग्छ भने तत्कालका लागि बलात्कराीलाई आजिवन जेल सजाय दिनुपर्ने उनको तर्क छ ।

आफ्नो चिठी भाइरल बनेपछि शेनाजले फेसबुकमार्फत आफ्नो समर्थन गर्नेलाई धन्यवाद दिएकी छिन् । प्रभावशाली मानिसहरुले महिला सुरक्षाको मुद्दालाई पबिहयले नम्बरमा राखे भने यो विषयमा सबैको ध्यान जाने हुनाले आफुले मोदी लगायतका प्रभावशाली व्यक्तिहरुलाई चिठी लेखेको उनको भनाइ छ ।

ठमेलको यौनबजार, खुलेआम मोलतोल

Posted On | By Namaste Hajur
राजेश भण्डारी । सुदीप विश्वकर्मा । गोकर्ण लामिछाने

अमुर्त चित्रजस्ता अनेक रंग पोतिएको राजधानीको ब्यस्त शहर ठमेलमा मध्यरात कस्तो चित्र बन्दै थियो, हामीले सटिक आँकलन गरिसकेका थिएनौं । कुरा गएको रातको हो। पर्यटकीय नगरी ठमेल पुग्दा रातको करिव बाह्र बजेको हुँदो हो। त्यतिवेला केशरमहलको सम्पति शुद्धिकरण अनुसन्धान विभागको मुलगेट खुल्लै थियो। त्यहि गेटसँगै साँध–सिमाना जोडीएको ठमेल पनि कहाँ बन्द थियो र ? ठमेल ‘ठमेल हुनुको मज्जा’ लुटीरहेको थियो। हामी ठमेलको रात्री जिवनलाई नजिकबाट नियाल्न त्यहाँ पुगेका थियौं। खबर तिनको संकलन गर्नुथियो –जो रातभर ठमेलमा यायावर जस्तो हल्लिरहन्छन् र हजारहजारका नोटसँग आफ्नो मस्त जवानी साटीरहन्छन्।

घडिको सुई जति घुम्दै जान्थ्यो ठमेल त्यति नै रफ्तारमा आफ्नो ब्यस्तता बढेको नक्कल गथ्र्यो। सम्पती सुद्धिकरण अनुसन्धान विभागसँगै जोडीएको थियो ‘गार्डेन अफ ड्रिम’ क्याफे। रात छिप्पिँदै थियो, ठिक त्यहि वेला गार्डेन अफ ड्रिमबाट केही पर्यटक निस्किए। निस्कनासाथ उनीहरु निकै आकर्षक जस्ता लाग्ने दर्जन बढी सुन्दरीहरुबाट घेरिए। ती सुन्दरीहरुले निकै लालसपुर्ण मुद्रामा तिनलाई हेरिरहेका थिए ,केहीले अंग्रेजीमा सेक्स प्रस्ताव तेस्र्याईरहे। तर पर्यटक दोहोरो कुरा नगरी आफ्नो बाटो लागे।

रात जति छिप्पिँदै जान्थ्यो, त्यस्ता युवतीहरुको चाँङ बढ्दै थियो। उनीहरु त्यहाँ हिंड्ने बटुवालाई हाकाहाकी सोध्थे ‘जाने हो ?’ थाहा पाएकाहरु जिस्किन्थे, थाहा नहुनेहरु लजाउँथे। को हुन् उनीहरु ? लामो समयदेखि ठमेल चोकमा ह्याण्डीक्राफ्टको ब्यापार गर्दै आएका रामकृष्ण महर्जन भन्दै थिए ‘यिनीहरु युवती हैनन् तेस्रो लिंगी हुन्।’
धेरैसँग धेरै कुरा भए। तर हामी पत्रकार भन्ने थाहा पाएपछि मून्टो बटारेर हिँडे। मध्यरात ठमेल थुप्रिएका दर्जनौं तेस्रो लिंगी मध्येकै एक हामीसँग कुरा गर्न राजी भईन्। तपाईको नाम के हो ? हाम्रो प्रश्न खस्न नपाउँदै उनले भनिन् ‘रितु ’। दोस्रो प्रश्नपछि बल्ल उनले थर भनिन् ‘केसी’। उनले न घर सिधा बताइन् न बस्ने ठेगाना, हाम्रा प्रश्नहरुको हावादारी उत्तर दिएर उनी अर्कै दिशातिर लम्किइन्। त्यहाँ उपस्थित तेस्रो लिंगीहरुमा कुनै लज्जाको भावना वा गाम्भियर्ता थिएन। उनीहरु हल्काफुल्का जवाफ दिन्थे र पैसा धुत्ने खेलोमा लागीहाल्थे।

संचयकोष भवन अगाडी एक तेस्रो लिंगी आफ्नो कस्मेटीक यौवन पैसामा साट्न लालस थिईन। सिन्धुपाल्चोक तिरका एक युवकले नजिक गएर सोधे ‘कति हो ?’ उत्तर आयो ‘तीन हजार’। सिता नामकी तेस्रो लिंगीले उत्तर दिईन्। मुल्य सुनेपछि ती युवक अर्कोतिर लागे, उनले पछाडीबाट कराएर भनिन् ‘तैंले नलगे के हुन्छ ? मजस्ती जवान केटीलाई ठमेलमा केटाको खाँचो छैन ।’ उनि युवती भनेर आफैंलाई ढाँटीरहेकी थिईन्। ग्राहक बाटो लागेपछि अर्को ग्राहकको खोजिमा रहेकी सितालाई हामीले केहि बेरको कुराकानी पछि सोध्यौं ‘यस्तो बेला चिनेको मान्छे आएभने लाज हुँदैन ?’ ‘ईज्जत ओछ्याएर बाटोमा बसेपछि केको लाज ?’ उनी छोटो उत्तर दिईन र आफ्नो बाटो लागिन्।

यसरी ठमेल चोकमा तेस्रो लिंगीहरुले मध्यरातसम्म बार्गेनिङ गरिरहे। बार्गेनिङको शुरु र अन्तको कुनै सिमा थिएन। यसको अर्थ उनीहरु मान्छे हेरेर आफ्नो मुल्य आफैं तोक्थे। हामीले लुकीछिपी केही तस्बिरहरु खिच्यौं। डाईरेक्ट खिच्दा असुरक्षीत हुने डरले हामीले प्रहरीको सहायता माग्यौं तर प्रहरी देखेपछि उनीहरु कुलेलाम ठोक्ने हुनाले संभवै भएन। उनीहरुले देख्ने गरी फोटो खिच्ने कुरै भएन। हामीले मोटरसाईकलको हेडलाईट बालेर खिच्दै गर्दा एक तेस्रो लिंगी अपशब्द बोल्दै आक्रमणमा उत्रिईन, उनलाई साथ दिन दर्जनौ तेस्रो लिंगी जम्मा भैसकेका थिए। हामी लुसुक्क भाग्यौं।

