YOUR ADS HERE
थाईल्याण्ड इन्टरनेसनल फिल्म डेस्टिनेसन फेस्टीवल २०१७ मा यो बर्ष नेपाली चलचित्र ‘लस्ट एण्ड फाउण्ड’ ले बेस्ट आउटस्टाण्डीङ्ग प्रेजेन्टेसन अवार्ड जितेको छ। 

थाइल्याण्ड सरकारले अन्तरास्ट्रिय चलचित्र छायांकनको गन्तब्य बनाउने उदेश्यले हरेक बर्ष आयोजना गर्ने यो फेस्टीबलमा यो बर्ष १४ देशका ३३ चलचित्रहरु प्रतिस्पर्धामा सहभागी भएका थिए। 

विश्व भरिका फिल्म स्कुल र कलेजहरुबाट मात्रै सहभागी हुन पाउने प्रतिस्पर्धामा यो बर्ष नेपालबाट ओस्कर ईन्टरनेश्नल कलेजबाट ३ र कान्तिपुर फिल्म एकेडेमीबाट १ गरी ४ फिल्म प्रतिष्पर्धामा थिए।


कान्तिपुर फिल्म एकेडेमीमा अध्ययनरत विद्यार्थीहरु अशिन पौडेल र रोनिस राउतले बनाएको ७ मिनेट लामो चलचित्र ‘लस्ट एण्ड फाउण्ड’ ले बेस्ट आउटस्टाण्डीङ्ग प्रेजेन्टेसन अवार्ड हात पार्न सफल भएको हो। 

जुलाई २७ तारिख थाईल्याण्डको बैँकक शहरमा आयोजीत फेस्टीवलमा नेपाल सँगै मेक्सीकोको ‘ईफ आई वेर ब्रेभ’ ले बेस्ट फिल्मको अवार्ड जित्यो। अवार्ड कार्यक्रममा थाईल्याण्डका पर्यटन मन्त्रि, शैनिक प्रमुख तथा थाइल्याण्ड  सरकारका उच्च पदस्थ अधिकारीहरु र थाईल्याण्ड लगायत विश्व चलचित्र क्षेत्रका प्रख्यात चलचित्रकर्मीहरुको बाक्लो उपस्थिती थियो। 
YOUR ADS HERE
SUBSCRIBE YOUTUBE CHANNEL

-- PHOTO SHOOT VIDEOS --

YOUR AD HERE
X

FOLLOW US ON FACEBOOK