Browsing "Older Posts"

Browsing Category "Tips"

यौनकर्मी महिलासँग बिनाकन्डम यौनसम्पर्क राखे पछि...

Posted On 05 December 2014 | By Namaste Hajur
म २० वर्षको भएँ । मैले २ महिनाअघि एउटी यौनकर्मी महिलासँग बिनाकन्डम यौनसम्पर्क राखेको थिएँ। पछि मलाई एचआईभी एड्सको डर लाग्यो र चेक गराएँ, तर रिपोर्टमा नेगेटिभ देखिय । एचआईभी एड्स कति पछि थाहा हुन्छ र यसका लक्षण के-के हुन् ? यो रोग कत्तिको र कहाँ बढी पाइन्छ ? 

 असुरक्षित यौनसम्पर्क तथा एचआईभी संक्रमण

नियमित यौनसम्पर्क गर्न नपाएको स्थितिमा कुनै पनि व्यक्तिमा यौन तनाव बढ्दै जान्छ र त्यसलाई शान्त पार्ने बाटो खोजिन्छ । यसका लागि मानिसले अनेक उपाय अपनाउन सक्छन् र यसै क्रममा यौनकर्मीसँग यौनसम्पर्क हुन पुग्छ, जसको पृष्ठभूमिका सम्बन्धमा हामीलाई थोरै मात्र जानकारी हुन्छ । एचआईभी भएको जोसुकैसँग यौनसम्पर्क गर्दा रोग सर्न सक्छ । हामीलाई थाहा भएकै कुरा हो, यौनकर्मीसँग यौनसम्पर्क हुँदा एचआईभीलगायत अन्य यौन रोग सर्ने सम्भावना बढी हुन्छ। तपाईंले कन्डम प्रयोग नगर्नुभएकाले त्यसले जोखिम बढाउने नै भयो।

 एचआईभी र एड्सको डर

 पहिले त एड्स के हो थाहा पाउनु उचित होला । एचआईभी संक्रमण भएपछि बिस्तारै व्यक्तिको प्रतिरक्षा शक्ति कमजोर भएर विभिन्न रोग एवं जीवाणुको संक्रमणपछि त्यसै अनुसारका विभिन्न लक्षण देखिएको अवस्था एड्स (AIDS) हो । शरीरमा एचआईभी भए पनि एड्सको लक्षण देखिइनसकेको अवस्थालाई एचआईभी अवस्था भनिन्छ । त्यसैले एचआईभी भन्नु र एड्स भन्नु एउटै कुरा होइन । एचआईभी भएका व्यक्तिलाई हामी रोगी शब्द प्रयोग गर्दैनौं ।
 यौनसम्बन्धी यस्ता कतिपय कुरामा संलग्न भएपछि वा यौनसम्पर्क गरेपछि मानिसहरू आफ्ना आधारभूत मूल्य-मान्यता नमानेको कुराले विचलित हुने भन्दा पनि एचआईभी/एड्सको कुरालाई लिएर बढी चिन्तित भएको पाइन्छ । नियालेर हेर्ने हो भने त्यसका विभिन्न कारण हुन्छन् । विशेष गरेर यौनसँग सम्बन्धित कतिपय कुरा नैतिकताको मुद्दासँग गहिरोसँग गाँसिएका हुन्छन् । एचआईभी संक्रमणका कारण आफूले लुकाउन चाहेका कतिपय कुरा बाहिर आउला अनि आफन्त अनि साथीभाइमाझ नैतिक धरातलमा आफू तल गिरुँला कि भन्ने भयले एचआईभी तथा एड्स सर्ने कुरामा चासो र त्रास निकै हुन्छ।
अहिले सकारात्मक परिवर्तन आए पनि एचआईभी भएकाहरूलाई खराब वा अनैतिक व्यक्ति भनेर हेयभावले हेरिने वा हेंला गरिने चलन विद्यमान भने उनीहरूप्रति सामाजिक जीवनको हरेक पक्षमा भेदभाव गरिन्छ । स्वास्थ्य समस्याभन्दा पनि पारिवारिक तथा सामाजिक रूपमा हुने हेयभाव तथा भेदभावपूर्ण व्यवहार सामना गर्नुपर्ने त्रासका कारण हुने समस्या बढी छ। 

लक्षणहरू के-के देखा पर्छन् ?