केटी भन्दै मुर्गा बनाउँदै
मध्यरातसम्म ठमेलको सडकमा दर्जनौं स्मार्ट तेस्रोलिंगीहरु भेटिए। तर उनीहरुले आफुलाई ‘केटी हौं’ भन्दै ग्राहकलाई पट्याउने गरेका छन्। जसले गर्दा धेरै ग्राहकहरु फस्ने गरेको ठमेलमा ड्युटी गरिरहेका एक प्रहरी अधिकारीले बताए। उनीहरुले आफ्ना ग्राहकलाई सोह्रखुट्टे वा लैनचौर तिरका आफ्ना कोठामा लगेर यौन प्यास मेटाउने गरेका छन्। एक प्रहरी सई भन्दै थिए ‘यिनीहरुको छुट्टै कोड भाषा छ,र गजबको एकता छ।’ आजभोली प्रहरीले पहिलेको तुलनामा निकै कडाई गरेकाले तेस्रो लिंगीको संख्यामा निकै कमि आएको बताए उनैले। उनका अुनुसार ठमेलमा कडाई गरेपछि तेस्रो लिंगीहरु रत्नपार्क, चावहिल र गौशला तिर बाँडिने गरेका छन्। उनिहरुले छुट्ट्याएको एरिया बाहेक अन्यत्र जाँन निषेध गरिएको थियो। अझ यसलाई यसरी भनौं रत्नपार्कमा बस्ने हरुलाई ठमेल जाँने अनुमती थिएन, यो नियम स्वयमं उनीहरुले नै बनाएका थिए।

लाजको पसारो
तेस्रो लिंगी मात्र नभएर अन्य पेशेवर यौन ब्यवसायीले पनि रातभर ठमेलका सडकहरुमा रमिता देखाउने गरेका छन्। गएको राती सार्क सचिवालय अगाडी दुई यौन ब्यवसायी ग्राहकहरुसंग मोलमोलाई गर्दै थिए, कुरा नमिलेपछि ग्राहकले मुन्टो बटारे। त्यसमध्ये एउटीले भनिन् ‘कविता दिदी एकछिन छेकीदिनुस न, पिशाव गर्नुपर्‍यो।’ एउटीले छेकेजस्तो गरिन्, अर्किले सडक पेटीमै पिशाव गरिन्। वरपर रमिते थिए, तर उनीहरुले देखे जस्तो गरेनन्। उनीहरु पिशाव फेर्नुलाई पनि अर्कै भाषाको प्रयोग गर्दै थिए,जुन शब्द यहाँ प्रयोग गर्न हामी असमर्थ छौं। ठमेलको सुरक्षाका लागी खटिएका प्रहरी यस्सो आएजस्तो गर्थे तर उनीहरुको क्रियाकलाप नदेखेझैं गरिदीन्थे, जसको परिणाम खुलेआम यौन धन्दा मौलाईरहेको थियो। घरी ट्याक्सिमा चढ्ने, घरी ओर्लीएर बार्गेनिङ गर्ने ,यौनीक शब्दहरु बोल्नु उनिहरुका लागी सामान्य थियो।

प्रहरीहरु प्राय:ठमेल चोकमा बस्थे। त्यसयता संचयकोष भवन अगाडी भने यौनब्यवसायीहरु बार्गेनिङ गरिरहन्थे। प्रहरी लौरा बजाउँदै आउँदा अधिकांश ट्याक्सि भित्र पस्थे भने कोही गल्लितीर भाग्थे। तिनै प्रहरीका सई’साप भन्दै थिए ‘ग्राहक ठग्नमा यि ट्याक्सीवालाले पनि सेटीङ मिलाउँछन्।’ यौन ब्यवसायीले ट्याक्सी ड्राईभरहरु संग मिलेर बिच बाटोमा अरु मान्छे चढाउने र गल्लितीर लगेर लुट्ने गरेको बताउँदै थिए ती प्रहरी। यो रमिता रातको दुई बजेसम्म चल्यो। रातको दुई बजे ठमेलका डिस्को र डान्स क्लवहरु बन्द हुँदै गर्दा ठमेललाई तेस्रो लिंगी र अन्य यौन ब्यवसायीले छाडीसकेका थिए। प्रहरीका भ्यानहरु विस्तारै अगाडी बढे, साईरन वाला रातो बत्ति मात्र बलेको थियो तर ईमर्जेन्सी साईरन बजेको थिएन। हामी एकपटक फेरी सम्पती शुद्धिकरणको मुलगेट नियाल्न पुग्यौं, जो निकै अगाडी नै बन्द भैसकेको रहेछ। ठमेल रित्तो हुँदै गर्दा सायद धेरैको खल्ति पनि रित्तीसकेको थियो।

घरमा यौन धन्दा चलाउने दम्पती सहित पाँच पक्राउ

Posted On 06 December 2014 | By Namaste Hajur
घर भाडामा लिएर वेश्यावृत्ति सञ्चालन गर्दै आएका एक दम्पतीसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ। 
विराटनगर–१३ स्थित सोमबारे हाट नजिकै घर भाडामा लिएर महिनौँदेखि वेश्यावृत्ति सञ्चालन गर्दै आएका २५ वर्षीया सुष्मा राई उनको पति ३० वर्षीय सन्तोष कटुवाल र तीनजना युवतीलाई वडा प्रहरी कार्यालय विराटनगरको टोलीले आज बिहान पक्राउ गरेको हो। 
सङ्खुवासभा सिद्धपोखरी–६ घर बताउने सुष्मा र भोजपुर घर बताउने सन्तोषले ग्राहकसँग सम्झौता गरेर रेस्टुरेन्टमा काम गर्ने महिलालाई बोलाएर वेश्यावृत्ति गराउने र केही युवतीलाई आफ्नो नातेदार बताउँदै घरमै राखेर यौनधन्दा चलाउने गरेको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोविन्दराज काफ्लेले बताए।
खुलेआम हुँदै आएको यौन धन्दाले गर्दा आजित भएका स्थानीयवासीले प्रहरीलाई गोप्य सूचना दिएपछि घरमा निगरानी गरेर छापा मारेर उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। 

भिडियो हेर्नुहोस्

यौनकर्मी महिलासँग बिनाकन्डम यौनसम्पर्क राखे पछि...

Posted On 05 December 2014 | By Namaste Hajur
म २० वर्षको भएँ । मैले २ महिनाअघि एउटी यौनकर्मी महिलासँग बिनाकन्डम यौनसम्पर्क राखेको थिएँ। पछि मलाई एचआईभी एड्सको डर लाग्यो र चेक गराएँ, तर रिपोर्टमा नेगेटिभ देखिय । एचआईभी एड्स कति पछि थाहा हुन्छ र यसका लक्षण के-के हुन् ? यो रोग कत्तिको र कहाँ बढी पाइन्छ ? 

