YOUR ADS HERE
दश सेकेण्डको एक चुम्बनका बेला चुम्बन गर्ने एक मानिसको मुखबाट अर्को मानिसको मुखमा ८ करोड वटा जिवाणु सर्छन्। आङै जिरिंग हुने यो तथ्य नेदरल्याण्डका वैज्ञानिकहरुको पछिल्लो अनुसन्धानबाट पुष्टि भएको छ।
अनुसन्धानकर्ताहरुले २१ जोडीको चुम्बन क्रियामा गरेको अध्ययनबाट दिनमा नौ पटक एक दोश्रोसँग चुम्बन गर्ने मानिसमा र्याल वा थुकका माध्यमबाट जिवाणु सर्ने सम्भावना निकै बढि हुने देखिएको छ।अध्ययन अनुसार मानिसको मुखमा झण्डै ७ सय प्रकारका जिवाणु करोडौँको संख्यामा हुन्छन् । यी मध्ये केही जिवाणु निकै तिब्र गतिमा एकबाट अर्कोमा सर्छन्।

माइक्रोबियम जर्नलमा प्रकाशित अध्ययनका क्रममा चुम्बन गर्ने जोडीहरुलाई वर्षमा कतिपटक मुख जोडेर चुम्बन गरियो ? तथा अन्तिमपटक कहिले चुम्बन गरियो ? भन्ने लगायतका प्रश्न सोधेका थिए।वैज्ञानिकहरुले अध्ययनमा संलग्न गराइएका जोडीको जिब्रो तथा र्यालको नमूना सुरुमा लिए। त्यसपछि उनीहरुलाई १० सेकेण्ड चुम्बन गर्न लगाइयो र त्यसपछि पुनः नमूना लिइयो।

त्यसक्रममा पार्टनरलाई प्रोबायोटिक डि्रंक पिउन दिइयो, जसको माध्यमबाट जिवाणुहरुको सहजै पहिचान गर्न सकिन्थ्यो।यसरी चुम्बन अगाडि र चुम्बन पछाडिको नमूनाको परीक्षणबाट १० सेकेण्डको एक चुम्बनका क्रममा झण्डै ८ करोड जिवाणुहरु एकबाट अर्को पार्टनरको मुखमा सरेको पाइयो। साथै वैज्ञानिकहरुले ‘फ्रेन्च किस’ बाट सबैभन्दा धेरै जिवाणु सर्ने समेत बताएको टाइम अनलाइनले जनाएको छ।
YOUR ADS HERE
SUBSCRIBE YOUTUBE CHANNEL

-- PHOTO SHOOT VIDEOS --

YOUR AD HERE
X

FOLLOW US ON FACEBOOK