 एचआईभीको सन्दर्भ भने केही फरक छ । संक्रमण हुनासाथ हल्का फ्लूजस्तो लक्षण देखिन सक्छ तर कतिले त्यस्तो लक्षण थाहै नपाउन सक्छन् । एचआईभी शरीरमा भए पनि वर्षौंसम्म कुनै लक्षण नदेखिन सक्छ । एचआईभीको संक्रमण भएर प्रतिरक्षा शक्ति क्षीण हुँदै गएपछि विभिन्न रोग लागेर त्यसै अनुसारका लक्षण देखिएको अवस्था नै एड्स हो । सामान्यत: त्यस्ता लक्षणमा ज्वरो आउनु, पखाला लाग्नु, वजन घट्नु तथा कुपोषणका लक्षणहरू देखिनु, छालाका विभिन्न समस्या आउनु, मुख तथा घाँटीमा काई (सेतो), हर्पिस आउनु, दाँत वा गिजाका समस्याहरू, खोकी वा श्वास फेर्न गाह्रो हुनु, चाँडै नै थकाइ लाग्नु वा कमजोरी हुनु आदि हुन् । याद गर्नुपर्ने कुरा के भने यी लक्षण अन्य कतिपय रोगमा पनि देखिन्छन् । त्यसैले लक्षणकै आधारमा एड्स भए नभएको भन्न गारो हुन्छ।
 तपाईंको मनमा कहिले लक्षण देखिएला भनेर लाग्न सक्छ । एचआईभीको सन्दर्भमा भने एड्सको स्थितिमा नपुगेसम्म खासै लक्षण देखिन गारो छ र त्यसका लागि दसौं वर्ष वा त्यसभन्दा बढी समय पनि लाग्नसक्छ । कतिपयलाई त त्यसभन्दा बढी समयमा पनि एड्सको लक्षण नदेखिएको अवस्था छ । एचआईभी शरीरमा भए-नभएको यकिन गर्न एचआईभीसँग सम्बन्धित प्रतिजैविकी परिक्षण गरिन्छ। सामान्यत: शरीरमा एचआईभी प्रवेश गरेपछि रगतमा त्यसविरुद्ध प्रतिजैविकी बन्न केही समया लाग्छ। कसैमा केही चाँडो नै देखिने भए पनि यस्तै ३ महिनामा रक्तपरीक्षण गरेर शरीरमा एचआईभी भए-नभएको यकिन गरिन्।
यस्ता रक्त परीक्षणमा नतिजा नकारात्मक (नेगेटिभ) हुनुले एचआईभी आफ्नो शरीरमा नभएको जनाउँछ भने सकारात्मक (पोजिटिभ) हुनुले भएको तर यी परीक्षणभन्दा पहिले परामर्श लिनु आवश्यक छ। 

के गर्ने ?

तपाईले एचआईभी परीक्षण पनि गराइसक्नुभएको छ र त्यसमा नकारात्मक देखिएको छ, अर्थात तपाईमा् एचआईभी छैन भनिएको छ । त्यसैले तपाईले अनावश्यक रूपमा चिन्ता गर्नु उपयुक्त होइन।
मुख्य कुरा के हो भने तपाईंले आफ्ना हरेक यौनसम्पर्कलाई सुरक्षित बनाउनु आवश्यक छ । हावा, पानी वा कीटाणुबाट सर्ने कतिपय रोगमा संक्रमण कुन क्षेत्रमा बढी छ भनेर थाहा पाई उक्त क्षेत्रमा नजाँदा वा जानुपरेको स्थितिमा अन्य उपाय अपनाउँदै जोखिम कम गर्न सकिएला, तर यो व्यक्तिसँगको यौनसम्पर्कबाट सर्ने भए भएकाले जनसंख्यामा कम नै एचआईभी भएको भए पनि तपाईंले यौनसम्पर्क राख्ने व्यक्तिमा एचआईभी छ भने कुरै सकियो। आशा गर्छु, कुरा बुझ्नु नै भयो होला।

२५ वर्षीया अविवाहित युवतीको खुल्दुली ! श्रीमानले यौन सम्पर्क गर्दा फेरि त्यस्तै हुने हो कि ?