 असुरक्षित यौनसम्पर्क तथा एचआईभी संक्रमण

नियमित यौनसम्पर्क गर्न नपाएको स्थितिमा कुनै पनि व्यक्तिमा यौन तनाव बढ्दै जान्छ र त्यसलाई शान्त पार्ने बाटो खोजिन्छ । यसका लागि मानिसले अनेक उपाय अपनाउन सक्छन् र यसै क्रममा यौनकर्मीसँग यौनसम्पर्क हुन पुग्छ, जसको पृष्ठभूमिका सम्बन्धमा हामीलाई थोरै मात्र जानकारी हुन्छ । एचआईभी भएको जोसुकैसँग यौनसम्पर्क गर्दा रोग सर्न सक्छ । हामीलाई थाहा भएकै कुरा हो, यौनकर्मीसँग यौनसम्पर्क हुँदा एचआईभीलगायत अन्य यौन रोग सर्ने सम्भावना बढी हुन्छ। तपाईंले कन्डम प्रयोग नगर्नुभएकाले त्यसले जोखिम बढाउने नै भयो।

 एचआईभी र एड्सको डर

 पहिले त एड्स के हो थाहा पाउनु उचित होला । एचआईभी संक्रमण भएपछि बिस्तारै व्यक्तिको प्रतिरक्षा शक्ति कमजोर भएर विभिन्न रोग एवं जीवाणुको संक्रमणपछि त्यसै अनुसारका विभिन्न लक्षण देखिएको अवस्था एड्स (AIDS) हो । शरीरमा एचआईभी भए पनि एड्सको लक्षण देखिइनसकेको अवस्थालाई एचआईभी अवस्था भनिन्छ । त्यसैले एचआईभी भन्नु र एड्स भन्नु एउटै कुरा होइन । एचआईभी भएका व्यक्तिलाई हामी रोगी शब्द प्रयोग गर्दैनौं ।
 यौनसम्बन्धी यस्ता कतिपय कुरामा संलग्न भएपछि वा यौनसम्पर्क गरेपछि मानिसहरू आफ्ना आधारभूत मूल्य-मान्यता नमानेको कुराले विचलित हुने भन्दा पनि एचआईभी/एड्सको कुरालाई लिएर बढी चिन्तित भएको पाइन्छ । नियालेर हेर्ने हो भने त्यसका विभिन्न कारण हुन्छन् । विशेष गरेर यौनसँग सम्बन्धित कतिपय कुरा नैतिकताको मुद्दासँग गहिरोसँग गाँसिएका हुन्छन् । एचआईभी संक्रमणका कारण आफूले लुकाउन चाहेका कतिपय कुरा बाहिर आउला अनि आफन्त अनि साथीभाइमाझ नैतिक धरातलमा आफू तल गिरुँला कि भन्ने भयले एचआईभी तथा एड्स सर्ने कुरामा चासो र त्रास निकै हुन्छ।
अहिले सकारात्मक परिवर्तन आए पनि एचआईभी भएकाहरूलाई खराब वा अनैतिक व्यक्ति भनेर हेयभावले हेरिने वा हेंला गरिने चलन विद्यमान भने उनीहरूप्रति सामाजिक जीवनको हरेक पक्षमा भेदभाव गरिन्छ । स्वास्थ्य समस्याभन्दा पनि पारिवारिक तथा सामाजिक रूपमा हुने हेयभाव तथा भेदभावपूर्ण व्यवहार सामना गर्नुपर्ने त्रासका कारण हुने समस्या बढी छ। 

लक्षणहरू के-के देखा पर्छन् ?

 एचआईभीको सन्दर्भ भने केही फरक छ । संक्रमण हुनासाथ हल्का फ्लूजस्तो लक्षण देखिन सक्छ तर कतिले त्यस्तो लक्षण थाहै नपाउन सक्छन् । एचआईभी शरीरमा भए पनि वर्षौंसम्म कुनै लक्षण नदेखिन सक्छ । एचआईभीको संक्रमण भएर प्रतिरक्षा शक्ति क्षीण हुँदै गएपछि विभिन्न रोग लागेर त्यसै अनुसारका लक्षण देखिएको अवस्था नै एड्स हो । सामान्यत: त्यस्ता लक्षणमा ज्वरो आउनु, पखाला लाग्नु, वजन घट्नु तथा कुपोषणका लक्षणहरू देखिनु, छालाका विभिन्न समस्या आउनु, मुख तथा घाँटीमा काई (सेतो), हर्पिस आउनु, दाँत वा गिजाका समस्याहरू, खोकी वा श्वास फेर्न गाह्रो हुनु, चाँडै नै थकाइ लाग्नु वा कमजोरी हुनु आदि हुन् । याद गर्नुपर्ने कुरा के भने यी लक्षण अन्य कतिपय रोगमा पनि देखिन्छन् । त्यसैले लक्षणकै आधारमा एड्स भए नभएको भन्न गारो हुन्छ।
 तपाईंको मनमा कहिले लक्षण देखिएला भनेर लाग्न सक्छ । एचआईभीको सन्दर्भमा भने एड्सको स्थितिमा नपुगेसम्म खासै लक्षण देखिन गारो छ र त्यसका लागि दसौं वर्ष वा त्यसभन्दा बढी समय पनि लाग्नसक्छ । कतिपयलाई त त्यसभन्दा बढी समयमा पनि एड्सको लक्षण नदेखिएको अवस्था छ । एचआईभी शरीरमा भए-नभएको यकिन गर्न एचआईभीसँग सम्बन्धित प्रतिजैविकी परिक्षण गरिन्छ। सामान्यत: शरीरमा एचआईभी प्रवेश गरेपछि रगतमा त्यसविरुद्ध प्रतिजैविकी बन्न केही समया लाग्छ। कसैमा केही चाँडो नै देखिने भए पनि यस्तै ३ महिनामा रक्तपरीक्षण गरेर शरीरमा एचआईभी भए-नभएको यकिन गरिन्।
यस्ता रक्त परीक्षणमा नतिजा नकारात्मक (नेगेटिभ) हुनुले एचआईभी आफ्नो शरीरमा नभएको जनाउँछ भने सकारात्मक (पोजिटिभ) हुनुले भएको तर यी परीक्षणभन्दा पहिले परामर्श लिनु आवश्यक छ। 

के गर्ने ?

