YOUR ADS HERE
घर भाडामा लिएर वेश्यावृत्ति सञ्चालन गर्दै आएका एक दम्पतीसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ। 
विराटनगर–१३ स्थित सोमबारे हाट नजिकै घर भाडामा लिएर महिनौँदेखि वेश्यावृत्ति सञ्चालन गर्दै आएका २५ वर्षीया सुष्मा राई उनको पति ३० वर्षीय सन्तोष कटुवाल र तीनजना युवतीलाई वडा प्रहरी कार्यालय विराटनगरको टोलीले आज बिहान पक्राउ गरेको हो। 
सङ्खुवासभा सिद्धपोखरी–६ घर बताउने सुष्मा र भोजपुर घर बताउने सन्तोषले ग्राहकसँग सम्झौता गरेर रेस्टुरेन्टमा काम गर्ने महिलालाई बोलाएर वेश्यावृत्ति गराउने र केही युवतीलाई आफ्नो नातेदार बताउँदै घरमै राखेर यौनधन्दा चलाउने गरेको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोविन्दराज काफ्लेले बताए।
खुलेआम हुँदै आएको यौन धन्दाले गर्दा आजित भएका स्थानीयवासीले प्रहरीलाई गोप्य सूचना दिएपछि घरमा निगरानी गरेर छापा मारेर उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। 

भिडियो हेर्नुहोस्
YOUR ADS HERE
SUBSCRIBE YOUTUBE CHANNEL

-- PHOTO SHOOT VIDEOS --

YOUR AD HERE
X

FOLLOW US ON FACEBOOK