YOUR ADS HERE
पुरुषहरु उज्यालो भन्दा अँध्यारोमा सम्भोग गर्न रुचाउँछन् । सम्भोगका लागि पुरुषले किन अँध्यारो ठाउँ रोज्छन् त ? यसको निकै रोचक कारण पत्ता लागेको छ। बेलायतका शोधकर्ताहरुले गरेको अध्ययन अनुसार आफ्नो लत्रेको भुँडी देखाउन लाज लाग्ने हुनाले पुरुषहरु सम्भोगका लागि अँध्यारो रोज्ने गरेका हुन् ।

पार्टनरले सम्भोगका बेला आफ्नो भुँडी नदेखुन् भन्ने चाहना पुरुषमा हुन्छ । सोही चाहनाका कारण पुरुषहरु उज्यालोमा सम्भोग गर्न खासै रुची राख्दैनन् भन्ने दाबी शोधकर्ताहरुको छ। १ हजार ७७ जना बेलायती युवाहरुमा गरिएको अध्ययनले बत्ति बालेर वा उज्यालोमा सेक्स गर्दा पुरुषको आत्मविश्वास सबैभन्दा कम हुने देखाएको छ।
 घरेलु पोषण आपूर्ति सेवा डाइट शेफले गरेको अनुसन्धानबाट एक चौथाइ बेलायती पुरुषहरु आफ्नो जिउकै लाजले गर्दा सम्भोगका बेला बत्ति निभाउँछन्। आफुलाई लाजमर्दो बनाउने आफ्नै जिउका अंगहरुको नाम लिनुपर्दा धेरै बेलायती पुरुषहरुले आफ्नो भुँडीलाई सत्तोसराप गर्ने गरेको समेत देखिएको छ। ६४ प्रतिशत बेलायती पुरुषले आफ्नो भुँडी सबैभन्दा मन नपर्ने अंग रहेको बताएका इन्डिपेन्डेन्टले जनाएको छ।
 कण्डम उत्पादक कम्पनी ड्युरेक्सले हालै सार्वजनिक गरेको एक तथ्यांक अनुसार बेलायती दम्पतीको यौन जिवनमा प्रविधिको बोलवाला बढ्दै गएको छ। ४० प्रतिशत बेलायतीहरुले प्रविधिका कारण आफ्नो यौन सम्बन्धमा नकारात्मक असर पुगेको बताएका छन्।
YOUR ADS HERE
SUBSCRIBE YOUTUBE CHANNEL

-- PHOTO SHOOT VIDEOS --

YOUR AD HERE
X

FOLLOW US ON FACEBOOK