तपाईले एचआईभी परीक्षण पनि गराइसक्नुभएको छ र त्यसमा नकारात्मक देखिएको छ, अर्थात तपाईमा् एचआईभी छैन भनिएको छ । त्यसैले तपाईले अनावश्यक रूपमा चिन्ता गर्नु उपयुक्त होइन।
मुख्य कुरा के हो भने तपाईंले आफ्ना हरेक यौनसम्पर्कलाई सुरक्षित बनाउनु आवश्यक छ । हावा, पानी वा कीटाणुबाट सर्ने कतिपय रोगमा संक्रमण कुन क्षेत्रमा बढी छ भनेर थाहा पाई उक्त क्षेत्रमा नजाँदा वा जानुपरेको स्थितिमा अन्य उपाय अपनाउँदै जोखिम कम गर्न सकिएला, तर यो व्यक्तिसँगको यौनसम्पर्कबाट सर्ने भए भएकाले जनसंख्यामा कम नै एचआईभी भएको भए पनि तपाईंले यौनसम्पर्क राख्ने व्यक्तिमा एचआईभी छ भने कुरै सकियो। आशा गर्छु, कुरा बुझ्नु नै भयो होला।

गंगनम स्टाइलले तोड्यो यु ट्युब भ्युअर्स लिमिट

Posted On 04 December 2014 | By Namaste Hajur

विश्वमै सर्वाधिक चर्चित बनेको ‘ग्याङनम स्टाइल’ गीतले युट्यूबलाई नै चुनौती दिएको छ । दक्षिण कोरियाका पप गायक साइ को यो चर्चित भिडियोले विश्वमा सर्वाधिक धेरै हेरिएको भिडियोको रेकर्ड बनाएको थियो । 
अब यो गीतले अर्को एक रेकर्ड पनि बनाएको छ । युट्यूबमा यो गीत दर्शकले यती धेरै रुचाए कि यो गीतलाई गन्ने क्षमता नै युट्यूबले राख्न सकेन । जसका कारण युट्यूबको भ्यू काउन्टर नै बिग्रिएको छ । 
भिडियो हाल्न र हेर्न मिल्ने युट्यूब का संचालकले नौ बर्षअघि यो सर्भरको सुरुवात गर्दा २ अर्बभन्दा बढी कुनै भिडियो हेरिएला भन्ने सोचेनन् । जसका कारण २ अर्ब १४ करोड ७४ लाख ८३ हजार ६ सय ४७ पटक भन्दा बढी कुनै पनि भिडियोको स्टोर गर्न मिल्ने क्षमता युट्यूबमा बनाइएन । तर, ‘ग्याङनम स्टाइल’ गीतले भने यो काउन्ट नै पार गरेपछि युट्यूबको भ्यू काउन्टर नै बिग्रन पुग्यो । युट्यूबले गुगल प्लससँग सल्लाहा गरेर नयाँ भ्यू काउन्टर बनाएको छ। 
हेर्नुहोस् https://www.youtube.com/watch?v=9bZkp7q19f0

दिवंगत निर्देशक नेम्बाङको नयाँ भिडियो

Posted On | By Namaste Hajur

लोक प्रिय निर्देशक स्व. आलोक नेम्बाङले गत कात्तिक २० गते आत्महत्या गर्नुअघि निर्देशन गरेको एउटा नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

गायिका सरु पराजुलीको नयाँ एल्बम 'नमन' को 'आए धेरै जोवनमा भने जस्तो तिमी, रोजेकी छु यो मनले सबै बुझ्ने तिमी...' गीतको म्युजिक भिडियो कान्तिपुर टेलिभिजनको 'कल कान्तिपुर' मार्फत प्रिमियर गरिएको हो।

आत्महत्या गर्नुभन्दा करिव एक महिनाअघि ललितपुरका विभिन्न आकर्षक लोकेशनमा छायांकन गरिएको उक्त भिडियोमा गायक युवराज चौलागाईं, गायिका नन्दिता केसी तथा मोडल करीना भट्टराईले अभिनय गरेका छन्।

भिडियोमा युवराज र नन्दिताले श्रीमान् / श्रीमतीको तथा करीनाले छोरीको भूमिका निर्वाह गरेकी छिन्। गायिका पराजुलीका श्रीमान् गीतकार शिव चौलागाईंको शब्द तथा अम्बर सुब्बाको संगीतको यो गीतको भिडियोमा निर्देशक नेम्बाङले नन्दिता र करीनाको नृत्यको कोरियोग्राफी समेत गरेका थिए। हरि हुमागाईंले छायांकन गरेको उक्त भिडियोको सम्पादन प्रकाश तुलाधरले गरेका हुन्।

 यसअघि सुरभी तथा नमन गरी दुई वटा एकल एल्बम तथा थुप्रै कलेक्सनमा स्वर दिइसकेकी गायिका सरु पराजुलीले निर्देशक नेम्बाङसंग पहिलो पटक काम गरेकी हुन्। 'मेरो गीतको म्युजिक भिडियो पहिलो पटक हेर्दा निर्देशक नेम्बाङको अनुहार मात्र आँखामा आइरह्यो, हाल सांगीतिक कार्यक्रमको क्रममा अमेरिका पुगेकी गायिका पराजुलीका अनुसार नेम्बाङले उक्त भिडियोमा प्रसस्त मेहनत गरेका थिए।

लोक, आधुनिक, फिल्मी, नेवारी, राष्ट्रिय, तीज गीत, विज्ञापन जिंगलमा समेत स्वर दिइसकेकी गायिका पराजुलीले निर्देशक नेम्बाङको काम गर्ने शैली तथा सिर्जनशीलता प्रसंसा योग्य रहेको बताएकी छिन्। गायिका पराजुली भन्छिन् 'उहाँसंग काम गर्ने मौका पाएकोमा धेरै खुशी छु तर उहाँको निधनले असाध्यै दुःखी बनाएको छ।'

नेपालमा छायाँकन गरिएको हिन्दि फिल्म ‘बेबी’

Posted On | By Namaste Hajur

केहि समय अघि नेपालमा समेत छायाँकन गरिएको अक्षय कुमार अभिनित बलिउड फिल्म ‘बेबी’को ट्रेलर सार्वजनिक भएको छ। फिल्म गुल्सन कुमारको प्रस्तुति, निरज पाण्डेको निर्देशनमा तयार बहेको हो। 
फिल्मको ट्रेलरमा अक्षयलाई राजधानीको बजारमा हिँडिरहेको देखाइएको छ। ट्रेलरमा होटल हायात् र भक्तपुर मन्दिरको दृश्य पनि देख्न सकिन्छ। 
 क्राउचिङ टाइगर र फ्राइडे फिल्म वर्क प्रोडक्सनको व्यानरमा निर्माण भएको फिल्ममा अक्षयसँगै तपसी पन्नु, डेनी डेञ्जोङ्पा, अनुपम खेरलगायतका कलाकारले अभिनय गरेका छन्। फिल्ममा अक्षयलाई सिपाहीको भूमिकामा प्रस्तुत गरिएको छ। फिल्मका निर्माता भुषण कुमार र क्रिसन कुमार हुन्। यो फिल्म २३ जनवरी २०१५ मा रिलिज हुँदैछ।

मोडलहरुको कुमारीत्वको भाऊ कस्को कति छ ?

