सुर्य चन्द । काठमाडौँ
मोडल तथा संचारकर्मी रन्जित पौडेल
पछिल्लो समय म्युजिक भिडियोमा ब्यस्त बन्दै आएका छन। छोटो समयमानै दर्शक
श्रोताहरुको मन जित्न सफल मोडल रन्जित अहिले सबैको रोजाईमा पर्दै आएका
चल्तीका मोडल हुनl सर्लाहीका स्थाई बासिन्दा मोडल तथा संचारकर्मी रन्जित
पौडेल बिगत केहि बर्ष देखि काठमाडौँलाइ कर्मथलो बनाएर संचार क्षेत्र तथा
मोडलिङ क्षेत्रमा स्थापित हुदै आएका मोडल तथा संचारकर्मी हुनl सानै उमेर
देखि कला तथा संचार क्षेत्रमा काम गर्दै आएका मोडल रन्जित पौडेल एक बहु
प्रतिभाका धनि कलाकारको रुपमा परिचित छन।
बिगत ४ बर्ष देखि
टेलिभिजनमा भिजे तथा प्रोडुसरको भूमिका निर्बाह गर्दै आएका संचारकर्मी तथा
मोडल रन्जित ईण्डियामा समेत गएर अभिनयको क्लास लिएर आइ सिने नगरीमा आफुलाई
अब्बल साबित गर्दैछन। नेपालको राष्ट्रिय नाच घर बाट समेत अभिनय क्षेत्रमा
प्रशिक्षण लिएका रन्जितले लामो समय देखि विभिन्न टेलिभिजन तथा रेडियोमा
आर्जे भिजेको काम गर्दै आएका छन।
दुइ दर्जन भन्दा बढी म्युजिक
भिडियोमा सफल अभिनय गरेर आफ्नो कला प्रस्तुत गरि सकेका रन्जित हेर्दा पनि
त्यतिकै आकर्षण छनl हसिलो मुहार, चक्लेटी अनुहार भएका रन्जित अभिनय,
नृत्यमा समेत पोख्त छन। भविष्यमा एक अब्बल कलाकार बनेर चलचित्र तथा सिने
नगरीमा आफुलाई परिचित गराउने उदेश्यका साथ अघि बढेका मोडल रन्जित पौडेल एक
सफल संचारकर्मीको रुपमा पनि चर्चित नाम होl ब्यबसायिक मोडल तथा
संचारकर्मीको रुपमा आफुलाई अघि बढाउने सोच लिएर मेहनत गर्दै गरेका रन्जित
आफुलाई समय अनुसार बदल्दै दर्शक श्रोताहरुको माग अनुसार आफ्नो कलाकारितालाइ
पनि उत्कृष्ट बनाउने सोच लिएर संचार तथा मोडलिङ क्षेत्रमा लागेको बताउछन।
YOUR ADS HERE