Posted On 27 November 2014 | By Namaste Hajur
म २५ वर्षीया अविवाहित युवती हुँ । चार वर्षपहिले मेरो प्रेमीले मलाई कुराकानी गर्नु छ भनेर भेट्न बोलायो र मैले नचाहँदा-नचाहँदै यौनसर्म्पर्क गर्‍यो । त्यतिबेला मेरो योनि च्यातिएर धेरै रगत बग्यो । म बेहोस भएर अस्पताल नै भर्ना हुनुपर्‍यो । रगतको कमी भएर रगत पनि चढाइयो । अहिले घरमा मेरो विवाह गर्ने कुरा भैरहेको छ, तर मलाई डर लागिरहेको छ । श्रीमान्ले यौनसर्म्पर्क गर्दा कतै फेरि त्यस्तै हुने हो कि ? 

 भेटघाट बलात्कार 
हामी बलात्कार भन्नासाथ कुनै अपरिचित यौनपिपासु पिच्छा लागेर लखेटालखेट र कुस्ताकुस्ती खेलेर जबरजस्ती गर्छ भन्ने सोच्छौं । सामान्यजस्तो लाग्ने स्थितिमा अर्थात् सामाजिक भेटघाट वा जमघटको मौका पारेर बलात्कार भएका घटना अब एउटा सामाजिक यथार्थ भैसकेका छन् । धेरै जनालाई स्वीकार गर्न गाह्रो भए पनि परिचित व्यक्तिबाटै सामान्य भेटघाटका अवसरमा बलपूर्वक गरिने यौनसर्म्पर्क मानव समाजको यथार्थ हो । यौनका दृष्टिकोणले तुलनात्मक रूपमा खुला विचार राख्ने देशहरूमा समेत यस्ता कुरा राम्रोसँग बाहिर आउँदैनन् । कतिपय स्थितिमा त शोषित व्यक्तिले आफू शोषणमा परेको सम्म मान्दैनन् । यो पनि एक किसिमको बलात्कार नै हो । अंग्रेजीमा date rape (डेट रेप), acquaintance (एक्वाइन्टयास रेप) जस्ता शब्दले त्यस्तो परिस्थितिलाई जनाउँछ । परिभाषित नै गर्ने प्रयास गर्दा, बअत्रगबष्लतबलअभ ९मबतभ० चबउभ भन्नाले पहिले नै परिचित व्यक्तिबाट सहमति नभै यौन क्रियाकलाप वा भनौं बलात्कार गरिनुलाई जनाउँछ ।

तपाईंले प्रेमी त भन्नुभएको छ, तर तपाईंको चाहनाविपरीत तपाईंलाई त्यसरी शारीरिक तथा मानसिक चोट पुग्ने गरी जबरजस्ती यौनसर्म्पर्क गर्नेलाई कसरी प्रेमीभन्न सकिएला, एकपटक विचार गर्नुहोस् त ? 

यौन भय पहिलेको यौनसर्म्पर्क तपार्इर्र्को जीवनमा निकै दु:खदायी सावित भयो । तपाईंको श्रीमान्सँगको यौनसर्म्पर्कमा फेरि त्यस्तै स्थिती आउँछ भन्ने छैन । कतिपय दृष्टिकोणले श्रीमान्सँगको यौनसर्म्पर्क फरक होला । पहिले तपाईं एक किसिमले बलात्कारको सिकार हुनुभएको थियो तर अब त्यस्तो नहुने सम्भावना निकै हुन सक्छ । तपाईंसँगको यौनसर्म्पर्क निकै नै कोमल तरिकाले श्रीमान्ले अघि बढाउने सम्भावना पक्कै नै छ, तर तपाईंको दृष्टि यौनसर्म्पर्कप्रति सकारात्मक भएन र तपाईंलाई यौन सर्म्पर्क राख्न डर भयो भने कुरा निकै फरक पर्न सक्छ । 
सामान्यत: हामी सबैले बुझेको कुरा के हो भने यौनसर्म्पर्क वास्तवमा सुखदायी अनुभूति दिने कुरा हो, तर कसैका लागि यही मानसिक पक्ष नै यौनसुख प्राप्तिमा बाधक हुनसक्छ । यसैको उदाहरण यौन भय हो ।