Posted On 30 November 2014 | By Namaste Hajur

भर्जिनिटी अर्थात कुमारीत्व महिलाका लागि ठूलो विषय हो र यो अमूल्य पनि छ । तर अहिले हामी महिलाहरुले केही लाख वा करोडमा आफ्नो कुमारीत्व भंग गर्ने घोषणा गरेको सुन्नु नौलो विषय रहेन। जसमा थुप्रै आफ्नो कुमारीत्व भंग गरे भने केही अन्तिम समयमा आएर आफ्नो बोली फिर्ता लिए। केहीले चर्चामा आउन तथा केहीले बाध्यताबश कुमारीत्व भंग गर्नु परेको ह । 
१.नटालिया डेलान 
सन् २००८ मा २२ वर्षीय नटालिया डेनानले आफ्नो मास्टर्स डिग्रीको पढाई पुरा गर्नका लागि ३.७ मिलियन डलरमा कुमारीत्व भंग गर्ने बताएकी थिइन्। 
२.ग्रैसियला याटाको 
सन् २००५ मा पेरुकी १८ वर्षीय मोडल ग्रैसियला याटाकोले आफ्नी आमाको औषधिउपचार गरेको बिल तिर्नका लागि १,३००,००० डलरमा आफ्नो कुमारीत्व भंग गरेकी थिइन्। 
३ रोजी रेड 
सन् २००४ मा इङल्याण्डकी १८ वर्षीय रोजी रेडले ४४ वर्षीय एक इन्जिनियरसँग ८४०० पाउण्ड अर्थात १२९९२०० रुपैयामा बेचेकी थिइन् । उनी त्यसअघि पनि आफ्नो लेस्बियन साथीसँग प्रेम सम्बन्धमा थिइन् । तर उनले पहिलो पटक कुमारीत्व भंग गरेकी थिइन्। 
५.अलिना पर्सिया 
रोमानियाकी १८ वर्षीय यी सुन्दरीले कम्प्युटरमा डिग्री लिनका लागि आफ्नो कौमार्य भंग गर्नुपरेको थियो । इटालीका ४५६ वर्षीय एक व्यक्तिले ८८०० पाउण्डमा उनको भर्जिनिटी तोडेका थिए। 
६. एलिजावेथ हर्ले 
प्रख्यात कलाकार तथा मोडल एलिजावेथ हर्लेले च्यारिटी शो का लागि पैसा जुटाउन २०१४ मा आफूसँग किस गर्ने प्रस्ताव राखेकी थिइन् । एक व्यक्तिले ४९ लाखमा उनीसँग किस गर्न राजी भएका थिए।

गायिकाको चर्तिकला पर्दाफास - सुहाग रात ब्वोय फ्रेन्ड संग, बिवाह अर्कै सँग

Posted On | By Namaste Hajur

गायिका क्लेयर रिचार्ड्स सेक्सका लागि हरपल उत्सुक रहन्छिन र उनले धेरै पटक सार्वजनिक स्थलमा समेत यौन सम्बन्ध बनाएकी रहिछिन, यो खुलासा उनले आफैले लेखेको आत्मकथा 'अल अफ मि' मा गरेकी हुन् ।चमत्कारिक ढंगसंग वजन कम गर्ने सेलिब्रिटी भनेर समेत ख्याती कमाएकी क्लेयर आफ्नो आत्मकथामा यौनका मामलामा निकै इमान्दारीपूर्वक प्रस्तुत भएकी छिन । 

 उनले व्यस्त सडकको बिचमा सानो कारमा समेत यौन सम्बन्ध बनाएको स्वीकार गरेकी छिन । त्यति मात्र हैन उनले विवाहको पहिलो रात नै श्रीमानलाई धोका दिएर आफ्ना ब्वाईफ्रेन्ड गायक डेन बोवर्स संग यौन सम्बन्ध बनाएको लेखेकी छिन ।क्लेयरले २० बर्षको उमेर देखि शारीरिक सम्पर्कको आनन्द उठाउन थालेको पुस्तकमा लेखेकी छिन । 

 पहिलो अनुभवका बारेमा उनले लेखेकी छिन कि ब्वाईफ्रेन्ड रीससंग पहिलोपटक उनले त्यो सम्बन्ध राखेकी थिईन र कौमार्य भंग गरेकी थिईन । त्यसबेला उनको गर्लफ्रेन्ड गर्भवती थिईन । २००८ देखि अहिले उनी श्रीमान छाडेर पूर्वप्रेमी रीस संग नै बस्दै आएकी छिन । डान्सर मार्क वेब्बसंग संक्षिप्त रोमान्स पश्चात विवाह गरेकी क्लेयरले विवाहको पहिलो रात नै परपुरुष गायक डेन बोवर्ससंग बिताएको घटनाले भने उनको पुस्तकलाइ आलोचना र चर्चाको शिखरमा पुर्याइदिएको छ ।

मिस अर्थको ताज फिलिपिनि सुन्दरीले जितिन्, नेपाली सुन्दरीको खाली हात

Posted On 29 November 2014 | By Namaste Hajur
मिस अर्थ २०१४ ताज फिलिपिन्सकी जेमी हेरेलले जितेकी छिन्। शनिवार साँझ फिलिपिन्सको मनिलामा सम्पन्न अन्तिम प्रतिस्पर्धामा जेमीले यो बर्षको ताज हात पारेकी हुन् । सन् २०० ८मा पनि फिलिपिन्सले मिस अर्थको ताज हात पारेको थियो। प्रतियोगितामा अमेरिकाकी एन्ड्रयु न्यू मिस अर्थ एयर, भेनेजुएलाकी मारिया मिस अर्थ वाटर र रसियाकी आन्नासतासिया मिस अर्थ फायरको उपाधि पाए। ब्राजिल, मंगोलिया, स्लोभाक र स्पेनका सुन्दरीहरु उत्कृष्ट आठमा पुग्न सफल भएका थिए। 
 प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेकी मिस अर्थ नेपाल पि्रन्सा श्रेष्ठ खाली हात भइन्। उनी सेमिफाइनलसम्म पनि पुग्न सकिनन्। इको ब्युटि प्रतिस्पर्धामा उनले लुक्लाको आलुसम्बन्धी बनाएको भिडियो उत्कृष्ट १० भित्र परेको थियो। उपाधिपछि पि्रन्साले फेसबुकमा स्टाटस लेख्दै भनिन-‘मैले मुलुकलाई कुनै उपाधिसहित सहयोग गर्न सकिन, तर म मुस्कुराईरहेकी छु। म आफ्नो प्रस्तुतीप्रति पूर्णरुपमा सन्तुष्ट छु । हजुरहरुको मायाँको लागि धेरै-धेरै धन्यवाद।’

