थाइल्याण्डमा 'म यस्तो गीत गाउँछु'

Posted On 31 July 2017 | By Namaste Hajur
|| PLACE YOUR ADVERTISEMENT HERE ||
असार ३० गतेबाट नेपालका विभिन्न हलमा रिलिज भएको चलचित्र ‘म यस्तो गीत गाउँछु’ले आक्रामक ओपनिङ ग¥यो। यो बर्षकै पहिलो हिट चलचित्रको रुपमा दहरिएको लभ स्टोरी कथाले तेश्रो सातामा पनि दर्शकको मन जितिरहेको छ। चलचित्रका निर्देशक सुदर्शन थापाले भने–‘तेश्रो सातामा पनि हामीले पाएको शोहरुमा दर्शकको उपस्थिती राम्रो छ। शुक्रबार र शनिबार चलचित्रले राम्रो व्याापर गरेको छ।’

नेपालबाटै लगानी सुरक्षित गरेर निर्माताको गोजीमा राम्रै रकम राखिदिएको यो चलचित्र ओभरसिजमा पनि प्रदर्शन भैरहेको छ। चलचित्रको प्रदर्शनका लागि यसका नायक पल शाह र कलाकार शोभित बस्नेत थाइल्याण्ड पुगेका छन्। थाइल्याण्डमा शनिबार बेलुकी आयोजित शोमा दर्शकको चाप उच्च देखिएको छ।

थाइल्याण्डबाट पलले भने–‘दर्शकले टिकट नपाएर फर्किनु प¥यो। दर्शकको उच्च चाप र चलचित्र हेरिसकेपछि पाएको प्रतिक्रियाले निकै खुशी लागेको छ।’ थाइल्याण्डमा अझै केही शोहरु हुनेछ। पल सम्पूर्ण शो सकेर मात्र नेपाल फर्कनेछन्। जापान, अष्ट्रेलिया, हङकङका विभिन्न शहरमा चलचित्र प्रदर्शन भैसकेको छ भने केही देशमा प्रदर्शन हुन बाँकी छ।

पल शाह, पूजा शर्मा, सरोज खनाल, राजाराम पौडेल, रुपा राना लगायतका कलाकारले अभिनय गरेको लभस्टोरी चलचित्रमा सुदर्शन थापा र पूजा शर्माको लगानी छ। अर्जुन पोखरेलको संगीत र संजय लामाको छायांकनले पनि निकै तारिफ पाएको छ।
|| PLACE YOUR ADVERTISEMENT HERE ||