|| PLACE YOUR ADVERTISEMENT HERE ||
हरेक प्रेम जोडीहरुको प्रेम–कथा अनी भोगाइ आ–आफ्नै हुन्छन्। कसैको प्रेम अधुरो रहन्छ त कसैको सफलपनि। यस्तै अधुरो प्रेमकथालाई सफल बनाउन गरिएको एक जोडीको कथामाथी म्यूजिक भिडियो निर्माण भएको छ।

अधुरो प्रेमलाई पुरा गर्न एउटा प्रेमिले गरेको तपस्यालाई म्युजिक भिडियोमा कथाको रुपमा उतार्ने काम गरेका छन्, निर्देशक राकेश किरातीले। अभिनेत्री केकी अधिकारी र रंग पत्रकार तथा मोडल बिशाल राईलाई फिचरिङ गरिएको म्युजिक भिडियोमा रोमान्टिक सिक्वेन्सहरु हेर्न सकिन्छ। 

सानुमाया म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्


गायक धन साम्पाङ राईको पहिलो एल्बम 'सानुमाया' मा समावेश गरिएको टाईटल गीत 'सानुमाया' को भिडियो गीत सार्वजनिक भएको हो। हाल कोरियामा रहेका गायक धन साम्पाङको यो गीतमा साम लिम्बुको शब्द तथा संगीत छ।

गोदावरी आसपासका मनोरम स्थानहरुमा भुपेन्द्र सम्बाहाम्फेले खिचेको भिडियो बुद्ध थापा मगरले सम्पादन गरेका हुन्।
|| PLACE YOUR ADVERTISEMENT HERE ||