पुरुषहरुले महिलाको घुरेर हेर्ने ९ कुराहरु | के के कुरा घुरेर हेर्छन जान्नुहोस्

Posted On | By Namaste Hajur

लगभग धेरैजसो पुरुषहरुको स्वभाव उस्तै हुन्छ – महिलाहरुलाई घुरेर हेर्ने। पुरुषहरुको स्टेटसको हिसाबले उनीहरुमा मायाको महत्व परिवर्तन त हुने गर्दछ तर उनीहरुको महिलाहरुलाई हेर्ने तरिका एकैखाले हुने गर्दछ। तर आखिर पुरुषहरु महिलामा के के हेर्दछन् ? थुप्रै पटक पुरुषहरुको घुरेर हेर्ने बानीले महिलाहरुलाई असहज महसुस गराइरहेको हुन्छ। 
आउनुहोस्, थाहा पाऔँ आखिर पुरुषहरु महिलाको के के कुरा घुरेर हेर्ने गर्दछन् ? 
१. ब्राः 
पुरुषहरुलाई महिलाको ब्रा मा रुची हुने गर्दछ। महिलाहरुले कस्तो प्रकारको ब्रा लगाएका छन् भन्ने कुराहरु उनीहरु थाहा पाउन चाहन्छन्। 
२. स्तनः 
महिलाहरुको क्लिभेज हेर्ने कासिसमा पुरुषहरु निकै अग्रसर रहेका हुन्छन्। क्लिभेज हेरेर नै उनीहरु त्यसको आकारको अनुमान गर्छन्। 
३. हिप: 
हरेक पुरुष कुनै पनि महिला वा युवतीको हिपलाई पक्कै हेर्दछन्। यो उनीहरुलाई साह्रै आकर्षक लाग्ने गर्दछ। ४. पेटः 
पुरुष, महिलाको पेटलाई अवश्य हेर्ने गर्दछन्। उनीहरुलाई महिलाको पेटले आकर्षित गर्दछ। 
५. काखीमुनीको रौँः 
यदि कोही महिलाले स्लिभलेस लगाएकी छिन् भने पुरुषहरु महिलाको काखी मुनीको रौँलाई पक्कै नियाल्ने गर्दछन्। 
६. खुट्टाः 
पुरुषहरुलाई महिलाको खुट्टा हेर्न निकै मजा लाग्ने गर्दछ। 
७. कम्मरः 
महिलाको कम्मरको लचकलाई पुरुषहरुको नजरले थाम्न सक्दैन। साडीमा यो भाग हेर्न निकै सजिलो हुने गर्दछ। 
८. रसिलो ओठः 
पुरुषका लागि हरेक सुन्दर ओठ रसिलो नै हुने गर्दछ। ओठलाई हेरेर यो प्राकृतिक हो कि यसमा ग्लस अथवा लिपस्टिक लगाएको छ कि छैन भन्ने कुरा अनुमान गर्छन्। 
९. बट / हट लाइनः 
हिपको बिचको लाइनलाई हट लाइन अथवा बट लाइन भनिन्छ। जिन्स लगाउने महिलाहरु निहुरिएको खण्डमा यो भाग निकै सजिलै देखिन्छ। यो भाग पुरुषहरुलाई निकै सेक्सी लाग्छ। 
बाँकि भिडियो मा हेर्नुहोस् 

पुरुषहरुले किन अध्यारोमा सम्भोग गर्न रुचाउँछन् ?

Posted On | By Namaste Hajur
पुरुषहरु उज्यालो भन्दा अँध्यारोमा सम्भोग गर्न रुचाउँछन् । सम्भोगका लागि पुरुषले किन अँध्यारो ठाउँ रोज्छन् त ? यसको निकै रोचक कारण पत्ता लागेको छ। बेलायतका शोधकर्ताहरुले गरेको अध्ययन अनुसार आफ्नो लत्रेको भुँडी देखाउन लाज लाग्ने हुनाले पुरुषहरु सम्भोगका लागि अँध्यारो रोज्ने गरेका हुन् ।

पार्टनरले सम्भोगका बेला आफ्नो भुँडी नदेखुन् भन्ने चाहना पुरुषमा हुन्छ । सोही चाहनाका कारण पुरुषहरु उज्यालोमा सम्भोग गर्न खासै रुची राख्दैनन् भन्ने दाबी शोधकर्ताहरुको छ। १ हजार ७७ जना बेलायती युवाहरुमा गरिएको अध्ययनले बत्ति बालेर वा उज्यालोमा सेक्स गर्दा पुरुषको आत्मविश्वास सबैभन्दा कम हुने देखाएको छ।
 घरेलु पोषण आपूर्ति सेवा डाइट शेफले गरेको अनुसन्धानबाट एक चौथाइ बेलायती पुरुषहरु आफ्नो जिउकै लाजले गर्दा सम्भोगका बेला बत्ति निभाउँछन्। आफुलाई लाजमर्दो बनाउने आफ्नै जिउका अंगहरुको नाम लिनुपर्दा धेरै बेलायती पुरुषहरुले आफ्नो भुँडीलाई सत्तोसराप गर्ने गरेको समेत देखिएको छ। ६४ प्रतिशत बेलायती पुरुषले आफ्नो भुँडी सबैभन्दा मन नपर्ने अंग रहेको बताएका इन्डिपेन्डेन्टले जनाएको छ।
 कण्डम उत्पादक कम्पनी ड्युरेक्सले हालै सार्वजनिक गरेको एक तथ्यांक अनुसार बेलायती दम्पतीको यौन जिवनमा प्रविधिको बोलवाला बढ्दै गएको छ। ४० प्रतिशत बेलायतीहरुले प्रविधिका कारण आफ्नो यौन सम्बन्धमा नकारात्मक असर पुगेको बताएका छन्।

होश पुर्याउनुस् ! जथाभावी बाटो काट्दा दुई सय रुपैयाँ जरिवानामा परिएला नि !!

Posted On | By Namaste Hajur
जेब्रा क्रसिङ बाहेक जथाभावी बाटो काट्ने पैदल यात्रुले २ सय रूपैयाँ जरिवाना र अन्य कारबाही भोग्नु पर्ने भएको छ। सार्कलाई लक्षित गरी बीच सडकमा र सडकको दायाँ बायाँ बनाएको बगैंचा पैदल यात्रुले बिगार्न थालेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले यस्तो निर्णय गरेको हो। 
 'जेब्रा क्रसिङ र ओभरहेड ब्रिजबाहेक अरू ठाउँबाट बाटो काट्नेलाई जो कोहीलाई कारबाही हुन्छ,' महाशाखाका प्रमुख डिआइजी केशव अधिकारीले भने, 'उनीहरूलाई दुई सय रुपैयाँ जरिवाना र अनिवार्य ट्राफिक कक्षामा राखिनेछ।'

