जोडी नपाए पछि अर्धनग्न भएर मनाए ‘एक्लो दिवस’

Posted On 20 November 2014 | By Namaste Hajur
YOUR ADS HERE

फेब्रुअरी १४ मा प्रेमजोडीहरुले भ्यालेन्टाइन डे मनाउँछन् । तर यो दुनियामा केवल जोडीहरुका लागि मात्र विशेष दिवस छैनन् । जोडी नपाएर एक्लै बसेकाहरुका लागि भनेर समेत विशेष दिवस मनाइन्छ चीनमा । हो, चीनमा हरेक वर्ष नोभेम्बर ११ मा एकल दिवस अर्थात् सिंगल्स डे मनाउने गरिन्छ।

चिनिया भाषामा ग्वांगुन जी भनिने यो एक्लो दिवस चिनिया तन्नेरीहरुमा निकै लोकप्रिय रहेको छ । यो दिवसका अवसरमा युवायुवतीहरुले पार्टीको आयोजना गर्नुका साथै आफुजस्तै जोडी नपाएकाहरुसँग भेटघाट तथा चिनजान गर्ने, रमाइलो गर्ने र त्यहीँबाट युगल जोडी बन्ने मौकाको रुपमा पनि लिन्छन्।

अंग्रेजी महिनाको नोभेम्बर एघार तारेखमा महिना र गते हरेकमा गरी चार वटा ‘१’ अंक रहने र चीनमा १ अंकलाई विशेष मान्ने गरिन्छ । सन् १९९० देखि मनाउन थालिएको यो सिंगल्स डे यो पटक चीनको हुबेइ प्रान्तका युवायुवतीहरुले विशेष रुपले मनाए । हुबेइका सयौँ युवाहरुले अर्धनग्न भएर एकल दिवस मनाएका छन्। त्यस अबसरमा युवतीहरुले भने विवाहको पहिरन गाउन लगाएर र्यालीमा भाग लिएका थिए।

त्यस्तै बुहान सहरको गुआंगु प्लाजा बाहिर ट्राउजर नलगाएका सयौँ युवायुवती भेला भए। स्थानीय पसलेहरुले कपडा नलगाएकन आउने २ सय जना युवायुवतीलाई सित्तैमा कपडा दिने भनेपनि उनीहरु अर्धनग्न भएर त्यहाँ गएका थिए। त्यस्तै नानजिङ सहरमा युवाहरु कट्टु तथा युवतीहरु बिकिनी लगाएर सिंगल्स डेको पार्टीमा सहभागी भए। च्वक्विंग सहरमा धेरै युवा तथा अधवैशे पुरुषहरुले अर्धनग्न भई पानीमा डुबुल्की मारेर सिंगल्स डे मनाएका छन्।

स्मरण रहोस् भ्यालेन्टाइन डे को प्रतिकार स्वरुप सिंगल्स डे मनाउने गरिएको हो । धेरै जोडीहरुले भ्यालेन्टाइन डे को दिन विवाह गर्ने पश्चिमा चलनलाई धक्का दिँदै चिनिया युवा युवतीहरुले सिंगल्स डे कै दिन जोडी खोज्ने र विवाह गर्ने चलन बढेको छ। सिंगल्स डे का दिनका चीनमा थोक तथा खुद्रा व्यापार निकै उच्च दरमा बढ्ने गर्छ। किनकी युवा युवतीहरुले यो दिवसमा आयोजना गर्ने पार्टीमा मज्जाले खर्च गर्ने तथा किनमेल गर्ने गर्छन्।

यो पटकको सिंगल्स डे मा अनलाइन सपिङ साइटले अहिलेसम्मकै बढि व्यापार गर्दै एकै दिनमा ९ अर्ब ३० करोडको अनलाइन व्यापार गर्न सफल भएको छ।
YOUR ADS HERE
SUBSCRIBE YOUTUBE CHANNEL

-- PHOTO SHOOT VIDEOS --

YOUR AD HERE
X

FOLLOW US ON FACEBOOK