|| PLACE YOUR ADVERTISEMENT HERE ||
दोहा । आफ्नो पतिलाई स्वदेशमै छाडेर वैदेशिक रोजगारीका लागि कतार पुगेकी मकवानपुरकी रिना थापामगर परपुरुषसँग प्रेममा परिन्। कतारमै काम गर्ने कास्कीका श्याम थापासँग प्रेममा परेकी रिनाले आफूले गल्ती गरेको टेलिफोन गरेर आफ्नो पतिलाई सुनाइन्। आफूले गल्ती गरेको भन्दै उनी रोइन्। पतिले आफ्नी पत्नीको आँशु सहन सकेनन् र भने तिमीले चिन्ता नलिनु, उसैसँग विबाह गरे पनि मेरो केही आपत्ति वा गुनासो हुने छैन। 
रीना र उनका प्रेमी दुबैले रीनाका पति सञ्जय थापालाई रुदै फोन गरेर आफूहरुले गल्ती गरेको भन्दै आत्महत्या गर्न लागेको बताए । सञ्जयले त्यसो नगर, बिहे गरेर खुशी साथ बस भन्दा पनि उनीहरुले मानेनन्। अन्ततः रीना र उनका प्रेमी श्याम कतारको एक होटलमा मृतअवस्थामा भेटिएका छन्। विवाहिता रिना कतारमा सफाइ मजदुरका रुपमा काम गर्थिन्। कास्कीका श्याम सेक्युरिटी गार्ड गर्थे।

दुबैजना कतारको एक होटलमा मृत्त अवस्थामा भेटिएका छन्। उनीहरुको शव कतारकै हमाद अस्पतालमा राखिएको छ। घटना आत्महत्या नै हो होइन भन्नेबारे अनुसन्धान भइरहेको बताइएको छ। वैदेशिक रोजगारीका लागि कतार गएकी रिना कतारमै सेक्यूरिटी गार्डका कार्यरत श्यामसँग नजिकिएकी थिइन्। उनीहरुको सम्बन्धका बारेमा थाहा पाएका सञ्जयले रिनालाई सम्झाउने कोशिश गरे पनि सकेनन्।

आत्महत्या गर्नुअघि रिनाले सञ्जयलाई एसएसएस गरेर माफी मागेकी थिइन् । रिनाका प्रेमी श्यामले पनि सञ्जयसमक्ष फोनमा माफी मागेका थिए।
|| PLACE YOUR ADVERTISEMENT HERE ||