|| PLACE YOUR ADVERTISEMENT HERE ||
मिस अर्थ २०१४ ताज फिलिपिन्सकी जेमी हेरेलले जितेकी छिन्। शनिवार साँझ फिलिपिन्सको मनिलामा सम्पन्न अन्तिम प्रतिस्पर्धामा जेमीले यो बर्षको ताज हात पारेकी हुन् । सन् २०० ८मा पनि फिलिपिन्सले मिस अर्थको ताज हात पारेको थियो। प्रतियोगितामा अमेरिकाकी एन्ड्रयु न्यू मिस अर्थ एयर, भेनेजुएलाकी मारिया मिस अर्थ वाटर र रसियाकी आन्नासतासिया मिस अर्थ फायरको उपाधि पाए। ब्राजिल, मंगोलिया, स्लोभाक र स्पेनका सुन्दरीहरु उत्कृष्ट आठमा पुग्न सफल भएका थिए। 
 प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेकी मिस अर्थ नेपाल पि्रन्सा श्रेष्ठ खाली हात भइन्। उनी सेमिफाइनलसम्म पनि पुग्न सकिनन्। इको ब्युटि प्रतिस्पर्धामा उनले लुक्लाको आलुसम्बन्धी बनाएको भिडियो उत्कृष्ट १० भित्र परेको थियो। उपाधिपछि पि्रन्साले फेसबुकमा स्टाटस लेख्दै भनिन-‘मैले मुलुकलाई कुनै उपाधिसहित सहयोग गर्न सकिन, तर म मुस्कुराईरहेकी छु। म आफ्नो प्रस्तुतीप्रति पूर्णरुपमा सन्तुष्ट छु । हजुरहरुको मायाँको लागि धेरै-धेरै धन्यवाद।’
|| PLACE YOUR ADVERTISEMENT HERE ||