Browsing "Older Posts"

Browsing Category "Music"

निशाको 'ओ प्रिया' मा आकाश र पुजाको विवाह

Posted On 04 April 2021 | By Namaste Hajur
आकाश श्रेष्ठ र पुजा शर्मा अभिनित म्युजिक भिडियो 'तस्विर -२, ओ प्रिया' हालै रिलिज गरिएको हो। फिल्मीबजारमा यो जोडी, प्रेम सम्बधमा रहेको हल्ला खुबै चलिरहेको छ। यो म्युजिक भिडियोमा भने आकाश र पुजाले विवाह गरेको द्रिश्यहरु शमावेश गरिएको छ।
'तस्बिर २ - ओ प्रिया 'यो गीत गायिका निशा कंडेलको चर्चित गीत 'तस्विर'को सिक्वेल हो। यो गीतमा गीतकार बिष्णुबाबु देवकोटाको शब्द र संगीतकार टिका दहालले संगीत सुन्न सकिन्छ। राहुल प्रधानले संयोजन गरेको गीतमा गायिका निशा सँगै गायक अमन प्रधानको स्वर रहेको छ।
निकेश खड्का निर्देशित म्युजिक भिडियोको छायाँकन बुद्ध थापाले र सम्पादन विकाश धमलाले गरेका हुन्। गायिका निशा कंडेलले आफ्नै यु ट्युव च्यानल मार्फत यो गीत रिलिज गरेकी हुन्।

समिक्षा र बिक्रमको गीतमा गौरव र आश्मा

Posted On 08 September 2020 | By Namaste Hajur

रचनाकार तथा संगीतकार शिव सुवेदीको शब्द/संगीतमा नयाँ लोक गीतको भिडियो रिलीज भएको छ। ‘बाँचेको छु धन्न’ बोलको यस गीतमा चर्चित गायिका समिक्षा अधिकारी र गायक बिक्रम परियारको स्वर रहेको छ।

भिडियोमा अभिनेता गौरव पहारी र मोडल आशा खड्काले अभिनय गरेका छन्। देवेन्द्र बब्लुले निर्देशन गरेको भिडियोमा एक सडक दुर्घटना पछि छुटेको प्रेम जोडीको कथा देखाईएको छ। प्रेमीकाको यथार्थ नदेखेका प्रेमीको शंका र अचानक भएको भेटपछिको अवस्थालाई बब्लुले सुन्दर तवरले भिडियोमा उतारेका छन्।

भिडियोका छायाँकार अनिल कृष्ण मानन्धर हुन् भने सम्पादन प्रविण भट्टले गरेका छन्।

‘घाम जस्तो चम्किलो जुन हुँदैन’, ‘यत्ती जान्न मन छ’, ‘घामले नि पोल्दियो’, ‘भुमरीमा परेँ भने म’ लगायतका गीतहरुमा शिव सुवेदीको शब्द तथा संगीत सुन्न सकिन्छ।

नरहरि प्रेमी र सुमिनाको नौ डाँडा काटेपछि

Posted On 05 September 2020 | By Namaste Hajur

लोकप्रिय गायक तथा संगीतकार नरहरि निरन्तर रुपमा अथक साधना गरिरहने संगीत साधकका रुपमा चिनिन्छन्। विषम परिस्थितिका बावजुद संगीत सिर्जनामा तल्लिन प्रेमीका एकपछि अर्को गर्दै नयाँ नयाँ साङ्गीतिक प्रस्तुतिहरु बजारमा आईरहेका छन्। हालैमात्र वरिष्ठ गीतकार एवं साहित्यकार गोविन्द गिरी प्रेरणाको शव्दमा नरहरि प्रेमी र सुमिना लोको स्वरमा 'नौ डाँडा काटेपछि' बोलको गीतको भिडियो रिलिज भएको छ। देवेन्द्र नेवाले संगीत संयोजन गरेको गीतको मिक्सिङ र मास्टरिङ श्यामस्वेत रसाईलीले गरेका हुन्।