बलिउड अभिनेत्री श्रुति हसन ‘यारा’ को सुटिङका लागि काठमाडौँमा

Posted On | By Namaste Hajur

बलिउड अभिनेत्री श्रुति हसन शुक्रबार काठमाडौं आइपुगेकी छन्। उनी बलिउड फिल्म ‘यारा’ को सुटिङका लागि नेपाल आएकी हुन्। साउथ इन्डियन फिल्मस्टार श्रुति साउथकै स्टार कमल हसनकी छोरी हुन्। २४ वर्षीया श्रुति राजधानीको पाँचतारे होटल ¥याडिसनमा बसेको स्रोतले जनाएको छ। 
श्रुतीले बलिउड फिल्महरुमा पनि अभिनय गरेकी छन्। साउथ सुन्दरी श्रुतीलाई बलिउड फिल्म रामैया वस्ताभैयामा निर्देशक प्रभु देवाले उभ्याएका थिए। 
उक्त फिल्मले राम्रो चर्चा पाएको थियो। 
 स्रोतका अनुसार अभिनेता इरफान खान शनिबार साँझ उक्त फिल्मकै सुटिङका लागि काठमाडौं आउँदैछन्। अघिल्लो पटक नेपाल आउँदा खुसी भएका इरफान बलिउड फिल्म पान सिंह तोमरका नायक हुन्। 
स्लम डग मिलिनियरबाट ओस्कार अवार्ड जितेका इरफान नेपालमा बारम्बार आउन इच्छुक रहेको बताउँथे।

तीन दिनपछि ‘यारा’ को सुटिङ काठमाडौं, ललितपुरलगायतका ठाउँमा सुरु हुँदैछ। ग्यांग्सटरको कथामा आधारित फिल्म ‘यारा’को नेपालमा कम्तिमा ३० प्रतिशत भन्दा बढी सुटिङ गर्ने जनाएको छ। फिल्मको निर्देशन गौरव गुप्ताले गर्दैछन्।

थाहा पाउनुस् फेसबुकको नयाँ नियम

Posted On | By Namaste Hajur
फेसबुकले नयाँ नियम ल्याउन लागेको जानकारी दिएको छ। १ जनवरी, २०१५ देखि उसले आफ्नो नियम बदल्न लागेको हो। यसको लागि कम्पनीले सबै युजर्सलाई नोटिफिकेशन पनि पठाएको छ। फेसबुकका अनुसार अब फेसबुकले युजर्सलाई फेसबुक चलाउनको लागि टिप्स/गाइडलाइन दिनेछ। 

कम्पनीले नयाँ नियमको माध्यमबाट फेसबुक प्रयोगकर्तालाई सुरक्षित नेटवर्किङको लागि गाइड गर्नेछ। यो जानकारी भने अहिलेलाई ३६ भाषामा मात्र हुनेछ।

नयाँ नियममा के के छन ? 
प्राइभेसी बक्स यसको माध्यमबाट फेसबुकले आफ्नो युजर्सलाई आफ्नो जानकारीको लागि नियन्त्रणमा राख्न सक्छ। 

उदाहरणको लागि तपाई आफ्नो Untag, unfriend र block को बारेमा जान्न सक्नुहुनेछ । यति मात्र नभई आफ्नो हरेक पोस्ट कस-कसलाई पठाउने पनि थाहा हुनेछ। 

नजिकको लोकेशन 
फेसबुकले अब तपाई नजिकको जरुरी जानकारी पनि दिनेछ । आफ्नो लोकेशन हालेपछि तपाईको वरिपरि रहेको ठाउँको रेष्टुरेन्ट र उसको मेन्यु, सिनेमा हल, लाइब्रेरी आदिको जानकारी दिनेछ । 

किनमेल गर्न सकिने 
फेसबुकले बायाँ बटनको टेष्ट गरिरहेको छ, जसको सहयोगबाट मानिसहरु फेसबुकबाट लगआउट नगरिकन सामान किन्न सक्नेछन । यति मात्र नभई फेसबुकले पैसा राख्न निकाल्न मिल्ने तरिकामा पनि काम गरिरहेको बताएको छ । 

पासवर्ड रिकभर हुने
फेसबुकले आफ्नो कम्पनी, एप्स र सेवाको बारेमा जानकारी दिनेछ । तपाईले आफ्नो अरु कुनै एकाउन्टको पासवर्ड बिर्सिनुभयो भने तपाईको फेसबुक एकाउण्टको सहयोगबाट पासवर्ड रिकभर गर्न सक्नुहुनेछ ।
थप जानकारीका लागि भिडियो हेर्नुहोस्।

२५ वर्षीया अविवाहित युवतीको खुल्दुली ! श्रीमानले यौन सम्पर्क गर्दा फेरि त्यस्तै हुने हो कि ?

Posted On 27 November 2014 | By Namaste Hajur
म २५ वर्षीया अविवाहित युवती हुँ । चार वर्षपहिले मेरो प्रेमीले मलाई कुराकानी गर्नु छ भनेर भेट्न बोलायो र मैले नचाहँदा-नचाहँदै यौनसर्म्पर्क गर्‍यो । त्यतिबेला मेरो योनि च्यातिएर धेरै रगत बग्यो । म बेहोस भएर अस्पताल नै भर्ना हुनुपर्‍यो । रगतको कमी भएर रगत पनि चढाइयो । अहिले घरमा मेरो विवाह गर्ने कुरा भैरहेको छ, तर मलाई डर लागिरहेको छ । श्रीमान्ले यौनसर्म्पर्क गर्दा कतै फेरि त्यस्तै हुने हो कि ? 

 भेटघाट बलात्कार 
हामी बलात्कार भन्नासाथ कुनै अपरिचित यौनपिपासु पिच्छा लागेर लखेटालखेट र कुस्ताकुस्ती खेलेर जबरजस्ती गर्छ भन्ने सोच्छौं । सामान्यजस्तो लाग्ने स्थितिमा अर्थात् सामाजिक भेटघाट वा जमघटको मौका पारेर बलात्कार भएका घटना अब एउटा सामाजिक यथार्थ भैसकेका छन् । धेरै जनालाई स्वीकार गर्न गाह्रो भए पनि परिचित व्यक्तिबाटै सामान्य भेटघाटका अवसरमा बलपूर्वक गरिने यौनसर्म्पर्क मानव समाजको यथार्थ हो । यौनका दृष्टिकोणले तुलनात्मक रूपमा खुला विचार राख्ने देशहरूमा समेत यस्ता कुरा राम्रोसँग बाहिर आउँदैनन् । कतिपय स्थितिमा त शोषित व्यक्तिले आफू शोषणमा परेको सम्म मान्दैनन् । यो पनि एक किसिमको बलात्कार नै हो । अंग्रेजीमा date rape (डेट रेप), acquaintance (एक्वाइन्टयास रेप) जस्ता शब्दले त्यस्तो परिस्थितिलाई जनाउँछ । परिभाषित नै गर्ने प्रयास गर्दा, बअत्रगबष्लतबलअभ ९मबतभ० चबउभ भन्नाले पहिले नै परिचित व्यक्तिबाट सहमति नभै यौन क्रियाकलाप वा भनौं बलात्कार गरिनुलाई जनाउँछ ।

तपाईंले प्रेमी त भन्नुभएको छ, तर तपाईंको चाहनाविपरीत तपाईंलाई त्यसरी शारीरिक तथा मानसिक चोट पुग्ने गरी जबरजस्ती यौनसर्म्पर्क गर्नेलाई कसरी प्रेमीभन्न सकिएला, एकपटक विचार गर्नुहोस् त ? 

