बलिउड अभिनेत्री श्रुति हसन शुक्रबार काठमाडौं आइपुगेकी छन्। उनी बलिउड फिल्म ‘यारा’ को सुटिङका लागि नेपाल आएकी हुन्। साउथ इन्डियन फिल्मस्टार श्रुति साउथकै स्टार कमल हसनकी छोरी हुन्। २४ वर्षीया श्रुति राजधानीको पाँचतारे होटल ¥याडिसनमा बसेको स्रोतले जनाएको छ।
श्रुतीले बलिउड फिल्महरुमा पनि अभिनय गरेकी छन्। साउथ सुन्दरी श्रुतीलाई बलिउड फिल्म रामैया वस्ताभैयामा निर्देशक प्रभु देवाले उभ्याएका थिए।
उक्त फिल्मले राम्रो चर्चा पाएको थियो।
स्रोतका अनुसार अभिनेता इरफान खान शनिबार साँझ उक्त फिल्मकै सुटिङका लागि काठमाडौं आउँदैछन्। अघिल्लो पटक नेपाल आउँदा खुसी भएका इरफान बलिउड फिल्म पान सिंह तोमरका नायक हुन्।
स्लम डग मिलिनियरबाट ओस्कार अवार्ड जितेका इरफान नेपालमा बारम्बार आउन इच्छुक रहेको बताउँथे।
तीन दिनपछि ‘यारा’ को सुटिङ काठमाडौं, ललितपुरलगायतका ठाउँमा सुरु हुँदैछ। ग्यांग्सटरको कथामा आधारित फिल्म ‘यारा’को नेपालमा कम्तिमा ३० प्रतिशत भन्दा बढी सुटिङ गर्ने जनाएको छ। फिल्मको निर्देशन गौरव गुप्ताले गर्दैछन्।
|| PLACE YOUR ADVERTISEMENT HERE ||
