YOUR ADS HERE
प्रायः लोक शैलीका तीज गीतहरु सुनिरहेका स्रोता तथा दर्शकले पप गायिका सरस्वती लामाको स्वरमा नौलो शैलीको तीज गीत सुन्न पाउने भएको छ। सरस्वतीले पहिलो पटक गाएको रक शैलीको तीज गीत ‘यसपालीको तीज पनि रक मै जम्ने भो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। गायिका लामाले यो तीज गीतमा अत्याधुनिक वाद्ययन्त्रहरु प्रयोग गरेकी छिन्।

‘ओए शिव शम्भो, लामो साडी लगाउँदा जिउमा गरम भो, नलगाउँदा झनै सरम भो’ जस्ता शब्दहरु समावेश गरिएको उक्त गीत परम्परागत तीज गीत भन्दा फरक छ। गायिका लामाले यो गीतमा महिलाका पीडा तथा वेदनालाई समेटिकी छैनन्, उल्टो छोटा पहिरन तथा डिस्कोका कुरा गरिएका छन्।

टंक बुढाथोकीद्वारा संगीतबद्ध उक्त गीतको म्युजिक भिडियोलाई विक्रम चौहानले निर्देश्ँन गरेका हुन्। युवराज खत्री यो गीतका छायांकार तथा सम्पादक हुन्। भिडियोमा गायिका सरस्वती लामा, रिना, विपना, निसा, मल्लिका, सुनिता, बाबुराम तथा कमलले अभिनय गरेका छन्।
YOUR ADS HERE
SUBSCRIBE YOUTUBE CHANNEL

-- PHOTO SHOOT VIDEOS --

YOUR AD HERE
X

FOLLOW US ON FACEBOOK