सनी लियोनको हट अवतारले बलिउडमा तहल्का

Posted On 12 April 2015 | By Namaste Hajur
YOUR ADS HERE
बलिउड सिने उद्योगकी बहुचर्चित अभिनेत्री सनी लियोनको प्रमुख भूमिका रहेको चलचित्र ‘एक पहेली लीला’ले रिलिज भएको दुई दिनमै सनसनी मच्चाएको छ।

यही अप्रिल १० बाट रिलिज भएको यस फिल्ममा सनीको ट्रिपल रोलले थप उचाइ पाएको छ।फिल्ममा मोडलिङ कम्पनीमा सनीको अवस्था, ज्योतिषीले देखाएको पुर्नजन्मसँग जोडिएको साथसाथै अतृप्त प्रेमकथाले पनि फिल्मलाई रोमाञ्चक बनाएको छ। त्यो भन्दा पनि एक हजार लिटर दुधले नुहाएको सिनले सनसनी मचाएको छ।निर्देशक बबी खानले निर्देशन गरेको यस चलचित्रमा सनीको क्लासिकल नृत्यले दर्शकलाई मनोरञ्जन प्रदान गरेको छ। फिल्ममा उनका तीनवटै रोलले दर्शकको मन खिचेको छ।

गाउँकी छोरी, आधुनिक महिला र राजकुमारी बनेर गरेको अभिनय हेर्न लायक छ। कतिपय उनका डाइलगहरु दर्शकहरुको मुखमा नै झुण्डिएको छ। सेक्स सिनसमेत रहेको यसचलचित्रले राम्रो व्यापार गर्न सक्ने समिक्षकहरुले बताएका छन्।

‘रागिनी एमएस–२’, ‘ज्याकपट जिस्म २’ लगायतका फिल्ममा बोल्ड भूमिका दिइसकेकी सनीले यसमा पनि पृथक अभिनय गरेकी छिन्। ‘एक पहेली लीला’मा सनीका साथमा अभिनेता जय भानुशाली र दुग्गलले साथ दिएका छन्। एजेन्सी
YOUR ADS HERE
SUBSCRIBE YOUTUBE CHANNEL

-- PHOTO SHOOT VIDEOS --

YOUR AD HERE
X

FOLLOW US ON FACEBOOK