नायिका सुमिना घिमिरे अब फिल्म नखेल्ने

Posted On 13 December 2014 | By Namaste Hajur
YOUR ADS HERE
विवाद र स्क्यान्डलकै बिचमा लामो समय घेरिएकी नायिका सुमिना घिमिरे अब चलचित्र क्षेत्रमा नर्फकने वुझिएको छ। उनलेे आफू अभिनित चलचित्र ‘माला’को डबिङ सकेर यो क्षेत्रमा नर्फकने जानकारी यसका निर्माता शिशिर रानालाई गराएकी हुन्। डबिङ सकेपछि सुमिनाले आफूलाई-‘अब मलाई प्रचारमा नखोज्नुहोला, म चलचित्र खेल्दिन’ भनेको शिशिरको भनाई छ।

उनले ‘माला’ आफ्नो अभिनयका हिसाबले अन्तिम चलचित्र भएको बताएकी थिइन्। सुमिनाले प्रदर्शनका हिसाबले भने आफ्नो अन्तिम चलचित्र ‘भिमदत्त’ हुने बताएकी छिन्। ‘सुमिनाले आफूलाई घरजम गर्न लागेको समेत बताएकी छिन्’, शिशिरले भने।

सुमिना आफ्नो पछिल्लो प्रदर्शनमा आएको चलचित्र ‘रंग बैजनी’को प्रचारमा पनि देखिएकी थिइनन्। सुमिनाले बोक्दै आएको मोबाइल नम्बर पनि परिवर्तन भएको छ। उनले नयाँ नम्बर कसैलाई पनि उपलब्ध गराएकी छैनन्।
YOUR ADS HERE
SUBSCRIBE YOUTUBE CHANNEL

-- PHOTO SHOOT VIDEOS --

YOUR AD HERE
X

FOLLOW US ON FACEBOOK