सजिलो भाषामा भन्नुपर्दा यौनसर्म्पर्क राख्नबाट डर मान्नु नै यौन भय हो । अंग्रेजीमा यसलाई erotophobia भनिन्छ । यो शब्द ग्रिकको प्रेमका देवता Eros तथा Phobos (जसको अर्थ भय हुन्छ) बाट मिलेर बनेको हो । यसका अनेक प्रकार रूप हुन सक्छन् । यौन भयको कुरा गर्दा कसैको कुनै एक विशेष कुराप्रति भय हुन सक्छ भने अर्कातिर एकभन्दा बढी कुरामा एकसाथ त्यस्तो भय हुन सक्छ । कसैको नग्नताप्रति भय हुनसक्छ भने कसैमा यौन दृश्य वा चित्रप्रति, समलिङ्गीप्रतिको भय, यौन-शिक्षाको भय, यौन गोप्यताको भय आदि हुनसक्छ । 
चिकित्साका दृष्टिले यो यौनसम्बन्धी कुनै वस्तु, व्यक्ति वा कार्यसम्बन्धी तर्कहीन तथा सामान्य यौन जीवन नै यापन गर्न नसक्ने स्थितिमा पुग्ने गरी हुने भय हो । यो भयका कारण व्यक्तिको यौन सम्बन्धबाट आनन्द प्राप्त गर्ने क्षमतामा नकारात्मक असर त पर्छ नै, कतिपय स्थितिमा यसबाट पीडित व्यक्ति यौनसर्म्पर्क नै राख्न नसक्ने हुन्छ । यो एकदमै व्यक्तिगत भय हो, र यसका अनेकौं कारण हुन सक्छन् । कतिपय स्थितिमा कुनै एक कारण पत्ता लगाउन गाह्रो हुन सक्छ । 

व्यक्तिगत, सांस्कृतिक तथा धार्मिक कारणले कतिपय व्यक्तिलाई पुरानो तथा नयाँ मान्यताको बीचमा सामान्यजस्यता ल्याउन निकै गाह्रो हुन्छ र यौन भय हुने सम्भावना हुन्छ । कतिपयमा कार्य सम्पादनको चिन्ता (performance anxiety) पनि यो भयसँग जोडिन्छ । कतिपय व्यक्ति यौनसर्म्पर्कले कतै चोट पो पुर्‍याउँछ कि भनेर पीर गर्छन् । कतिपय स्थितिमा शरीरमा भएको कुनै खराबीले यौन कार्य राम्रोसँग सम्पादन गर्न नसक्ने स्थिति हुन्छ, तर केही व्यक्तिमा यो अतिशयोक्तिपूर्ण हुन्छ । जोखिम वास्तविकताभन्दा धेरै टाढा छ भने त्यसलाई यौन भय मान्नुपर्ने स्थिति आउँछ । यौनशोषण वा बलात्कारमा परेका सबैलाई anxiety disorder वा यौन भय नहुने भए पनि यस्तो चोट खेपेका कतिपयमा यसले यौन भयको सम्भावना बढाउँछ । 