यौन भय पहिलेको यौनसर्म्पर्क तपार्इर्र्को जीवनमा निकै दु:खदायी सावित भयो । तपाईंको श्रीमान्सँगको यौनसर्म्पर्कमा फेरि त्यस्तै स्थिती आउँछ भन्ने छैन । कतिपय दृष्टिकोणले श्रीमान्सँगको यौनसर्म्पर्क फरक होला । पहिले तपाईं एक किसिमले बलात्कारको सिकार हुनुभएको थियो तर अब त्यस्तो नहुने सम्भावना निकै हुन सक्छ । तपाईंसँगको यौनसर्म्पर्क निकै नै कोमल तरिकाले श्रीमान्ले अघि बढाउने सम्भावना पक्कै नै छ, तर तपाईंको दृष्टि यौनसर्म्पर्कप्रति सकारात्मक भएन र तपाईंलाई यौन सर्म्पर्क राख्न डर भयो भने कुरा निकै फरक पर्न सक्छ । 
सामान्यत: हामी सबैले बुझेको कुरा के हो भने यौनसर्म्पर्क वास्तवमा सुखदायी अनुभूति दिने कुरा हो, तर कसैका लागि यही मानसिक पक्ष नै यौनसुख प्राप्तिमा बाधक हुनसक्छ । यसैको उदाहरण यौन भय हो ।

सजिलो भाषामा भन्नुपर्दा यौनसर्म्पर्क राख्नबाट डर मान्नु नै यौन भय हो । अंग्रेजीमा यसलाई erotophobia भनिन्छ । यो शब्द ग्रिकको प्रेमका देवता Eros तथा Phobos (जसको अर्थ भय हुन्छ) बाट मिलेर बनेको हो । यसका अनेक प्रकार रूप हुन सक्छन् । यौन भयको कुरा गर्दा कसैको कुनै एक विशेष कुराप्रति भय हुन सक्छ भने अर्कातिर एकभन्दा बढी कुरामा एकसाथ त्यस्तो भय हुन सक्छ । कसैको नग्नताप्रति भय हुनसक्छ भने कसैमा यौन दृश्य वा चित्रप्रति, समलिङ्गीप्रतिको भय, यौन-शिक्षाको भय, यौन गोप्यताको भय आदि हुनसक्छ । 
चिकित्साका दृष्टिले यो यौनसम्बन्धी कुनै वस्तु, व्यक्ति वा कार्यसम्बन्धी तर्कहीन तथा सामान्य यौन जीवन नै यापन गर्न नसक्ने स्थितिमा पुग्ने गरी हुने भय हो । यो भयका कारण व्यक्तिको यौन सम्बन्धबाट आनन्द प्राप्त गर्ने क्षमतामा नकारात्मक असर त पर्छ नै, कतिपय स्थितिमा यसबाट पीडित व्यक्ति यौनसर्म्पर्क नै राख्न नसक्ने हुन्छ । यो एकदमै व्यक्तिगत भय हो, र यसका अनेकौं कारण हुन सक्छन् । कतिपय स्थितिमा कुनै एक कारण पत्ता लगाउन गाह्रो हुन सक्छ । 

व्यक्तिगत, सांस्कृतिक तथा धार्मिक कारणले कतिपय व्यक्तिलाई पुरानो तथा नयाँ मान्यताको बीचमा सामान्यजस्यता ल्याउन निकै गाह्रो हुन्छ र यौन भय हुने सम्भावना हुन्छ । कतिपयमा कार्य सम्पादनको चिन्ता (performance anxiety) पनि यो भयसँग जोडिन्छ । कतिपय व्यक्ति यौनसर्म्पर्कले कतै चोट पो पुर्‍याउँछ कि भनेर पीर गर्छन् । कतिपय स्थितिमा शरीरमा भएको कुनै खराबीले यौन कार्य राम्रोसँग सम्पादन गर्न नसक्ने स्थिति हुन्छ, तर केही व्यक्तिमा यो अतिशयोक्तिपूर्ण हुन्छ । जोखिम वास्तविकताभन्दा धेरै टाढा छ भने त्यसलाई यौन भय मान्नुपर्ने स्थिति आउँछ । यौनशोषण वा बलात्कारमा परेका सबैलाई anxiety disorder वा यौन भय नहुने भए पनि यस्तो चोट खेपेका कतिपयमा यसले यौन भयको सम्भावना बढाउँछ । 

 के गर्न सकिएला ? तपाईंको सर्न्दर्भमा पुरानो सम्बन्धलाई कसरी व्यवस्थापन गर्ने भन्नेतर्फध्यान पुर्‍याउनुपर्छ । श्रीमान्लाई कुनै पनि हालतमा थाहा नदिनु एक पक्ष हो । यो तपाईंको तथाकथित प्रेमीको प्रकृति अनि क्रियाकलापमा पनि भर पर्छ । आफ्नो पुरानो सम्बन्धको भण्डाफोर हुने डर होस् वा शारीरीक चोट पुग्ला भनेर होस् तपार्इंमा यौन भयको स्थिती उत्पन्न भए यौनसर्म्पर्कवाट पर भाग्ने स्थिती आउँछ, जसले तपाईंको यौन तथा वैवाहिक जीवनलाई नै धराशायी बनाउन सक्छ । 

पहिले भएको बलात्कारको घटनामा तपाईंको कुनै दोष नभएकाले तपाईंले आत्मग्लानि महसुस गर्नु वा आफूलाई दोषी मान्नुभएन भने निकै सहयोग मिल्छ । यदि यौन भय नै भएको स्थितीमा भने यो एक जटिल समस्या भएका कारण धेरैजसो परिस्थितिमा विशेषज्ञको सहयोगको आवश्यकता पर्छ । त्यसका साथै यसको समाधानमा पनि पर्याप्त समय लाग्न सक्छ भने समाधानको प्रक्रिया एकदमै जटिल हुन सक्छ यसमा धैर्यको आवश्यकता बढी नै हुन्छ र therapist सँग इमानदारीका साथ खुला रूपमा आङ्खना कुरा भन्नु आवश्यक हुन्छ । असजिलो प्रक्रियाबाट गुज्रनुपरे पनि मेहनतको फल भने राम्रै हुने स्थिति हुन्छ ।