अभिनेत्री झरना थापाको निर्देशिनमा निर्माण भएको चलचित्र ‘ए मेरो हजुर-२’ को तेस्रो गीत रिलिज गरिएको छ। बिहिवार राजधानीमा एक कार्यक्रमका बीच 'उकालीमा जाँदा जाँदै…' बोलको गीत रिलिज गरिएको हो। यसअघि रिलिज गरिएका दुई गीत ‘कसम हो कसम’ र ‘किनिदेउ न साइला दाई’ दर्शकहरुले मन पराएका छन्।
यो गीतमा साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनिया, सलोन बस्नेत लगाएतका कलाकारहरुले अभिनय गरेका छन्। शब्द तथा संगीत बसन्त सापकोटाको रहेको गीतमा इन्दिरा जोशी र राजेश पायल राईको स्वर सुन्न सकिन्छ।
भदौ १६ गतेबाट अलनेपाल रिलिज हुने तयारीमा रहेको यो चलचित्रमा सम्राज्ञी, सलिन र सलोनको साथमा अम्बर सुवेदी, अनुभव रेग्मी, बुद्धि तामाङ, वील्सन बिक्रम राई लगायतका कलाकारले अभिनय गरेका छन्।
सुहाना इन्टरटेनमेन्टको ब्यानरमा सुनीलकुमार थापाले निर्माण गरेको चलचित्रको कथा हरिहर अधिकारीले लेखेका हुन् भने पटकथा सामिप्यराज तिमल्सेनाले लेखेका हुन्।

YOUR ADS HERE