 के गर्न सकिएला ? तपाईंको सर्न्दर्भमा पुरानो सम्बन्धलाई कसरी व्यवस्थापन गर्ने भन्नेतर्फध्यान पुर्‍याउनुपर्छ । श्रीमान्लाई कुनै पनि हालतमा थाहा नदिनु एक पक्ष हो । यो तपाईंको तथाकथित प्रेमीको प्रकृति अनि क्रियाकलापमा पनि भर पर्छ । आफ्नो पुरानो सम्बन्धको भण्डाफोर हुने डर होस् वा शारीरीक चोट पुग्ला भनेर होस् तपार्इंमा यौन भयको स्थिती उत्पन्न भए यौनसर्म्पर्कवाट पर भाग्ने स्थिती आउँछ, जसले तपाईंको यौन तथा वैवाहिक जीवनलाई नै धराशायी बनाउन सक्छ । 

पहिले भएको बलात्कारको घटनामा तपाईंको कुनै दोष नभएकाले तपाईंले आत्मग्लानि महसुस गर्नु वा आफूलाई दोषी मान्नुभएन भने निकै सहयोग मिल्छ । यदि यौन भय नै भएको स्थितीमा भने यो एक जटिल समस्या भएका कारण धेरैजसो परिस्थितिमा विशेषज्ञको सहयोगको आवश्यकता पर्छ । त्यसका साथै यसको समाधानमा पनि पर्याप्त समय लाग्न सक्छ भने समाधानको प्रक्रिया एकदमै जटिल हुन सक्छ यसमा धैर्यको आवश्यकता बढी नै हुन्छ र therapist सँग इमानदारीका साथ खुला रूपमा आङ्खना कुरा भन्नु आवश्यक हुन्छ । असजिलो प्रक्रियाबाट गुज्रनुपरे पनि मेहनतको फल भने राम्रै हुने स्थिति हुन्छ ।

ल्यापटप र मोबाइलको ब्याट्रि लामो समय सम्म चलाउने पाँच तरीका

Posted On | By Namaste Hajur
आफ्नो ल्यापटपमा निकै महत्वपूर्ण काम गरिरहँदा वा फोनमा कुरा गर्दा, हामीमध्ये धेरैले जीवनमा एकपटक ब्याट्रिका कारण समस्या झेल्नु परेको होला। एक समयपछि चाहे त्यो ल्यापटप होस् या फोन सबैको ब्याट्रिको क्षमतामा बिस्तारै ह्रास आउने गर्दछ । तर यदि तपाईं केहि कुरामा ध्यान दिनुहुन्छ भने तपाईंको स्मार्टफोन र ल्यापटपको ब्याट्रि एक वर्ष बढि टिक्ने गर्दछ ।
ल्यापटप अथवा फोनको ब्याट्रिलाई यदि राम्रोसँग हेर्ने हो भने त्यसमा केहि निर्देशन दिइएको हुन्छ जसलाई हामी मध्ये धेरैले पढ्दैनौँ । कतिपय कुराहरु हामीलाई त्यहाँ दिइएको निर्देशनबाट थाहा हुन्छ भने कतिपय कुराहरु हामी तपाईंलाई अहिले बताउँदैछौँ ।

१. ब्याट्रिलाई अत्यधिक तापक्रमबाट टाढा राख्नुहोस्ः 
कुनै पनि डिभाइसको ब्याट्रि लाइफ त्यसलाई प्रयोग गर्ने ठाउँको तापमानसँग गहिरो सम्बन्ध रहेको हुन्छ । यदि तपाईं आफ्नो ल्यापटप र मोबाइलको प्रयोग त्यस्तो ठाउँमा प्रयोग गर्नुहुन्छ जहाँको तापमान ३५ डिग्रिभन्दा बढि र जिरो डिग्रीभन्दा कम भएको अवस्थामा ब्याट्रिको क्षमता निकै चाँडै कम हुने गर्दछ । यसका लागि आफ्नो ल्यापटपलाई सकेसम्म तातो हुनबाट बचाउनुहोस् । यसको लागि सम्भव भएको खण्डमा कुलिङ प्याडमा ल्यापटपको प्रयोग गर्नुहोस् ।
२. फुल डिस्चार्जः
थुप्रै जानकारहरुका अनुसार ब्याट्रि फुल डिस्चार्ज हुनुभन्दा अगाडि नै चार्ज गर्नपर्ने हुन्छ । अर्थात जब तपाईंको फोन ४० प्रतिशत चार्ज भएको छ भने चार्जर निकाल्नुहोस् र केहि क्षण पछि त्यसलाई फेरि चार्ज गर्नुहोस् । यसले तपाईंको ब्याट्रि लाइफलाई बढाउन मद्दत गर्दछ र चार्ज पनि धेरैबेरसम्म रहने गर्दछ । ब्याट्रि ओभर चार्ज हुनबाट बचाउनुहोस् किनभने यसले ब्याट्रिमा भएको लिथियम प्लेट खराब हुने गर्दछ ।

