YOUR ADS HERE
सञ्चारकर्मी जीवन खड्काको पहिलो उपन्यास ‘ओझेल’ बिचोचन गरिएको छ । काठमाण्डौँको कालिकास्थान स्थित सर्वनाम नाटक घरमा सञ्चारकर्मी, पत्रकार तथा साहित्यकारहरुको उपस्थितीमा उपन्यासको बिमोचन गरिएको हो । उपन्यासको बिमोचन बरिष्ठ समिक्षक समिर बाबु कट्टेल, साहित्यकार, पत्रकार तथा चलचित्र निर्देशक डब्बु क्षेत्री, सञ्चारकर्मी कला सुब्बा, प्रकाशक पुष्पराज पौडेल र स्वयं लेखक जीवन खड्काले संयुक्त रुपमा गरेका थिए।

प्रेमकथामा आधारित उपन्यास ‘ओझेल’ बिमोचन कार्यक्रममा बोल्दै बरिष्ठ समिक्षक समिर बाबु कट्टेलले भने, ‘‘ओझेल’ जर्मनीबाट आफ्नो पढाई पुरा गरेर देश हेर्न र मुख फेर्नका लागि नेपाल छिरेकी इभा र ठुलो सपना बोकेर शहर पसेको नुवाकोटका कञ्चन प्रेम कथामात्र नभएर हाम्रो समकालिन समयको एउटा ब्यथा पनि हो ।’ समिक्षक कट्टेल थप्छन्, ‘उपन्यासमा महिला हिंसा, शशस्त्र द्धन्द, लोडसेडिङ, राजनितिक अस्थिरताले ल्याएका समस्या, नेपाल एकिकरणका कुराहरुलाई अत्यन्त रोचक शैलीमा प्रस्तुत गरिएको छ । यो उपन्यासले प्रेम कथाको मात्र नभएर एउटा ईतिहास खोतल्ने काम पनि गरेको छ।’


उपन्यासको लागि शुभकामना दिदैँ सञ्चारकर्मी कला सुब्बाले लेखक जीवनलाई मोडल र नायक बन्नको लागि पनि सुझाव दिन भ्याईन् । पुस्तक आफुले भर्खर हात पारेको र नपढेको बताउँदै सञ्चारकर्मी कलाले किताबको रङ र आकार देख्दैमा आफु निकै आकर्षित भएको स्पस्ट पारिन् । कलाले ठट्यौली शैलीमा भनिन्, ‘जीवन भाईले रेडियोमा काम गर्दा गर्दै उपन्यास लेखिसकेछन् मलाई थाहै थिएन । मानिषहरुले प्रेमम धोका खाए भने साहित्यकार बन्छन् भन्थे जीवन भाईलाई पनि त्यस्तै भयो कि कसो ?’ पहिलो कुराले जीन्दगीमा धेरै महत्व राख्ने बताउँदै कलाले यो उपन्यास पहिलो मात्र बनोस् तर पहिलो र अन्तिम नबनोस् भन्दै सफलताको शुभकामना दिएकी थिईन्।

यस्तै उपन्यासको कञ्चन पात्र र आफु काठमाण्डौँ छिर्दाको क्षणहरुको तुलना गर्दै पत्रकार तथा साहित्यकार डब्बु क्षेत्रीले सफलताको शुभकामना दिए । आफुले पढ्दा आफुलाई उपन्यासभित्रै पाएको बताउँदै साहित्यकार क्षेत्रीले पुस्तकमा प्रेमका कुराहरुले पाठकलाई मन्त्रमुग्ध पार्ने स्पस्ट पारे । आफु यौनको बिषयमा पत्रकारिता गरिरहेको भएकोले आफुले पुस्तकमा यौनका कुराहरु खोजेता पनि त्यो भने नपाएको गुनासो समेत डब्बुले पोख्न भ्याए । पुस्तक पढ्नको लागि पनि मनोबिज्ञानले फरक पार्ने उल्लेख गर्दै डब्बुले आफुले यो उपन्यास आफ्नो युवा अवस्थालाई सम्झदै पढेकोले निकै उत्कृष्ठ लागेको जिकिर गरे । किताबका अधिकांश च्याप्टरहरुले आफुलाई मनैदेखि छोएको बताउँदै साहित्यकार डब्बुले पुस्तक नेपाली समाजको यर्थाथता र प्रेम कथाको समिश्रण भएको टिप्पणी गरे ।

कार्यक्रममा बोल्दै लेखक तथा उपन्यासकार जीवन खड्काले आफ्नो पुस्तक प्रकाशन गर्नमा साथ दिने सबैलाई धन्यवाद र अभार प्रकट गरेका छन् । पुस्तक लेख्नु निकै कठिन काम भएकोे अनुभव सुनाउदैँ उपन्यासकार खड्काले आफुले यसको लागि अथक मेहनत गरेको बताए । आफ्नो पुस्तकलाई मगमग बास्ना आईरहेको चाउचाउसँग तुलना गर्दै लेखक खड्काले मैदाको लागि गहुँखेतमा गहुँ छर्नेदेखी मगमग बास्ना आउनेगरी पकाउनेसम्म सहयोग गर्ने सहयोगी मनहरुलाई सम्झिएका थिए । २ बर्षदेखीका मेहेनत गरेर बनाएको पुस्तक बिमोचन हुदाँ निकै खुसी देखिएका जीवनले पुस्तकलाई धेरैपटक रिराईट गरेपछिमात्र बिमोचन गरिएको समेत जानकारी गराएका थिए।
YOUR ADS HERE
SUBSCRIBE YOUTUBE CHANNEL

-- PHOTO SHOOT VIDEOS --

YOUR AD HERE
X

FOLLOW US ON FACEBOOK