YOUR ADS HERE
नारीहरुको महान पर्व मानिने हरितालिका तीज नजिकिँदै गर्दा यो पर्वसँग जोडिएर बाहिर आउने गीत संगीतहरु यतिबेला चर्चामा छन्। तीज पर्वको नाममा विकृति भित्रिने किसिमका गीतहरु बाहिर आउन थालेको भन्दै यसको विरोध पनि सामाजिक सञ्जालमा उत्तिकै चलिरहेको छ। यो बीचमा गायक गोपाल नेपालले भने सन्देशमुलक शब्दले भरिएको कमेडी जनराको नयाँ गीत लिएर दर्शकमाझ आएका छन्।

‘कट्टुमा बुट्टा’ बोलको गीतले भन्न खोजेका शब्दहरु सांकेतिक छन्। जहाँ पछिल्लो समय नारीहरुको गहना मानिने साडी चोलो को प्रयोगमा कमि आउँदै गर्दा त्यसलाई व्याङ्ग्यात्मक प्रहार गर्दै गीतका शब्दहरु बुनिएका छन्। उक्त गीतमा गोपाललाई स्वरमा साथ पुर्णकला बिसीले दिएकी छिन्।

गीतमा शब्द संगीत शंकर चालिसेको छ भने हट मोडल पार्वती राईसँग नरेश एमसीले कम्मर मर्काएका छन्। राजेश घिमिरेले खिचेको उक्त गीतको भिडियो शंकर बिसीले निर्देशन गरेका छन्, सम्पादन नविन घर्ती मगरको छ। आशिष म्युजिक प्रालीको तर्फबाट बाहिर आएको गीतले दर्शकको मन जित्ने तथा यो बर्षको तीजमा नारीहरुलाई कम्मर मर्काउन राम्रो खुराक बन्ने गायक गोपालले विश्वास व्यक्त गरे।

YOUR ADS HERE
SUBSCRIBE YOUTUBE CHANNEL

-- PHOTO SHOOT VIDEOS --

YOUR AD HERE
X

FOLLOW US ON FACEBOOK