३. तेज चार्जिङ गर्ने चार्जरको प्रयोग नगर्नुहोस्ः 
ल्यापटप अथवा मोबाइल तेज चार्ज गर्नबाट बचाउनुहोस् । कुनै पनि डिभाइस चार्ज गर्नका लागि ओरिजिनल चार्जरको प्रयोग गर्नुहोस् । यसले तपाईंको ब्याट्रि लाइफलाई सेफ राख्दछ ।

४. जहिले पनि केहि प्रतिशत चार्ज राख्नुहोस्ः यदि तपाईं १ वा २ हप्ताको लागि कतै बाहिर जाँदै हुनुहुन्छ भने कम्तीमा ५० प्रतिशतसम्म मोबाइल अथवा ल्यापटप चार्ज गरेर मात्र बन्द गर्नुहोस् ता कि जब तपाईं बाहिरबाट आउनुहुन्छ, त्यसमा ब्याट्रिको मात्रा रहिरहोस् । यसले ब्याट्रिको भित्र भएको चार्जिङ पार्टिकललाई एक्टिभ राख्ने गर्दछ ।
५. नक्कली चार्जरबाट बच्नुहोस्ः 
फुटपाथमा पाइने चार्जरहरुबाट बच्नुहोस् । यस्ता नक्कली चार्जरले तपाईंको डिभाइस चार्ज नभएता पनि गलत चार्जिङ लाइट देखाउने गर्दछ ।

एकपटक चुम्बन गर्दा सर्छन् ८ करोड जिवाणु - सावधान !

Posted On 20 November 2014 | By Namaste Hajur
दश सेकेण्डको एक चुम्बनका बेला चुम्बन गर्ने एक मानिसको मुखबाट अर्को मानिसको मुखमा ८ करोड वटा जिवाणु सर्छन्। आङै जिरिंग हुने यो तथ्य नेदरल्याण्डका वैज्ञानिकहरुको पछिल्लो अनुसन्धानबाट पुष्टि भएको छ।
अनुसन्धानकर्ताहरुले २१ जोडीको चुम्बन क्रियामा गरेको अध्ययनबाट दिनमा नौ पटक एक दोश्रोसँग चुम्बन गर्ने मानिसमा र्याल वा थुकका माध्यमबाट जिवाणु सर्ने सम्भावना निकै बढि हुने देखिएको छ।अध्ययन अनुसार मानिसको मुखमा झण्डै ७ सय प्रकारका जिवाणु करोडौँको संख्यामा हुन्छन् । यी मध्ये केही जिवाणु निकै तिब्र गतिमा एकबाट अर्कोमा सर्छन्।

माइक्रोबियम जर्नलमा प्रकाशित अध्ययनका क्रममा चुम्बन गर्ने जोडीहरुलाई वर्षमा कतिपटक मुख जोडेर चुम्बन गरियो ? तथा अन्तिमपटक कहिले चुम्बन गरियो ? भन्ने लगायतका प्रश्न सोधेका थिए।वैज्ञानिकहरुले अध्ययनमा संलग्न गराइएका जोडीको जिब्रो तथा र्यालको नमूना सुरुमा लिए। त्यसपछि उनीहरुलाई १० सेकेण्ड चुम्बन गर्न लगाइयो र त्यसपछि पुनः नमूना लिइयो।