भिडियोमा रोजगारीकालागी विदेश जाने सन्धर्वका गीतहरुमा महिलाले पुरुषलाई विदेश नजान वा विदेशमा गएपछि मलाई बिर्सने पो हो कि भन्ने जस्ता भावनाहरु अभिव्यक्त गरिएको हुन्छ भने यस गीतमा चाँहि ठिक उल्टो अर्थात महिला वैदेशिक रोजगारीका लागि परदेश जान लाग्दा पुरुष प्रेमीले आफ्नी प्रेमिकालाई आफ्ना भावनाहरु अभिव्यक्त गरेको प्रसङ्गलाई चरितार्थ गर्न खोजिएको छ। निर्देशक जि.बि आग्रीको निर्देशनमा तयार भएको भिडियोमा शुसिल जंग कुँवर र सुस्मिता कुँवरले अभिनय गरेका छन्।

अर्जुन बिक (भाईरल रिक्सा चालक) को कथामा मनै रुवाउने सांगीतिक भिडियो 'बिहानी'

Posted On 04 September 2020 | By Namaste Hajur

केहि समय आगाडी सामाजिक संजालमा एकाएक भाईरल भएका रिक्सा चालक अर्जुन बिकको आफ्नै कथामा तयार भएको 'बिहानी' सार्वजनिक भएको छ। भिडियोमा अर्जुन बिक संगै उनकै छोरा बिकास बिक र उनको श्रीमतीको रोलमा रक्षा बस्नेतले अभिनय गरेका छन्।

सशान कंडेलको आवाजमा रहेको भिडियोको कथा, पटकथा, सम्बाद तथा निर्देशन पनि कंडेलको कै रहेको छ। महेश ज्ञवालीको शब्द तथा संगीत रहेको यस गीतमा संगीत संयोजन र ब्याकग्राउण्ड काम भने बिनय कार्कीले गरेका हुन्। बुद्ध थापाले छायांकन गरेको भिडियोलाई बिकाश दाहलको सम्पादन गरेका हुन्।

 १५ मिनेटको यो यस सांगीतिक भिडियो रिलिज भएको केही समयमा नै राम्रो प्रतिक्रिया पाएको छ।

शेर्पा टोनमा लाक्पा तेन्जी शेर्पा र रामकुमार कार्कीको 'मज्जाले नाँचौला'

Posted On | By Namaste Hajur

चारबर्ण छत्तिस जातिको फुलबारी हाम्रो देशमा नेपाली लोक तथा दोहोरी गीत संगीतको छुट्टै महत्व छ। यस भित्र बिभिन्न जात जातिको भेषभुसाले पनि यस देशको बिशेषतालाई बिस्वसामु परिचित गराउन निकै सहज रहेको पाइन्छ। यसै पेरिफेरी भित्र शेर्पा जातिको भेषभूसा र उनीहरुको सांगीतिक रागले जो कोहीलाई नतमस्तक बनाउने गर्दछ। शेर्पा समुदाय स्वादको गीतसंगीत नेपाली सांगीतिक बजारमा थोरै मात्रामा आएता पनि, बजारमा आएका गीतले अशंख्य संगीत पारखिहरुको मनछुने गर्दछ।

यति बेला नेपालि गीत संगीतको क्षेत्रमा नेपालकोलागि शेर्पा भाषाको पहिलो गायक तथा टुंङना बादक लाक्पा तेन्जी शेर्पाले "मज्जाले नाचौंला" बोलको गीत सार्बजनिक गरेका छन्। प्रस्तुत गीत शेर्पा टोनमा भएता पनि पर्वतीय भाषामा नेपाली संस्कृति झल्किने गरी तयार गरिएको निर्माण युनिटले बताएको छ।

मज्जाले नाचौंला बोलको गीतमा लाक्पा तेन्जी शेर्पा र रामकुमार कार्कीको सुमधुर स्वर सुन्न सकिन्छ भने शब्द संगीत लाक्पा तेन्जी शेर्पा र संगीत संयोजन राकेश सोनीले गरेका छन्। गीतको भिडियोलाई रामकुमार कार्की नामक युट्युब च्यानल मार्फत रिलिज गरिएको छ। सार्बजनिक भिडियोमा सन्जिब ठकुरी, मिङमा शेर्पाको अभिनय छ। बिक्रम चौहानले निर्देशन गरेको भिडियो प्रकाश खड्काले छायांकन र मिलन बि.क ले सम्पादन गरेका हुन्।

प्रताप दासको नयाँ म्युजिक भिडियो - अञ्जानैमा...

