YOUR ADS HERE

सार्क सम्मेलनमा सहभागी हुन आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर, लुम्बिनी र मुक्तिनाथ नपुगे पनि नेपालका लागि कोसेली भने बोकेर आए। आएलगत्तै भारतीय लगानीमा निर्मित ट्रमा सेन्टर हस्तान्तरण गरेपछि टुँडिखेलमा नेपाली सेनालाई हेलिकोप्टर उपहार दिए। नयाँ पत्रिकामा खबर छ। 

त्यसपछि प्रधानमन्त्री सुशील कोइरालालाई भेट्न सिंहदरबार पुगेका मोदीको उपस्थितिमा विभिन्न दश सम्झौतामा दुई देशबीच हस्ताक्षर भयो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजना गरिएको कार्यक्रममा अरुण तेस्रो जलविद्युत् आयोजनाको आयोजना विकास सम्झौता (पिडिए) लगायत महत्त्वपूर्ण हस्ताक्षर भयो। हेर्नुस मोदीले अरु के के कोसेली दिए ? 
१. ट्रमा सेन्टर हस्तान्तरण 
२. प्रहरीका लागि प्रतिष्ठान बनाउन नौ अर्ब 
३. कृषि मन्त्रालयलाई माटो जाँच्ने टेस्टिङ भ्यान 
४. आयुर्वेदका विद्यार्थीले भारतबाट मान्यता पाउने 
५. लुम्बिनी, जनकपुर र काठमाडौसँग भारतीय सहरको सम्बन्ध बढाउन सहमति 
६. नेपालका निजी सवारी भारतमा सहज रूपमा आवतजावत गर्न पाउने 
 ७. दिल्ली–काठमाडौं बस औपचारिक सञ्चालन 
८. पर्यटनमा साझेदारी, बुद्धिस्ट सर्किट बन्ने 
 ९. अरुण तेस्रोको पिडिएमा हस्ताक्षर 
१०. सेनालाई अत्याधुनिक हेलिकोप्टर हस्तान्तरण ।
YOUR ADS HERE
SUBSCRIBE YOUTUBE CHANNEL

-- PHOTO SHOOT VIDEOS --

YOUR AD HERE
X

FOLLOW US ON FACEBOOK