YOUR ADS HERE
बलिउड अभिनेत्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतलाई लेखेको खुल्ला चिठी अहिले निकै चर्चित बनेको छ। भारतमा बढिरहेको महिलामाथिको यौन शोषणका मामिलाको सामना गर्न सहयोग माग्दै अभिनेत्री शेहनाज ट्रेजरीवालाले लेखेको चिठी सोसल साइटमा समेत भाइरल बनिरहेको छ। शेनाजले मोदीसँगै सुपरस्टार अमिताभ बच्चन, शाहरुख खान, आमिर खानसँगै क्रिकेटर सचिन तेन्दुलकर तथा उद्योगपति अनिल अम्बानीको समेत मद्धत मागेकी छिन् ।

आफ्नो चिठीमा उनले आफु १३ वर्षको उमेरमै यौन हिंसाको सिकार बनेको भन्दै आफुलाई बजारमा हिँड्दा पहिलो पटक कोही अपरिचितले जबरजस्ती छोएर हिँडेको खुलासा गरेकी छिन् । अरुले छोएपछि आफुलाई निकै फोहोर महसुस भएको र आफ्नो हजुरबुवाको घरको बाथरुममा पटक पटक नुहाउँदा पनि घीन नहटेको बताएकी छिन्। कलेज जाँदा बस तथा रेलमा समेत हिंसाको सामना गर्नुपरेको उनको अनुभव छ।

उनले आफ्नी १६ सालकी साथीको रेलमा केसरी बलात्कार भयो भन्ने कुरा समेत चिठीमा खुलाएकी छिन् र आफ्नी बहिनी र आमामाथि भएको दुव्र्यवहारको समेत खुलासा गरेकी छिन्।

मोदीलाई सम्बोधन गरी लेखिएको चिठीमा उनले भनेकी छिन्, ‘अमेरिका, जापान र अस्ट्रेलियामा तपाइँले गरेको भाषणको के फाइदा ? जब कोही महिला हाम्रो देशको राजधानीमै दिउसै एक्लै सडकमा हिड्न स्वतन्त्र छैनन, तपाइँलाई लाज लाग्नुपर्छ।’साथै उनले आफ्नो चिठीमा बलात्करीलाई फाँसीको सजाय गर्न समेत माग गरेकी छिन् । बलात्कारीलाई फासी दिन सकिँदैन वा कानून संसोधन गर्न समय लाग्छ भने तत्कालका लागि बलात्कराीलाई आजिवन जेल सजाय दिनुपर्ने उनको तर्क छ ।

आफ्नो चिठी भाइरल बनेपछि शेनाजले फेसबुकमार्फत आफ्नो समर्थन गर्नेलाई धन्यवाद दिएकी छिन् । प्रभावशाली मानिसहरुले महिला सुरक्षाको मुद्दालाई पबिहयले नम्बरमा राखे भने यो विषयमा सबैको ध्यान जाने हुनाले आफुले मोदी लगायतका प्रभावशाली व्यक्तिहरुलाई चिठी लेखेको उनको भनाइ छ ।

YOUR ADS HERE
SUBSCRIBE YOUTUBE CHANNEL

-- PHOTO SHOOT VIDEOS --

YOUR AD HERE
X

FOLLOW US ON FACEBOOK