त्यसक्रममा पार्टनरलाई प्रोबायोटिक डि्रंक पिउन दिइयो, जसको माध्यमबाट जिवाणुहरुको सहजै पहिचान गर्न सकिन्थ्यो।यसरी चुम्बन अगाडि र चुम्बन पछाडिको नमूनाको परीक्षणबाट १० सेकेण्डको एक चुम्बनका क्रममा झण्डै ८ करोड जिवाणुहरु एकबाट अर्को पार्टनरको मुखमा सरेको पाइयो। साथै वैज्ञानिकहरुले ‘फ्रेन्च किस’ बाट सबैभन्दा धेरै जिवाणु सर्ने समेत बताएको टाइम अनलाइनले जनाएको छ।

महिलाले आफ्नो यौन साथी पाको पुरुष किन रोज्छन ?

Posted On 12 November 2014 | By Namaste Hajur

पुरुष चाहे त्यो १८ वर्षको होस् वा ३० वर्षको अथवा सो भन्दा माथिको । सबै उमेर समूहका पुरुषको रोजाइमा २०-२५ वर्षे उमेरका युवती पर्ने गरेको एक अध्ययनले देखाएको छ। फिनल्याण्डमा १८ देखि ४९ वर्ष उमेरका मानिसहरुमा गरिएको अध्ययनले २०-२५ वर्षे उमेरकी युवतीप्रति पुरुषहरु सबैभन्दा बढि आकषिर्त हुने गरेको पाइएको छ । सँग सहवासका लागि सबैभन्दा धेरै इच्छा जाग्ने बताएको पको इच्छा व्यक्त गरेको पाइयो।

१२ हजार ७ सय ५६ जना महिला तथा पुरुषमा उक्त अध्ययन गरिएको थियो । त्यसमा सहभागीहरुलाई कुन उमेर समूहका विपरित लिंगीसँग बढि यौनिक आकर्षण हुने तथा कुन उमेरका सँग सम्भोग हुने गरेको छ ? भन्ने खालका प्रश्न गरिएको थियो।

यसको नतिजा नतिजा महिला र पुरुषमा भिन्न भिन्न पाइयो । महिलाहरु आफ्नै उमेरको अर्थात् आफुभन्दा केही पाको पुरुषसँग यौन सम्बन्धमा आकषिर्त हुने गरेको पाइयो। अध्ययनका क्रममा आफ्नो किशोरावस्थाको उत्तरार्ध तथा २० वर्षको आसपासको उमेरका युवतीहरु आफुभन्दा झण्डै ४ वर्ष जेठो युवक आफ्नो पार्टनर बनोस् भन्ने चाहन्छन्। तर महिलाहरुको उमेर जति बढ्दै जान्छ उनीहरु आफ्नो पार्टनर र आफुबीचको उमेरको अन्तर कम चाहन्छन्।

तर पुरुषहरुमा भने महिलाप्रतिको आकर्षणका सन्दर्भमा उमेरमा एकरुपमा पाइयो । अध्ययनमा सहभागी सबै उमेर समूहका पुरुषहरुले २०-२५ वर्षे उमेरका महिलालाई रोजाइमा पारेको देखिएको छ।

शोधकर्ताहरुका अनुसार महिला र पुरुषमा कुन उमेरको विपरित लिंगीप्रति आकषिर्त हुने भन्ने कुरा क्रमविकाशले तय गरेको हो। महिलाले आफ्नो भन्दा पाको उमेरको पुरुष रोज्नुका कारण भनेको पाको उमेरको पुरुषले आफुलाई चाहिएको श्रोत प्रदान गर्नसक्छ भन्ने लालसा नै हो।

शोधकर्ताहरुका अनुसार पुरुषको यौनिक रोजाइ उसको सन्तान प्राप्तिको योजनाका आधारमा तय भएको हुन्छ। पुरुषहरु प्रायः उर्वर उमेर समूहका महिलाप्रति आकषिर्त हुन्छन्। महिलामा सबैभन्दा उच्च प्रजनन क्षमता २० को दशकको मध्यतिर हुने र ३५ वर्षपछि घट्दै जाने पाइएको छ।

यो सम्बन्धि शोध इभोलुसन एण्ड ह्युम बिहेभियर जर्नलमा छापिएको छ।