Posted On | By Namaste Hajur

लोकप्रिय गायक प्रताप दासको स्वरमा एउटा मीठो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। सरोज पोखरेलद्वारा संगीतबद्ध ‘अञ्जानैमा...’ गीतको म्युजिक भिडियो ओएसआर डिजिटल च्यानलबाट सार्वजनिक गरिएको हो। सत्यराज चौलागाईंले उक्त गीत रचना गरेका हुन् भने रिकेश गुरुङ उक्त गीतका संगीत संयोजक हुन्।

रोमान्टिक शैलीको गीतको यो म्युजिक भिडियो निकै आकर्षक बनेको छ । भिडियोमा मोडल दीपक घिमिरे फिचर्ड छन्। उनलाई मोडल मिनाक्षी महताराले साथ दिएकी छिन्। भिडियोमा यो जोडी आकर्षक देखिएको छ। नितिन चन्द निर्देशित यो भिडियो रुपेश थापाले छायांकन गरेका हुन्। सोफी सुनुवारको श्रृंगार र निशा श्रेष्ठले ड्रेस डिजाइन गरेकी छिन्।

‘सेल्फी हानौँला’ गायकको ‘सार्टनैको चोली’

Posted On 31 August 2020 | By Namaste Hajur

‘सेल्फी हानौँला’, ‘ट्यूसन पढाउँछु’, ‘क्यालेण्डर’ जस्ता कैयन गीतबाट चर्चित बनेका गायक तथा संगीतकार शंकर थापा ‘स्माईल’को नयाँ रोमान्टिक गीत रिलीज भएको छ। गीतमा अम्बिका गुरुंगको शब्द, शंकरको संगीत तथा स्वर रहेको छ भने महिला स्वर दीपा लामाले दिएकी छन्।

‘सार्टनैको चोली’ नामक यस गीतको सार्वजनिक भिडियोमा कार्टुन क्रुजका सरोज अधिकारी र आश्मा बिश्वकर्माको अभिनय रहेको छ। एक समारोहमा कारणवश सहयोगी बनेका सरोजले आश्मालाई मन पराएको र प्रेम दोहोरो हुन गएको भिडियोमा देख्न सकिन्छ । यो भिडियोलाई सुब्रत राज आचार्यले निर्देशन गरेका छन् भने गम्भीर बिष्टले कोरियोग्राफी गरेका छन्।

आफ्ना पहिलेका गीतहरु जसरी नै यो गीतलाई पनि दर्शक श्रोताले अत्याधिक मन पराउने गायक तथा संगीतकार थापाको बिश्वास छ। ‘सेल्फी हानौँला पछि धेरै रमाईला गीतहरुमा काम गरियो त्यो मध्ये यो एक हो । यो गीतबाट धेरै अपेक्षा गरेको छु’, थापाले बताए ।

यो गीतको भिडियोमा नवराज उप्रेतीको छायांकन तथा नबिन निरौलाको सम्पादन तथा कलर ग्रेडिंग रहेको छ।

नायिका नम्रता सापकोटा अभिनित सुरेन्द्र लामिछानेको ‘पानी छल्काले’

Posted On 27 August 2020 | By Namaste Hajur

विगत डेढ दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गितकार,गायक तथा मोडल समेत रहेका सुरेन्द्र लामिछानेको नयाँ शैलीको गीत ‘पानी छल्काले’को भिडियो सार्वजनिक भएको छ। अहिले चर्चाको शिखरमा रहेककी गायिका समिक्षा अधिकारी र गायक प्रसाद लामिछानेको स्वरमा सजिएको गीत सुरेन्द्र आँफैले लेखेका हुन्। भिडियोमा नायिका नम्रता सापकोटा, सुरेन्द्र लामिछाने, प्रल्हाद सुवेदीको अभिनय रहेको छ।

गीतमा प्रसाद लामिछानेको संगित , अजय रेग्मीको छायांकन , प्रविण भट्टको सम्पादन र कुमार केसीको निर्देशन रहेको छ। आफुले निर्देशन गरेका धेरै म्युजिक भिडियो भन्दा यो म्युजिक भिडियो अलि पृथक रहेको बताउँछन् निर्देशक केसी। कोरोना भाइरसका कारणले आक्रान्त भईरहेका बेला श्रोता,दर्शकहरुमा केही खुशी मिलोस् भनेर गित तयार गरिएको सुरेन्द्र बताउँछन्। उनी भन्छन् ‘कोरोनाका कारण आफ्नो मान्छेबाट टाढा रहेकाहरुले मन भुलाउन सकुन भन्ने आशय हो।