YOUR ADS HERE
पोल्यान्डको पूर्वी ओस्ट्रो लुबेलस्की शहरमा एक ९१ वर्षीय वृद्धालाई मृत घोषित गरेको ११ घण्टापछि मुर्दाघरमा जिउँदो भएकी छिन्।

जेनीना कोलकेविज नामकी ती वृद्धालाई मृत घोषणा गर्ने डाक्टर वाइस्लावा सी उक्त घटनाले आफूलाई निकै अचम्मित बनाएको बताइन्। उनी भन्छिन्, ‘म जब जेनिनाको उपचारको लागि उनको आवासमा गएँ, तब उनी जीवित रहने केहि लक्षण देखेकी थिइन्। मैले उनको नशा, दिलको धड्कन र आँखाको जाँच गरेको थिएँ, तर ती मध्ये कुनैले पनि सकारात्मक सन्देश दिइरहेका थिएनन् । मलाई यदि केहि सन्देह थियो भने मैले एम्बुलेन्स बोलाउन सक्थे तर उनी मरिसकेको कुरामा म विश्वस्त थिएँ ।’ 

 मृत घोषणा गरेपछि जेनिनालाई मुर्दाघरमा राखिएको थियो। उनका परिवारले उनको अन्त्येष्टि दुई दिन पछि गर्ने तय गरेका थिए। आधा रातमा जब त्यहाँका एक कर्मचारी अर्को मुर्दालाई लिएर जेनिनाको मृत शरिरको नजिकै पुगे तब उनलाई छटपटाइरहेको देखे। हतारमा उनलाई त्यहाँबाट निकालिसकेपछि जेनिनाले आफूलाई त्यहाँ चिसो भएको बताउँदै तातो चियाको लागि आग्रह गरिन्। त्यसपछि उनलाई घर लगियो र अहिले उनी पूर्ण रुपमा स्वस्थ छिन्।
YOUR ADS HERE
SUBSCRIBE YOUTUBE CHANNEL

-- PHOTO SHOOT VIDEOS --

YOUR AD HERE
X

FOLLOW US ON FACEBOOK