YOUR ADS HERE
चर्चित पपस्टार माइकल ज्याक्सनको शुक्रकिट विश्वका विभिन्न ३ वटा अस्पतालमा सुरक्षित रहेको खुलासा भएको छ। सन् २००९ मा आफ्नो मृत्यु हुनुभन्दा अगाडि नै ज्याक्सनले आफ्नो डिएनए सुरक्षित गरेर राखेको र सो डिएनएबाट क्लोनिङ मार्फत आफुजस्तै ठूलो संख्यामा माइकल ज्याक्सन फौज पैदा गर्ने उनको लक्ष्य रहेको रहस्योद्घाटन भएको छ।
माइकल ज्याक्सनको संग्रहित शुक्रकिटको विषयमा जानकार रहेको एक वैज्ञानिक माइकल लुकम्यानले आफ्नो एक पुस्तकमा यस्तो खुलासा गरेका हुन् । माइकल ज्याक्सनका पहिरन डिजाइनर तथा साथी एन्ड्री भान पायरको माध्यमबाट आफुलाई ज्याक्सनको शुक्रकिट विश्वका विभिन्न ३ वटा अस्पतालमा संग्रहित रहेको थाहा भएको उनको दाबी छ।

माइकल ज्याक्सनको क्लोनिङ प्रयोग तथा शुक्रकिट डिपोजिटका बारेमा पनामाको एक दीर्घायु केन्द्रका निकटवर्तीबाट सुरुमा उनले थाहा पाएका थिए। डली भेटामा क्लोनिङ सफल भएपनि माइकल ज्याक्सनमा पनि आफ्नो क्लोनिङ गरेर नयाँ माइकल ज्याक्सन पैदा गर्ने इच्छा पलाएको दाबी गरिएको छ। लेखकका अनुसार माइकल ज्याक्सनको शुक्रकिट उनका परिवारले हालै अमेरिकाको लस एन्जल्सस्थित फर्टिलिटी क्लिनिकबाट बेलायतमा सारेका छन्।

आफ्नो नयाँ पुस्तक ‘दी ब्याटल फर माइकल ज्याक्सन सोल’ नामक पुस्तकमा माइकल ज्याक्सनको विर्यको संग्रह र उनको डिएनए क्लोनिङका विषयमा खुलासा गरिएको छ। उनले माइकल ज्याक्सनको संग्रहित शुक्रकिटबाट अब नयाँ माइकल ज्याक्सन पैदा गर्ने समय आएको पनि दाबी गरेका छन्।

स्मरण रहोस्, ज्याक्सनका ३ सन्तान छन्। जसमध्ये दुइ सन्तानकी आमा डेबी रोवे हुन् भने अर्को सन्तान ज्याक्सनले भाडाकी आमाबाट जन्माएका हुन्।
YOUR ADS HERE
SUBSCRIBE YOUTUBE CHANNEL

-- PHOTO SHOOT VIDEOS --

YOUR AD HERE
X

FOLLOW US ON FACEBOOK